‘खाली जग्गा अनावश्यक प्रयोग नगर्नू’

  • असार २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १५ रहेको खाली जग्गालाई अनावश्वक रुपमा प्रयोग नगर्न स्थानीयहरुले वडा कार्यालयलाई ध्यानकर्षण गराएका छन् ।

धरान उपमहानगरपालिका वडा नं. १५ को खाली रहेको अस्थायी बसपार्कको जग्गामा सहकारी भवन बन्ने जानकारी पाएसँगै स्थानीय पाथीभरा टोल विकास समितिले धरान १५ वडा समितिलाई ध्यानकर्षणपत्र बुझाएका हुन् ।

उनीहरुले बोधार्थको रुपमा धरान उपमहानगरपालिका र धरानमा सम्पूर्ण राजनीतिक दलहरुलाई पठाएका छन् । टोलसमितिका ४० जना सर्वसाधारणले हस्ताक्षरा गरेको ध्यानाकर्षपत्रमा सहकारी भवन नबनाउन अनुरोध गरेका छन् र पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद तामाङको नेतृत्वमा गएका स्थानीयले वडा अध्यक्ष नरेश इवारमलाई सोमबार कार्यकक्षमा भेटी ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

उनले अस्थायी बसपार्क निकट भविष्यमा खाली हुने र सो जग्गामा सहकारीको कार्यालय निर्माण गर्ने भन्ने जानकारी पाएपछि आफूहरु त्यहाँ पुगेको बताउदै सहकारी भवन नबनाउन ध्यानकर्षण गराएको बताए । उनले भने–‘जनपक्षीय काम नै भएपनि स्थानीय सरोकारवालाहरुसँग सरसल्लाह नगरिकन सहकारीको भवन निर्माण गर्नु गलत हो, स्थानीय विकासका लागि स्थानीयसँग समन्वय गरेर काम गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।’

उनले यो जग्गामा साप्ताहिक हाट बजार सञ्चालन गरेर स्थानीयहरुको आय आर्जन गर्न सक्ने भन्दै यसतर्फ स्थानीय सरकार लाग्नुपर्ने बताए ।

उनले भने–‘सर्वसाधारणलाई दिगो तवरले रोजगारीको अवसर मिल्ने र आयआर्जन हुने खालको योजना अगाडि सार्नु उपयुक्त हुन्छ, नभए योजग्गामा पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।’

ध्यानकर्षपत्र बु विषयमा वडाध्यक्ष नरेश इवारमले यो विषयमा हल्ला चलाइएको दावी गरे । उनले त्यहाँ सहकारीको भवन बनाउनेबारेमा केही जानकारी नआएको बताए । आगामी दिनमा भने स्थानीयसँग सहकार्य गरेर काम अघि बढाइने उनले बताए ।

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved