पञ्चायत माविलाई सहयोग

  • असार २१, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । पितृहरुको नाममा धरान १० को एक परिवारले पञ्चायत माध्यमिक विघालयलाई ट्रस र छाना निर्माण गरिदिएका छन् ।

स्वर्गीय पिता खर्क शम्सेर र माता राज कुमारी लिम्बूको सम्झनामा छोरा सञ्जय कुरुम्ङबाङ लिम्बू, छोरी कल्पना कुरुम्ङबाङ, दिपा कुरुम्ङबाङ, शिला कुरुम्ङबाङ लिम्बुको सहयोगमा विद्यालयलाई तीन लाख पचास हजार रकमको ट्रस तथा छानो निर्माणका लागि सहयोग गरेका हुन् । विद्यालयले शुक्रबार एक कार्यक्रम बीच धरान १० का वडाध्यक्ष विवेक राईले नवनिर्मित ट्रस समेत उद्घाटन गरेको छ ।

विद्यालयले उक्त परिवारलाई सम्मान पत्र प्रधान गर्दै सम्मान गरेको छ । यसैगरी विद्यालयका एसएलसी चौथो ब्याजका विद्यार्थी हेमन्त भण्डारीले विद्यालय विकास र निर्माणका लागि १ लाख ९३ हजार ६ सय १६ रुपैयाँ रकम सहयोग गरेका छन् । उनले विदेशमा रहेका साथीहरुसँग रकम संकलन गरी सहयोग गरेका हुन् ।

हाल विद्यालयमा तीन सय जना भन्दा धेरै विद्यार्थी अध्ययनरतरहेका छन् । विद्यालयले चौतर्फी विकाशका लागि बालविकाश कक्षा, शौचालको निर्माणसँगै कम्प्युटर प्रयोगशाला , विज्ञान प्रयोगशालाको निर्माण गरिएको छ । विद्यार्थीहरुको सुविधाको लागि यातायातको सेवा सुविधा समेत सुचारु गर्ने विद्यालयका शिक्षक नवराज दाहालले बताए । कार्यक्रममा जेहेन्दार विद्यार्थी तथा दलित वर्गका विद्यार्थिलाई पुरस्कार तथा छात्रवृत्ती प्रदान गारिएको थियो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved