युनियन सुनसरीद्वारा ५ लाखको अक्षयकोष

  • वैशाख ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको छ ।

इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ । त्यसैगरी, संस्थासंगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको छ । युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार रु. ५१ हजार एक सय राशिको गोविन्द खेम कुमारी सृजनशील पत्रकारिता पुरस्कार सुनसरीमा रहेर समाजको हितमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने छ । अधिकारीका अनुसार नेपाल प्रेस युनियनले देशभर प्रदान गर्ने पुरस्कारहरु मध्ये यो पुरस्कार देशकै सबैभन्दा ठुलो राशिको पुरस्कार हो । ब्यवसायी घिमिरेले आफ्ना बुबा आमाको स्मृतिमा प्रेस युनियन संगको सहकार्यमा अक्षय कोषका लागि रकम प्रदान गरेका हुन ।

सम्झौता पत्र अनुसार अर्गनाईजेसनले प्रत्येक वर्ष औद्योगिक व्यापारिक प्रतिष्ठान मार्फत वार्षिक एक लाख एक हजार गोबिन्द खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि उपलब्ध गराउने उल्लेख छ । त्यसगरी, अक्षयकोषका लागि ५ लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने र त्यसबाट प्राप्त ५१ हजार एक सय रुपैयाँको गोबिन्द खेम कुमारी स्मृति सृजनसिल पत्रकारिता पुरस्कार सुनसरीमा कृयाशिल रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिने छ ।

अर्गनाइजेसनका तर्फबाट निर्देशक सुदिप घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चारकर्मीसँग सहकार्य गरेको बताए । पत्रकारका हक हितका लागि निरन्तर काम गर्दै आएको लोकतान्त्रिक संस्था युनियनले गरेको यो काम प्रशंसा योग्य रहेको नेपाल प्रेस युनियन सुनसरीका पूर्व सभापति एवं पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले बताए । उनले युनियनले पत्रकार महासंघले गर्नुपर्ने कामहरू गर्दै आएको बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले संस्थाले पैसालाई उपयोगी ठाउँमा लगानी गरेको बताउँदै युनियनका युवा नेतृत्वले त्यसलाई उपयोगी गराउने बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईँले पनि युनियन सुनसरीले सञ्चारकर्मीका लागि उल्लेख्य काम गरेको बताए ।

प्रसाईँले आफ्ना स्व. बुबा आमाका नाममा युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा प्रदान गरेका छन् । केही दिन अधि प्राप्त जग्गामा युनियन सुनसरी भवन निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved