आठ सेन्टिमिटरको ट्युमरको सफल शल्यक्रिया

  • श्रावण २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ ।

धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो ।

स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर जादा पनि उपचार हुन नसकेको बताइन् । उनले अन्तिर्मा आर्या न्युरो हस्पिटलमा लिएर आएको बताइन् ।

आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पञ्कजराज नेपालको टिमले प्रतिज्ञाको सफल शल्यक्रिया गरेको हो । ‘बालबालिकाहरूको स्पाइनल कर्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘ च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले स्पाइनल कर्डमा भएको ट्युमर निकालेका छौँ ।’

७ वटा मेरुदण्डको हड्डीको पछाडि ट्युमर रहेको थियो । यसलाई स्पाइनल कर्ड भन्छिन् । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो । यो बाहिरतिर ढाडको अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ भन्ने हल्ला रहेछ । त्यो हल्ला सत्य होइन,’ वरिष्ठ न्युरो सर्जन डा. नेपालले भने, ‘ ट्युमरको अप्रेसन गरेपछि मान्छे हिडन सक्छ भन्ने यो घटनाले पनि देखाएको छ । बच्चामा ट्युमर रियल हुन्छ । त्यसमाथि पनि मेरुदण्डमा पनि ट्युमर धेरै हुन्छ । यसरी बेलैमा ट्युमरको शल्यक्रिया गरेर उपचार गरे बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने गर्दछ ।’

मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाँडै उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । ‘यस्ता बिरामीको समयमै उपचार नगरे थप समस्या हुँदै जान्छ । बेलैमा उपचार नगरे खुट्टा नचल्ने, पिसाब नियन्त्रण नहुने लगायतका अन्य विभिन्न समस्याहरू देखा पर्दै जाने गरेको छ,’ डा. नेपालले भने ।

२५ दिनको उपचारपछि प्रतिज्ञालाई डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्म दिएको प्रतिज्ञाको आमा राम दुलारी मण्डलले खुशी व्यक्त गर्दै उपचार संलग्न चिकित्सकलाई धन्यवाद दिइन् l 

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved