सुकेटार विमानस्थलमा उडान अनियमित

  • वैशाख २, २०७९
  • "रासस"
alt

धरान । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि जहाज उडान अनियमित भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालोका कारण शुक्रवार, शनिवार र सोमवार पनि उडान अवरुद्ध भएको हो ।

प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो । गत शुक्रवार र शनिवार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो । सोमवार पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।

लगातार उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट लिएका यात्रु रोकिएका थिए । त्यस्तै काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इन्चार्ज लिम्बूले जानकारी दिए । हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले बताएको छ । यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन् ।

नेपाल वायुसेवा निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्दै आएको छ । सोमवारसम्म बाक्लो तुँवालो र हुस्सु कायमै रहेकाले यो मौसममा सुधार नआएसम्म उडान प्रभावित हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलले बताएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved