नोबेल र केएमसीबीच खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने सहमति

  • असार २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । सहमतिसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् ।

खेलाडीसँगै खेलाडीका परिवारलाई समेत नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार जनाएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।

प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् । त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।

सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार सुविधा पाउनेछन् । साफ र एशियन खेलकुदमा सहभागी प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ । उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्नेछैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउँनेछन् ।

डा.शर्मा दम्पतिलाई सम्मान, मुख्यमन्त्रीले पनि गरे प्रशंसा

खेलाडीहरुलाई निःशुल्क उपचारको व्यस्था मिलाइदिने केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराललाई कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले डा.शर्मा र बराललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे ।

केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराल श्रीमान–श्रीमती हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा दम्पतीले खेलाडीहरुलाई दुवै अस्पतालवाट निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति शर्मा दम्तीको प्रशंसा गरेका थिए । सो अवसरमा सामाजिक विकास मन्त्री राजन राई, प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले, ओलम्पियन्स एशोसिएसनका अध्यक्ष बिष्ट लगायतले पनि डा.शर्मा दम्पतीको खुलेर प्रशंसा गरेका छन् ।

१८७ खेलाडीलाई सम्मान

कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डले १८७ जना खेलाडीलाई सम्मान गरेको छ । बोर्डले ओलम्पीक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएर खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान प¥याएको भन्दै खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा ओलम्पिकमा सहभागी ६ जना, एसियालीमा सहभागी ४० जना र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना खेलाडी छन् । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।

खेलाडीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाएर सहयोग पुर्याएको भन्दै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा र नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराललाई सम्मान समेत गरिएको छ ।

यसैबीच प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोर्ड र ओलम्पियन्स एशोसिएसनको तर्फबाट डा.शर्मा र बराललाई सम्मान गरिएको हो । विराटनगरस्थित नोबेल अस्पताल र काठमाडौंको सिनामंगलस्थित केएमसीले ओलम्पिकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुको निःशुल्क उपचार गर्ने गरी सोही कार्यक्रममा सम्झौता भएको थियो । खेलाडीका परिवारका सदस्यलाई पनि ५० प्रतिशत छुटमा उपचार गर्ने गरी बोर्ड र एशोसिएसनले नोबेल र केएमसीसँग सम्झौता गरेका हुन् ।

सम्झौतापछि डा.शर्मा र बराललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले डा.शर्मा र बराललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराल श्रीमान–श्रीमती हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा दम्पतीले खेलाडीहरुलाई दुवै अस्पतालवाट निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved