समाचार

    Showing 5,771-5,780 of 10,031 items.
  • आठ सेन्टिमिटरको ट्युमरको सफल शल्यक्रिया

    धरान । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर जादा पनि उपचार हुन नसकेको बताइन् । उनले अन्तिर्मा आर्या न्युरो हस्पिटलमा ल

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जताततै अनुगमन अधिकांश पसलमा म्याद गुज्रेका खाद्य वस्तु फेला

    धरान । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो । उनीहरुले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले अनुगमनका क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरेको पाइएको बताए । उनले भने ‘हामीले अनुगमनका क्रममा व्यवसायीहरुले धेरै फल्ड गरेको भेट्यौ,

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा एकवर्षमा १ लाख २९ हजार भन्दा बढी पर्यटक: कन्याम र अन्तुबाटै फर्किन्छन् पर्यटक

    धरान । पर्यटकीय जिल्लाको रुपमा रहेको इलाममा एक आर्थिक वर्षमा एकलाख २९ हजार पाँचसय ८१ पर्यटक भित्रिएका छन । इलाम र झापाको सिमाना जोरकलसमा रहेको पर्यटक सुचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ एकलाख २९ हजार पाँचसय ८१ पर्यटक इलाम आएका हुन । इलाम आउने पर्यटक मध्ये सबैभन्दा बढी कन्याम र श्री अन्तु आएको तथ्याङ्कमा उल्लेख छ । कन्याममा ५६ हजार ८० पर्यटक आएका छन भने श्री अन्तुमा १८ हजार छ सय ५७ आएका हुन । त्यस्तै इलाममा १७ हजार ४ सय ६६,पशुपतिनगरमा १० हजार ८४, कुटिडाँडा १० हजार एक सय ७८ र फिक्कलमा आठ हजार दुईसय पर्यटक आएका हुन । त्यस्तै गरी ताप्लेजुङ जाने पर्यटक आठ हजार नौ सय १६

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 735 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सर्दू जलाधारको किचलो: जग्गा रोक्का भएपछि पीडित पुगे मालपोत कार्यालय

    धरान । मालपोत कार्यालय धरानले हचुवाका भरमा धरान १३ का जग्गा रोक्का गरिँदिँदा स्थानीयले दुःख पाएका छन् । सर्दू जलाधारको किचलोभित्र आफ्नो नम्बरी जग्गालाई मुछेर रोक्का गरिदिए पछि घर निर्माण, नक्सा पास, बित्तीय कारोबार, किनबेचलगायतका आधारभूत काम ठप्प भएको स्थानीयको गुनासो छ । सर्दू जलाधार क्षेत्रको किचलोमा परेका धरान १३ का सूर्य मार्ग, शिवधारालगायतका शहरी क्षेत्रका स्थानीयले जग्गाको कारोबार बन्द भएपछि मार्कामा परेको भन्दै रोक्का जग्गा फुकुवा गर्न पहल समिति निर्माण गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मालपोत कार्यालय धरानले जग्गा रोक्का गरिँदिँदा धरान १३ का स्थानीय पीडित भएको भन्दै मङ्गलबार माल

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमुखी बजारले नेपाली चिया समस्यामा

    धरान । नेपाली चियामा भारतले अंकुस लगाउने तयारी गरिरहेको छ । नेपाली चियामा पटक पटक समस्या निकालिरहेको भारतले पछिल्लो समय नियन्त्रण गर्न लागेको हो । नेपाली चिया निर्यातमा भारतले अंकुश लगाउने तयारी गरिरहेको भन्दै इलामको चिया व्यवसायीले सरकारसँग गुहार मागेका छन् । चिया व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भारत सरकारले नेपाली चिया माथि अंकु्श लगाएमा समस्या आउने भन्दै कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन । नेपालको चियामा अंकुश लगाउने तयारी गरेपछि काठमाडौं पुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोलीले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर समस्या सम

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 874 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • युकेबाट साम्पाङलाई धरानेहरुको सहयोग

    धरान । खानेपानी समस्या समाधानको एजेन्डा बोकेर चुनावमा लडेका हर्क साम्पाङ मेयरमा निर्वाचित भएसँगै उनको एजेन्डालाई सफल बनाउने अभियानमा सर्वसाधारणले साथ दिन थालेका छन् । मेयर साम्पाङले धरान ४ निशानेबाट पानी ल्याउने योजना अगाडि सारेसँगै धरान र काठमाण्डौ स्थायी घर भइ हाल युकेमा बसोबास गर्ने सर्वसाधारणले उनलाई सहयोग गरेका छन् ।   धरानको सम्बृद्धिमा साथ पुगोस् भन्ने उद्देश्यले उनीहरुले मेयर साम्पाङलाई १ लाख ३५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । धरान र काठमाण्र्डौ स्थायी घर भएका र हाल युकेमा बसोबास गर्दै आएका ७ जनाले रकम जुटाएर सहयोग गरेका छन् । सहयोग गर्नेहरुमा ललितपुर घर भई हाल युकेमा बस्

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 1,415 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धन सरकारले चकित तुल्यायो’

    धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले वर्तमान गठबन्धन सरकारले चकित तुल्याएको बताएका छन । असफल गठबन्धन सरकारले अनौंठा अनौंठा काम गरिरहेको पनि उनले बताएका हुन् । नेकपा एमाले इलामले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङ्गले संसद माथिनै प्रश्न उब्जिएको बेला प्रधानन्यायधिश माथिको महाअभियोग दर्ता गरेर सरकारले चकित तुल्याएको बताए । नेम्बाङ्गले भने, ‘महाअभियोग सम्बन्धी अध्ययन गर्न तीन महिना लाग्छ माननीयहरुनै निर्वाचनमा खटिने बेला भएको छ । यस्तो बेलामा सरकारले महाअभियोग दर्ता गराउनु अस्वभाविक हो ।’ स्थानीय तहमा सबै दल एकातिर हुँदा पनि एमालेको लोकप्रिय

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 776 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वर्षासँगै आत्तिन्छन् कोसी पीडित !

    उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् । सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त्यस क्षेत्रमा विसं २०४५ अघि कोसी नदीको मूलधार बग्ने गरेको स्थानीयवासी बताउँछन् । कोशी नदीले धार पर

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 557 पटक पढिएको
    • "रासस"
  • बाढी पीडितलाई संगठनद्वारा राहत प्रदान

    धरान । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ्गले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत प्रदान गरेको छ । आइतबार संघ र संगठनले कोशीको पश्चिम कटानबाटा प्रभावित भई विस्थापित भएका बेलका नगरपालिकाका नागरिकहरुका लागि राहत प्रदान गरेको हो । १ हजार १ केजी चिउरा र ६सय लिटर पानी पीडितहरुलाई संयुक्त रुपमा प्रदान गरेका थिए । बेलका नगरपालिकाकाको विपत् व्यवस्थापन समितिलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी र उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराइले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका थिए ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘घमण्ड र उन्मादले पार्टी सकिने’

    धरान । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेतले कुनै पनि पार्टी घमण्ड र उन्मादका कारण सकिन कति पनि समय नलाग्ने बताएका छन् । उनले पार्टी घमण्ड र उन्मादले होइन सही नीति र विचारले बन्ने स्पष्ट पारे । नेकपा एकीकृत समाजवादी मोरङद्वारा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी नेतृत्व बिखलबन्द भयो कि भनेर कार्यकर्तालाई चिन्ता नगर्न पनि आग्रह गरे । पार्टी गठन भएको छोटो समयमा जे जति उपलब्धी हुनुपर्ने हो त्यो प्राप्त भएको उनको दाबी थियो । ‘पार्टी गठन भएको ६ महिनामा के गर्न सकिन्थ्यो र, त्यही पनि गएको स्थानीय तह निर्वाचनमा उल्लेखनीय मत ल्य

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 572 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved