समाचार

    Showing 6,291-6,300 of 8,631 items.
  • मानव वस्ती नजिकै कोरोना संक्रमतिको दाह संस्कार गरेको भन्दै स्थानियको आपत्ति

    धरान/ धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन । २०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म, संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था हुनु पर्न

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रहेनन् धरानका उद्योगी सोनी

    धरानः धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको शुक्राबार राति बिराटनगर स्थित बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनि १ साता अघि अस्पताल भर्ना भएका थिए । सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष गिरिधर सापकोटाले धरानकै एक सञ्चार माध्यम सग कुरा गर्दै सोनीको शुक्रबार राति नै मृत्यु भएको पुष्टि गरेका हुन् । सोनीले धरान तिनकुने स्थित अद्योगिक क्षेत्र भित्र उनले सौर्य कत्था उद्योग सञ्चालन गर्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,168 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेह्रथुमकी २० वषर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

    धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेह्रथुमकी २० वर्र्षीय महिलाको मृत्यु भएको छ । तेह्रथुम पञ्चकन्या १, की संक्रमित महिलाको आज (शनिवार) विहान ५ बजे कोभिड अस्पातलमा मृत्यु भएको हो । प्रतिषठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १७ गते प्रतिष्ठानमा भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो । मृतक संक्रमित महिलाको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,381 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का पहाडी र हिमाली जिल्लामा न्यून संक्रमण

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण र मृत्यु नभएको हिसाबले चार वटा जिल्ला सुरक्षित देखिएका छन । प्रदेश १ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार संक्रमणको पहिलो लहरका बेला हिमाली ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण गरिने

    धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए । सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रीन तारा र शिद्धि विनायक द्धारा जिल्ला प्रहरी कार्यलयलाई स्वस्थ्य समाग्री प्रदान

    धरान/ ग्रीन तारा गु्रप अफ कंपनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई विहिवार स्वस्थ्य सामग्री प्रदान गरको छ । विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक एसपि कमल थापाको हातमा ग्रीनताराका अध्यक्ष एवं प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवि रोहित निरौलाले संयुक्त रुपमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गरेका स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, सेनिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 631 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एन्टीबायोटिकको बोतलमा रेम्डेसिभिरको लेबल लगाएर बिक्री गर्ने पक्राउ

    विराटनगर । विराटनगरमा नक्कली रेम्डेसिभिर औषधि बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अति नै जोखिमपूर्ण अवस्थामा आईसियू र भेनिटलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई यो औषधि चलाइन्छ । तर, महामारीका बेला जीवनदायी मानिने औषधिलाई नै नक्कली खोल हालेर गिरोहले बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रु. ९० पर्ने ‘स्टासेफ’ नामक इन्जेक्सनमा नयाँ लेबल लगाएर गिरोहले रेम्डेसिभिरको नाममा बिक्री गर्ने गरेको खुलेको हो । उनीहरुले ७ हजार देखि २५ हजार रुपैयाँसम्म नक्कली औषधि बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विर

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको आइसोलेसन तीन दिन भित्रमा सञ्चालन हुने

    धरान/ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट काम थालेका छन् । यसै क्रममा इटहरी उपमहानगरपालिकाले पनि कोरोना जोखिम न्यूनिकरणकाका साथै सहथ रुपमा उपचार प्रदान गर्ने उद्देश्यले ५० शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ । आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशखा प्रमुख घनश्याम सिग्देलका अनुसार इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसने तीन दिन भित्रमा तयार गरेर सञ्चालनमा ल्याइने छ । स्वास्थ्य महाशखा प्रमुख सिग्देलले भने–‘आइसेलसन तयार भइसकेको छ तीनभित्रमा सञ्चााल

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

    खोटाङ । खोटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –५ का १० वर्षीय टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो । बिहान ७ः४५ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,128 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा दुई संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनलाई मंगलबार राति अस्पतालमा भर्ना गरिएको थियो । उनी क्यान्सर रोग पीडित थिए । यसैगरी अस्पतालमा उपचारकै क्रममा विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १७ गते अस्पताल भर्ना गरिएका उनमा पुरानो कुनै रोग नरहेको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved