धनकुटामा महिलाको उपस्थिति कम

  • वैशाख १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । २०७४ सालको स्थानीय चुनावको तुलनामा धनकुटामा यस पटकको चुनावमा महिला उमेद्वारको संख्या न्यून रहेको छ ।

प्रमुख दलहरुले महिला सहभागितालाई प्राथमिकतामा राख्ने भने पनि सत्ता गठबन्धन दल र नेकपा एमालले यसपटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाएनन् । जिल्लाका सात स्थानीय तहमा गठबन्धन र नेकपा एमालेबाट कुनै महिलाको पनि प्रमुख पदमा मनोनयन दर्ता भएन ।

गठबन्धन दलले जिल्लामै एक गाउपालिकाबाट महिला उम्द्वार उठाएका छन् । गठबन्धनले छथर जोरपाटी गाउँपालिकामा उपप्रमुखमा उम्दवारी उठाएको छ । यसबाहेक कतै पनि महिला उम्मेदवार उठाएनन । एमालेले भने सबै स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष उठाएको छ । महिलालाई नेतृत्व सुम्पन पार्टीहरुले कन्जुस्याई गरेको पार्टीकै जिम्मेवार व्यक्तिहरुले बताएका छन् । उनीहरुले सम्भावना भएर पनि महिलालाई प्रमुखमा नदिएको गुनासो गरेका छन् । यसअघि जित हासिल गरेका पार्टीहरूबाट कम मात्र महिलाले प्राथमिकता पाएको अवस्थामा अन्य दलबाट भने महिलालाई उम्मेदवार बनाउने क्रम धेरै देखिएको छ ।

चौबिसे गाउँपालिकामा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट दिलमाया लिम्बू र धनकुटा नगरपालिका सुमिना तामाङले प्रमुखमा मनोनयन दर्ता गराएका छन् ।

धनकुटा जिल्लामा १ सय ४३ जना महिला सदस्यमा उम्मेदवारी परेकोमा २ जनाले र दलित महिला सदस्यमा १ सय २७ जनाको उम्मेदवारी परेकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यीमध्ये जिल्लाभर ३ दलित महिला सदस्य निर्विरोध भएका छन् । पाख्रीबास नगरपालिका–९, चौबिसे गाउँपालिका–८ र साँगुरीगढी गाउँपालिका–७ मा एक–एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएर निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । राजनितिक दलले महिलालाई उम्मेदवार नबनाउने समस्याकै कारणले उम्मेदवारीमा आरक्षणको व्यवस्था गरिएको भएको अधिवक्ता हिमा भट्टराईले बताइन् । ‘वडामा दुई महिला अनिवार्य चुनिने व्यवस्था गरिए झैँ प्रमुख र उपप्रमुखमा गठबन्धन नै भए पनि निर्वाचित नै हुने व्यवस्था गर्नुपर्ने भट्टराईको भनाइ छ ।

अघिल्लो निर्वाचनमा सात स्थानीय तहमध्ये सबैमा नै महिला उपप्रमुख निर्वाचित भएका थिए । कांग्रेसले महालक्ष्मी नगरपालिकामा राप्रपा र साँगुरीगढी गाउँपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीसँग गठबन्धन गरेर उपप्रमुखमा पुरुष उम्मेदवारलाई सघाएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो। जिल्लामा ३ सय १४ जना निर्वाचित हुने स्थानीय तहको निर्वाचनमा ८ सय २१ जनाको उम्मेदवारी दिएकोमा ३६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा हाल ७सय ८५ जना उम्मेदवार रहेका छन् ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved