समाचार

    Showing 6,001-6,010 of 10,031 items.
  • कृषि तालिमको आयोजना

    धरान । धनकुटा गोलभेडा खेतिका लागि सम्भावना बोकेको क्षेत्र हो । यसैलाइ लक्षित गरी गोलभेडाको उत्पादनलाई बढाउनकै लागि सहिदभुमि गाउँपालिका वडा नं ३ मा संचालित ५ दिने गोलभेडा खेती सम्बन्धी ब्यवसायिक सीप विकास तालिम दिइएको छ । सहिदभुमि महिला विकास साखाको आर्थिक सहयोग तथा वडाको आयोजनामा ५ दिन सम्म सञ्चालन गरिएको तालिममा वडा नं ३ स्थित पातलडाडा महिला समुहका २० जना महिला दिदीबहिनीको सहभागी थियो । तालिममा कृषि विकास शाखाका सहायक प्रमुख खिर प्रसाद राईले प्रशिक्षण दिउका थिए । तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष मनोज राईले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिए

    • प्रकाशित मितिः असार १०, २०७९
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उत्कृष्ट–२० लाई तालिम

    धरान । एस.ई.ई.स्टेट –१ सिङ्गिङ आईडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का उत्कृष्ट २० जना सहभागिहरुलाई बिहिबार पब्लिक स्पिकिङ र खाना टेबल शिष्टाचार सम्बन्धि एक दिवसिय तालिम दिइएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सन्चालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई सार्वजनिक स्थानमा कसरी आत्माबिश्वास बढाउने, माईक्रो फोन कसरी समाउने, प्रस्तुति कसरी गर्ने, ब्यक्तित्व बिकास कसरी गर्ने लगायतका कुराको बारेमा ज्ञान दिईएको तालिमका सहजकर्ता तिर्थ कार्कीले बताए । यसैगरीै सहभागिहरुलाई स्टार होटलमा खाना खादा काटा–चमेच कसरी प्रयोग गर्ने, खाना टेबल कसरी

    • प्रकाशित मितिः असार १०, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेसिनले हात काट्दा एक जनाको मृत्यु

    धरान । मोरङको बिराटनगर महानगरपालिका १७ स्थित रहेको रघुपति जुटमिलको मेसीनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ । बिहीबार राती १० बजे जुटमिलमा अप्रेटरको कामगर्ने मोरङ बिराटनगर १४ का ४२ बर्षीय राजो कामतको मेसिनमा काम गरीरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटि घाईते भएका थिए । घाईते कामतलाई तत्काल उपचारको लागी बिराटनर्सिङ होम बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क मोतियाविन्दु शल्यक्रियाले फेरियो जीवन

    धरान । धरान–१४ विजयपुरमा असार ४ गते आयोजना भएकोे निःशुल्क आखा शिविरबाट मोतिया विन्दु भएकालाई वडाको पहलमा आँखा अस्पतालसँग सहकार्य गरेर निःशुल्क शल्यक्रिया गरिदिएपछि वडाका सर्वसाधारणले खुशी व्यक्त गरेका छन् l शिविरमा २ सय ८९ जनाको आँखा परीक्षण गरिएका थिए । जसमध्ये ३१ जनाको मोतीबिन्दु र ३ जनाको आँखाको जालो काट्ने शल्यक्रिया गर्नुपर्ने जनाइएको थियो । मोतियाविन्दुको शल्यक्रिया गरेर फर्किएका धरान १४ का स्थानीय आनन्दप्रुसाद श्रेष्ठ अहिले दंग छन् । गुमेका आँखाका ज्योति वडाको सक्रियातामा इटहरी आखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेर फर्कादिएकामा उनी दंग भएका हुन् । उनी भन्छन्–‘मेरो आ

    • प्रकाशित मितिः असार १०, २०७९
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिसस उदयपुरमा गठबन्धनका उमेद्वार विजयी

    धरान । उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका हुन् । कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर विश्वकर्मा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मतमात्र पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए । जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुम

    • प्रकाशित मितिः असार १०, २०७९
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको आर्थिक विधेयक त्रुटिपूर्ण – उद्योगी

    धरान । नेपाल सरकारले ल्याएको आर्थिक विधेयक २०७९/०८० व्यवसायीको हितमा नरहेको त्रुटीपूर्ण रहेको भन्दै विराटनगरका उद्योगीहरु आन्दोलित बनेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ तथा ट्रेड युनियन र श्रमिकहरुले विराटनगर धरान सडकखण्डमा रहेको गोकुवा चौकी बासबारमा वृहत विरोध प्रदर्शन गरेको छन् । जि.आई. वायर, वनस्पति ध्यूतेल, सेनिटरी प्याड आदि विभिन्न उद्योगहरुका लागि ल्याएका व्यवस्थाहरु त्रुटिपूर्ण रहेको भए पनि केही समय अगाडि उद्यागीहरुले नेपाल सकारका अर्थमन्त्रीू र अर्थ सचिवले मोरग व्यापार संघ सहित उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, ट्रेड युन

    • प्रकाशित मितिः असार १०, २०७९
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कार्यपालिका बैठक अवरुद्ध

    धरान । धरान उपमहानगरपालिकाको कार्यपालिकाको वैठकमा विनियोजन बजेटमाथि कार्यपालिकाका सदस्यसहित वडाध्यक्षबीच मतान्तर भएपछि विहीबार भएको वैठक केही बेर अवरुद्ध भएको थियो । विनियोजित बेजेटमा मेयर र उपमेयर कोष बनाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोप वडाध्यक्ष तथा कार्यपालिकाले लगाएपछि असन्तुष्ट बन्दै केही बेर वैठक अवरुद्ध पारेका थिए । बजेट विनियोजनको छलफल अवरुद्ध भए पछि विहीबार बस्ने नगरसभा समेत प्रभावित भएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बिनियोजन विधेयक प्रस्ताब गरेका थिए । बिधेयकमा मेयर कोषको लागि १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख रुपैयाको कोष बनाउने प्रस्ताब आए

    • प्रकाशित मितिः असार १०, २०७९
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाको विकासका लागि कांग्रेसले बुझायो योजनाका सूचि

    धरान । नेपाली कांग्रेस १५ नं कार्य समितिले वडाको विकास योजनाको सूुचि बुझाएका छन् । बुधबार उनीहरुले १५ नं. वडा समितिको कार्यलयमै पुगेर आर्थिक बर्ष २०७९÷८० को बजेटको विनियोजनमा जनप्रतिनिधिलाई वडाको विकास योजनाको सुचि बुझाएको बुथका सचिब राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । सूचिमा वडाका समग्र विकासका साथै निर्माणाधीन बाटो पूरा गर्ने ,नयाँ बाटाहरुको मर्मत कार्य, ड्रेन निर्माण , स्कुलमा खानेपानीहरुको निर्माण र सेउती खोलामा तटबन्ध लगाउने कार्य लगायत अन्य कार्यहरु समेटिएको सचिव श्रेष्ठले बताएका छन । योजना कार्यहरुको सुचि वडा अध्यक्ष नरेश कुमार इवरामले बुझदै सुचिमा समेटिएका ३२ बुदा योजनाहर

    • प्रकाशित मितिः असार ९, २०७९
    • 740 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विराटनगरमा दुई दिने शैक्षिक मेला हुदै

    धरान । विराटनगरस्थित बिग होटलमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुई दिने वृहत शैक्षिक मेला हुने भएको छ । अफेयर्स नेपाल प्रालिको आयोजनामा असार १० र ११ गते विराटनगरमा वृहत् शैक्षिक मेला हुन लागेको हो । दुई दिनसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिदिनेछन् । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्या

    • प्रकाशित मितिः असार ९, २०७९
    • 902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

    धरान । सुनसरीको दुहबी ३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी २ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीएर ट्रिपर चालक मोरङ बेलबारी ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७९
    • 599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved