भारतमुखी बजारले नेपाली चिया समस्यामा

  • श्रावण २५, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । नेपाली चियामा भारतले अंकुस लगाउने तयारी गरिरहेको छ । नेपाली चियामा पटक पटक समस्या निकालिरहेको भारतले पछिल्लो समय नियन्त्रण गर्न लागेको हो । नेपाली चिया निर्यातमा भारतले अंकुश लगाउने तयारी गरिरहेको भन्दै इलामको चिया व्यवसायीले सरकारसँग गुहार मागेका छन् । चिया व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भारत सरकारले नेपाली चिया माथि अंकु्श लगाएमा समस्या आउने भन्दै कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन । नेपालको चियामा अंकुश लगाउने तयारी गरेपछि काठमाडौं पुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोलीले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन ।

मंगलबार चिया उद्यमी, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, काँग्रेस नेता कृष्णप्रसाद सिटौलासहितको टिमले प्रधानमन्त्री देउवासँग भेटेर चियाको समस्याका बारेमा छलफल गरेको छ । समस्या समाधानका लागि प्रधानमन्त्रीले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर कुरा गर्ने आश्वासन दिएको व्यवसायीहरुले बताएका छन् । गुणस्तर नभएको आरोप लगाउँदै भारतले नेपालबाट जाने चियालाई करको दायरामा ल्याउने तयारी गरिरहेको व्यवसायीहरु बताउँछन । हाल चियामा भारतले शत प्रतिशत कर छुट दिएको छ । भारतको बंगाल र केन्द्र सरकारले नेपाली चिया नियन्त्रणका लागि कानुन बनाउन लागेको चिया व्यवसायीहरुकोे भनाइ छ ।

नेपाल र भारत सरकार बीचको वार्ताबाट चिया निकासीमा आउन लागेको समस्या समाधान गर्न जीटुजीबाट मात्र सम्भव हुने चिया व्यवसायी उत्तम प्रधान बताउँछन् । उनले भने ‘भारत सरकारले नेपाली चियासम्बन्धी कानुन पारित गरे यो क्षेत्र तहसनहस हुन्छ ।’ भारतको पार्लियामेन्ट्री स्टान्डिङ कमिटी अन कमर्सले १५ जुनमा भारतको लोकसभा र राज्य सभामा नेपाली चिया सम्बन्धी प्रतिवेदन पेस गरेको छ । नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको र सो चिया मिसाएर भारतले निर्यात गर्दा समग्रमा गुणस्तर नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । यही कारण देखाउँदै भारतले नेपालको चियालाई बन्देज गर्न ४० देखि सय प्रतिशतसम्म भन्सार दर लगाउनेसम्मको तयारी भारतीय पक्षले गरेको व्यवसायीको दाबी छ । चिया क्षेत्रका सरोकारवालाहरुले नेपाली चियामा भारतमुखी बजारको विकल्प खोज्नु पर्ने बताउँदै आएका छन् । समग्र चियाको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्रियाशील रहेको कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराई बताउँछन । उनले भने ‘गुणस्तर सुधार गर्दै विश्व बजारमा नेपाली चिया पु¥Þ्याउन ट्रेडमार्क नै जारी गरेर पहल गरिरहेका छौं ।’

इलामसहित पहाडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको मूख्य वजार भारत हो । यहाँ उत्पादित वार्षिक ६० लाख किलो तयारी चियामध्ये १० प्रतिशत पश्चिमा मुलुक, १० प्रतिशत आन्तरिक खपत र बाँकी भारत निर्यात हुने गरेको छ । यसअघि समेत विभिन्न वहाना बनाएर भारतले नेपाली चिया निर्यातमा अंकुश लगाउने गरेको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved