‘गठबन्धन सरकारले चकित तुल्यायो’

  • श्रावण २४, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले वर्तमान गठबन्धन सरकारले चकित तुल्याएको बताएका छन । असफल गठबन्धन सरकारले अनौंठा अनौंठा काम गरिरहेको पनि उनले बताएका हुन् ।

नेकपा एमाले इलामले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङ्गले संसद माथिनै प्रश्न उब्जिएको बेला प्रधानन्यायधिश माथिको महाअभियोग दर्ता गरेर सरकारले चकित तुल्याएको बताए । नेम्बाङ्गले भने, ‘महाअभियोग सम्बन्धी अध्ययन गर्न तीन महिना लाग्छ माननीयहरुनै निर्वाचनमा खटिने बेला भएको छ । यस्तो बेलामा सरकारले महाअभियोग दर्ता गराउनु अस्वभाविक हो ।’

स्थानीय तहमा सबै दल एकातिर हुँदा पनि एमालेको लोकप्रिय मत आएकोले आगामी निर्वाचनमा पनि एमाले जीत सुनिश्चित भएको बताए । स्थानीय तहको निर्वाचनमा आन्तरिक समस्याका कारण सोचे जति स्थानीय तहमा जीत हासिल गर्न नसके पनि पार्टी एक ढिक्का भएर निर्वाचन लडेमा जीत सुनिश्चित भएको उनले बताए ।

नेम्बाङ्गले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरेको विषयमा सीसी टीभी फुटेज सरकारले मेटेर सरकारले संसारमै अचम्म लाग्दो काम गरेको बताए । असम्बन्धित व्यक्तिको प्रयोग गरेर करको दर हेरफेर गरेको विषयमा बनेको सांसदीय छानविन समितिको प्रतिवेदनले प्रश्नहरुको जवाफ होइन अर्थमन्त्री माथि थप प्रश्न उब्जाएको बताएका छन् ।

अयोग्य चालकको पछि प्रचण्ड र माधव: भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी मंसिर ४ गते हुने निर्वाचन एमालेका लागि चुनौति मात्र नभएर भयानक अवसर भएको बताउनु भएको छ । नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ को चुनावमा एमालेले दुई तिहाई नल्याए पनि बहुमत ल्याउने दाबी पनि गरे । एमालेको विरुद्धमा सबै शक्ति एक भएकाले पनि एमाले शक्तिशाली पार्टी भएको पुष्टि भएको सचिव भट्टराईले बताए । एमालेसँग एक्लाएक्लै निर्वाचन लड्न नसक्ने भएकाले सबै पार्टीले गठबन्धन गरेको उनले बताए ।

समाजवादको यात्रामा हिँडेका प्रचण्ड र माधव कुमार नेपाल गलत बाटो हिँड्नु भएको छ, सचिव भट्टराईले भने, सबैभन्दा अयोग्य शेरबहादुर देउवालाई स्टेरिङ्गमा राखेर उहाँहरु गन्तब्यमा पुग्नुहुन्न । उहाँहरु दुर्घटना सहन बाध्य हुनु पर्छ ।’ नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा भएको प्रशिक्षणमा नेकपा एमाले केन्दिय सदस्य राम राना र जिल्ला अध्यक्ष महेश बस्नेतले पनि जिल्लाको समग्र गतिविधिको चर्चा गरेक थिए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved