मेरुदण्ड भाचिएर घाइते भएका यातायात मजदुरलाई सहयोग

  • वैशाख ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत असोज पहिलो साता सवारी दुर्घटनामा परि मेरुदण्ड भाचिएर घाइते भएका बस चालक सोम राईलाई नयाँ वर्ष २०७९ को अवसरमा सहयोग रकम प्रदान गरिएको छ ।

राष्ट्रिय यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश नम्बर १ सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन्द्र अधिकारीको पहलमा संकलन भएको १५ हजार रुपैया उनको उपचारका लागि सहयोग गरिएको हो । सहयोगका लागि वैदेशिक रोजगारबाट फर्किएका पुर्व यातायात मजदुर शुशिल पोखरेलले आफ्नो आइतबार पर्ने जन्मदिनको अवसरमा पार्दै नयाँ वर्षमा १० हजार रुपैया राईको उपचारका लागि सहयोग गरेका हुन् । त्यसै गरि अधिकारीले नगर ३५ सय सहित खाद्यान्न र संगठनका नेता गोबिन्द गिरीले १५ सय रुपैया सहयोग गरेका थिए ।

राई विगत ६ महिना देखि मेरुदण्ड भाचिएर ओछ्यान परेका छन् । उनी धरान हुँदै दमक देखि यासोक चल्ने को १ ह ३८६५ नम्बरको बसका चालक थिए । उनी सँगै दुर्घटनामा परि ४ जनाको मृत्यु भएको थियो । चालक राईको मेरुदण्ड भाचिएर चार पटक अप्रेसन गरि रड लगाइएको छ । उनी मात्रै कमाउने व्यक्ति भएकाले उनको परिवारलाई दैनिक चलाउने समस्या हुने गरेको छ । उनलाई अहिले विभिन्न संघसंस्थाहरुको सहयोगमा खाद्यान्न सहित उपचारका लागि सहयोग जुटिरहेको छ । उनलाई सवारी संगठनले कुनै पनि सहयोग नगरेको गुनासो गरेका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा संगठनका धरान उपमहानगर अध्यक्ष कमल भट्टराई, एमालेका जिल्ला सदस्य नवराज राई, जिफन्टको नेता मुक्तिनाथ गिरी लगायतको उपस्थिती रहेको थियो ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved