जिसस उदयपुरमा गठबन्धनका उमेद्वार विजयी

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका हुन् ।

कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर विश्वकर्मा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मतमात्र पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए ।

जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुमारी विश्वकर्मा र कांग्रेसबाट मन्जुकुमारी परियार निर्वाचित भएका छन् ।दलित तथा अल्पसंख्यक सदस्यबाट ‍माओवादी केन्द्रका पदकुमार राई, सदस्यहरूमा माओवादी केन्द्रका इन्द्रबहादुर थापा, कांग्रेसका विष्णु कटुवाल, भीमचन्द्र राई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धन दलहरूबीच एकीकृत समाजवादीले समन्वय प्रमुख र काँग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो ।

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved