समाचार

    Showing 5,941-5,950 of 10,031 items.
  • सुनसरी उद्योग वाणिज्य संघमा विजय श्रेष्ठ

    धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा विजय श्रेष्ठले पराकिलो मतान्तरले अन्य प्रत्यासीलाई पछि पार्दै जित हात पारेका छन् । असार २२ गते भएको निर्वाचनको मत परिणाम मंगलबार सार्वजनिक भएको थियो । सार्वनिक मत परिणाम अनुसार विजय श्रेष्ठले उनका प्रतिद्वन्द्धी शिवराज श्रेष्ठलाई ५८९ मतको पराकिलो मतले जित हात पारेका हुन् । निर्वाचित अधिकृत प्रा.डा. राजेन्द्रा शर्माका अनुसार सुनसरी उद्योग वाणिज्य संघमा कुल २९७७ मतदाता रहे तापनि २२७४ मत मात्र खसेको थियो । अध्यक्षका तीन जना प्रतिष्पधीमा विजयी श्रेष्ठले १२२५ ल्याउदा शिवराज श्रेष्ठले ६३६ मत मात्र प्राप्त गरेका थिए भने पवन अग्रवालले ३३३ मत प्राप्त

    • प्रकाशित मितिः असार २२, २०७९
    • 1,251 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लोपोन्मुख ‘तिलुङ’ भाषा संरक्षणमा स्थानीय सरकार

    धरान । राज्यले लोपोन्मुख भाषाको रुपमा लिएको ‘तिलुङ’ भाषालाई पाठ्यक्रममै राखेर स्थानीय सरकारले संरक्षणको नीति लिएको छ । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएसँगै स्थानीय तहहरुले शिक्षा ऐन बनाएका छन । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषा र संस्कृतिर्ला समेटेर त्यस ठाउँको पहिचानलाई जीवन्त राख्न पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । लोप हुन लागेको भाषा संरक्षण तथा सम्वर्द्धनमा नगरपालिका यो भाषालाई पाठ्यक्रममा समावेश गरेर

    • प्रकाशित मितिः असार २२, २०७९
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी पुरानै धारमा फर्किने खतरा

    धरान । पूर्वी पहाडमा भइरहेको अविरल वर्षाका कारण कोसी नदीको वहाव र पानीको सतह दिनानुदिन बढ्दै गइरहेको छ । कोसी नदी बढ्दै गएपछि पुरानै धारतर्फ फर्कने हो कि भन्ने चिन्ताले सताएको छ । नदी कटानको दैनिक क्रम रोकिन सकेको छैन । कटानबाट हुने क्षतिको खतरा यो वर्ष पनि उत्तिकै छ । उदयपुरको बेलका नगरपालिका र सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टप्पु र त्यसमाथिका उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ वडाका धौली, चिलैया, गरैया, भागलपुर र तपेश्वरी क्षे त्रका १ हजार ७ सय परिवारका २० हजार बढी मानिस विस्थापित हुने खतरा बढेको छ । कोसी नदी दुई वर्ष यता तीव्र रुपमा पश्चिम सरिरहेको छ । ०४५ सा

    • प्रकाशित मितिः असार २२, २०७९
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘खाली जग्गा अनावश्यक प्रयोग नगर्नू’

    धरान । धरान १५ रहेको खाली जग्गालाई अनावश्वक रुपमा प्रयोग नगर्न स्थानीयहरुले वडा कार्यालयलाई ध्यानकर्षण गराएका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ को खाली रहेको अस्थायी बसपार्कको जग्गामा सहकारी भवन बन्ने जानकारी पाएसँगै स्थानीय पाथीभरा टोल विकास समितिले धरान १५ वडा समितिलाई ध्यानकर्षणपत्र बुझाएका हुन् । उनीहरुले बोधार्थको रुपमा धरान उपमहानगरपालिका र धरानमा सम्पूर्ण राजनीतिक दलहरुलाई पठाएका छन् । टोलसमितिका ४० जना सर्वसाधारणले हस्ताक्षरा गरेको ध्यानाकर्षपत्रमा सहकारी भवन नबनाउन अनुरोध गरेका छन् र पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद तामाङको नेतृत्वमा गएका स्थानीयले वडा अध्यक्ष नरेश इवार

    • प्रकाशित मितिः असार २१, २०७९
    • 1,342 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढाकाको राजधानी तेह्रथुम

    धरान । पूर्वी पहाडी जिल्ला तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । विगतदेखि नै तेह्रथुमको म्याङलुङ बजार ढाका कपडाको मुख्य उत्पादन हुने जिल्ला भएपनि सरकारी ध्यान यसतर्फ पुग्न सकेको थिएन । तर ३९ वर्षपछि ढाका कपडाले राजधानीको स्वरूप पाएको छ । ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने गरिएको थियो । यहा प्रत्येक घरमा महिलाहरु ढाका कपडा बुन्ने तान राखेर व्यवसायिक ढाका कपडा उत्पादन गर्ने गरेका छन् । सन् १९८३ मा तीन वर्ष लगाएर बेलायती नागरिक सुसी डान्स्मोरले तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन । उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट

    • प्रकाशित मितिः असार २१, २०७९
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राकृतिक दोहनमा प्रयोग गरिएका जेसिवी नियन्त्रणमा

    धरान । अवैध रुपमा खोला उत्खनन् गदै गरेका जेसिवीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीले ो प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र चालकहरुलाई स लिएको हो । नियन्त्रणमा लिईएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्या

    • प्रकाशित मितिः असार २१, २०७९
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल र केएमसीबीच खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने सहमति

    धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । सहमतिसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीसँगै खेलाडीका परिवारलाई समेत नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार जनाएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेप

    • प्रकाशित मितिः असार २१, २०७९
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गायनतर्फ छिरिङ, नृत्युतर्फ नुमालाई उपाधि

    धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् । धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् । उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड र

    • प्रकाशित मितिः असार २१, २०७९
    • 1,070 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पञ्चायत माविलाई सहयोग

    धरान । पितृहरुको नाममा धरान १० को एक परिवारले पञ्चायत माध्यमिक विघालयलाई ट्रस र छाना निर्माण गरिदिएका छन् । स्वर्गीय पिता खर्क शम्सेर र माता राज कुमारी लिम्बूको सम्झनामा छोरा सञ्जय कुरुम्ङबाङ लिम्बू, छोरी कल्पना कुरुम्ङबाङ, दिपा कुरुम्ङबाङ, शिला कुरुम्ङबाङ लिम्बुको सहयोगमा विद्यालयलाई तीन लाख पचास हजार रकमको ट्रस तथा छानो निर्माणका लागि सहयोग गरेका हुन् । विद्यालयले शुक्रबार एक कार्यक्रम बीच धरान १० का वडाध्यक्ष विवेक राईले नवनिर्मित ट्रस समेत उद्घाटन गरेको छ । विद्यालयले उक्त परिवारलाई सम्मान पत्र प्रधान गर्दै सम्मान गरेको छ । यसैगरी विद्यालयका एसएलसी चौथो ब्याजका विद्यार्थी हेमन्त भण्डार

    • प्रकाशित मितिः असार २१, २०७९
    • 904 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • द्रुत गतिमा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य : परिचयपत्र बनाउन सर्वसाधारणलाई हैरान

    धरान । द्रुत सेवामार्फत राहदानी बनाउने उद्धेश्यले सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र बनाउने सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ । आवेदन फर्म बुझाइसकेपछि राजस्व बुझाउने त्यसमाथि फोटो खिच्ने काम सक्नकै लागि पनि एक हप्ता भन्दा बढी समय लाग्ने गरेको इलाका प्रशासन कार्यालय धरानमा राष्ट्रिय परिचयपत्र लिन जानेहरुको गुनासो छ । धरान १५ की सिर्जना बस्नेतले राष्ट्रिय परिचयपत्रको इलाका प्रशासन कार्यालय धाएको चारदिन भन्दा बढी भइसकेको छ । कार्यालयमा पुग्दा परिचयपत्र बनाउने भीड देख्ने वित्तिकै उनको रिंगटा छुट्ने गर्छ । जहिल्यै गयो भीडमात्र भएपछि उनी लाइनमा नबसी फर्किन्छिन् । वैदेशिक रोजगारीका लागि राह

    • प्रकाशित मितिः असार २१, २०७९
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved