गायनतर्फ छिरिङ, नृत्युतर्फ नुमालाई उपाधि

  • असार २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् ।

धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् ।

उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड रनरअपको उपाधि जिते । उनीहरुले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।

यसैगरी नृत्यतर्फ धरान–१० स्थित युएन स्कुलकी नियति राना मगर फस्ट रनरअप र धरान–१२ स्थित सुनाखरी एकेडेमीकी प्रकृति खापुङ सेकेण्ड रनरअप बनिन् । उनीहरुलाई पनि क्रमश ः ३० हजार र १५ हजार नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र विनायक राई थिए भने नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनरअप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे र लोक श्रेष्ठ रहेका थिए ।

उनीहरुलाई प्रमुख अतिथि प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, सल्लाहकार राम लिम्बू, सिजी फुडस नेपाल (वाइवाइ) प्रदेश १ का सहप्रबन्धक रविन्द्र मास्के, धरान प्रतिनिधि लिलानाथ ढुङ्गाना, होटल पिस पोखराका सञ्चालक मित्र तिवारी, युएन कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, इभेन्ट म्यानेजर तिर्थ कार्कीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा गायिक मिलन अमात्य, गायक विकास तुम्बापो, शिक्षिका ज्योति सुनुवारलगायतले गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved