धरान १३ मा एमालेको चुनाबी घरदैलो अभियान शुरु

  • वैशाख १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।
नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उमेद्वार बनेका छन् ।

काफ्लेसंगै उमेद्वारहरु महिला सदस्य सुन्दरी श्रेष्ठ, दलित महिला सदस्य उर्मिला परियार, खुल्ला सदस्यद्वय सन्तोष राई र तारा तामाङ गोले चुनाबी मैदानमा छन् । घर दैलो अभियानका क्रममा मतदाताहरुले निवर्तमान वडाध्यक्ष काफ्लेको कामको प्रशंसा गदै फेरी भोट खसाल्न आतुर रहेको बताएको चौलागाइले बताए । ‘मतदाताहरुले वडाध्यक्ष ज्यूको काम गर्ने शैली राम्रो छ, फेरी पनि उठ्नु भएछ हामी भोट खसाल्न आतुर छौं भन्नुभयो’ उनले भने ‘भोट माग्न नआउँदा पनि हामी दिन्छौं ढुक्क हुनुस् हामीलाई तपाई जस्तो नेताको खाँचो छ ।’ उनको जित सुनिश्चित रहेको समेत मतदाताहरुले बताएको उनले बताए ।

कामले लोकप्रिय बनेका काफ्ले
लामो समय वडा नागरिक मञ्चमा रहेका काम गरेका काफ्लेले वडाध्यक्ष बनेपछि वडा नं. १३ लाई आन्तरिक पर्यटकको केन्द्र बनाउने योजना अगाडी सारेका थिए । उनको नेतृत्वमा सर्दुखोला क्षेत्रमा वीपी पार्क, फ्लावर व्रिज, वाल उद्यान बनाएर आन्तरिक पर्यटकको केन्द्र बनाएका छन् । यस्तै, फुस्रे चोकमा जेष्ठ नागरिक पार्क, फुस्रेको ऐतिहाशिक झल्किने खालका मुर्तिहरु निर्माण गरेर वडामा उदाहरणिय काम गरेका छन् । वडामा सडक पूर्वाधारका विकास उल्लेख्य मात्रामा गरेका काफ्लेले साहित्यक क्षेत्रमा समेत अन्य वडाको तुलनामा धेरै गरेका छन् । वडाको तर्फबाट अन्तराष्ट्रिय साहित्यक महोत्सव कार्यक्रममा आयोजना गरेर काफ्लेको चर्चा साहित्यक क्षेत्रमा समेत उत्तिकै छ । काफ्ले वडामा विकासप्रेमी नेताको रुपमा चिनिन्छन ।

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved