धरान/ धरान उपमहानगरपालिका वडा नं. ११ को आधारभुत स्वास्थ्य चौकी भवनको शनिवार उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईले सुनौलो मार्गमा निर्माण गरिएको आधारभूत स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन् । उक्त स्वास्थ्य चौकी भवन दिपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजारको लागतमा निर्माण भएको हो । उद्घाटनपश्चात बोल्दै मेयर राईले धरानबासीहरुले सामान्य रोगको उपचारबाट बञ्चित भई आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी भवन स्थापना गरिएको बताउनुभयो । मेयर राईले भवनलाई विस्तारै बढाउँदै लगेर प्रसुति गृह लगायत सञ्चालन गरिने बताए । उपमेयर मञ्जु भण्डारीले नगरपालिकाले स्वास
इटहरी/ पाथीभरा जब लिंकद्वारा जागीर खानेको ७ लाखको निशुल्क बिमा धरान । पाथीभरा जब लिंक इटहरी मार्फत जागिर खानेहरुका लागि कम्पनीले निशुल्क दुर्घटना गरिदिने भएको छ । जब लिंक र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँ बीच दुर्घटना बीमाको सम्झौता भएको छ । जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौता पत्रमा पाथीभरा जब लिंक मार्फत जागिर खाने मानिसको सात लाखको निःशुल्क बीमा गरिनेछ । बीमित मानिसको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार रुपैयाँ र अंगभंग भएमा बीमाङ्क बापतको ४० प्रत
धरान/ मुख्यमन्त्री भीमप्रसाद आचार्यले अहिलेको सरकारले विश्वासको मत लिएर आगामी निर्वाचन समेत गराउने दाबी गरेका छन् । राजनीतिक अस्थिरताले भर्खरै गठन भएको भीम आचार्यको सरकारले स्थिरिता पाउला कि नपाउला भन्ने विषयमा एक नं. प्रदेशका सर्वसाारणको चासो बढिरहेको बेला मुख्यमन्त्री आचार्यले यो सरकारले विश्वासको मत पाउने र यसैले निर्वाचन गराउने दाबी गरेका हुन् । धरानको औद्योगिक क्षेत्रमा सञ्चालनमा आएको ब्राइडफिड प्रा.लिको उद्घाटन गर्ने क्रममा उनले अहिलेको सरकार जनताको अपेक्षा बमोजिम बनेको बताउँदै जनताको अपेक्षा अनुसार बनेको सरकारलाई अहिलेका राजनीतिक पार्टीहरुले समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । उ
धरान/ आफ्नो पद बचाउन अनेक जालझेल गर्न पछि नपर्ने धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीको राजीनामा कहाँ पुगेको छ, सबैको चासो बढ्दै गएको छ । उनले राजीनामा दिएको केहि दिन अघि समाचारमाध्यममा आए । तर उनले दिएको राजीनामा पत्र भने कही कतै भेटिएन । उनले राजीनामा दिएको आधिकारीता भने कहिकतैबाट पनि पुष्टि हुन सकेको छैन । अहिले उनी आफ्नो विभागमा काम गर्न थाले पनि विभागलाई समेत उनले आधिकारीक पत्र बुझाएका छैनन् । रजिष्टार रेग्मीले राजीनामा दिएको बिषयमा प्रतिष्ठानमा कुनै आधिकारीक पत्र नआएको प्रतिष्ठानका एक अधिकृतले वताए । उपकुलपतिको कार्यालयमा समे
धरान/ जथाभावि पार्किङ हुने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारीको चापलाई मध्यनजर गरी छुट्टै पार्किङको व्यवस्था गरेसंगै प्रतिष्ठानमा आएका सेवाग्राहीले सुविधाको महशुष गरेका छन् । विगतमा जथाभावि पार्किङ हुदा सवारीको चाप थेग्न नसक्ने मात्र हैन पार्किङमा राखिएका सवारी साधन चोरी हुन थालेपछि प्रतिष्ठानले छुट्टै पार्किङको व्यवस्था गरेको हो । प्रतिष्ठानमा नेपालबाट मात्र हैन भारतबाट समेत उपचारका लागि सर्वसाधारण आउने गरेका छन् । सवारी साधन लिएर आउने उनीहरुलाई पार्किङको समस्या त छदैथियो, सवारी साधन हराउने पीर उत्तिकै हुन्थ्यो । विगत एक बर्ष भन्दा अगाडिदेखि प्रतिष्ठानले छुट्टै
विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति गैर संवैधानिक भएको गठबन्धन दलले जिकिर गरेका छन् । प्रदेश सभा सचिवालय विराटनगरमा बिहीबार बसेको गठबन्धनको बैठकले नेकपा एमाले औपचारिक रुपमा विभाजन भई निर्वाचन आयोगबाट नेकपा (एस) छुट्टै दल दर्ता भएको जनाउँदै यस्तो अवस्थामा भएको मुख्यमन्त्री नियुक्ति प्रति प्रश्न उठाइएको हो । नेकपा(एस) मा प्रदेश नं १ का चार जना सांसद केन्द्रीय सदस्यको रुपमा रहेको र आयोगले सांसदहरुलाई दल रोज्ने समय प्रदान गरिसकेको अवस्थामा प्रदेश सरकारले बहुमत गुमाई सकेको तथ्य भएको गठबन्धनको दाबी छ । भदौ १० गते अप्रत्यासित रुपमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राज
धरान/ समाजमा योगदान पु¥याउनेको व्यक्तिको नाममा सम्झना स्वरुप मरणोपरान्त विभिन्न स्मरणयोग्य काम गरिने परम्परा रहदै आएको छ । धरान उपमहानगरपालिकाले भने परम्परालाई तोड्दै जिवितै हँुदा समाजमा योगदान पु¥याउने व्यक्तिको नाममा सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना गरेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो सेवा सुविधावापतको रकम अग्रज पत्रकार गिरिराज आचार्यको नाममामा सिर्जनशील पत्रकारिता पुरस्कारको २ लाख अक्षय कोष राखिदिएका थिए । अक्षयकोषबाट स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार’ बाट विहीबार एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ
धरान / मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ हङकङ निवासी धराने गायक ज्ञान सुब्बाको गीतको छाँयाकंन भैरहेको थियो । वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।” धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छाँयाकंन गरिएको थियो । ‘आखिर के को लागि होला ?’ बोलको म्युजिक भिडियोमा लोकप्रि
इटहरी/ प्रशासनले निषेधाज्ञालाइ खुकुलो बनाए संगै सुनसरीमा दैनिक कोरोना संक्रमितको संख्या हवात्तै बढेको । कोरोनाबाट सुनसरीको १२ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा बढी जोखिम इटहरी मानिएको छ । प्रत्येक साता नयाँ संक्रमितको दर बढदै जानुले इटहरीलाइ जोखिम र रेडजोनको रूपमा लिन थालिएको छ । अघिल्लो साता ३ सय ७ जना संक्रमित थपिएको इटहरीमा यो साता पुनः ३ सय ७१ जना नयाँ संक्रमितहरू थपिएका छन । यो संगै इटहरीमा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ । इटहरीमा अघिल्लो साता भदौ १ देखि ७ गतेको अवधिमा ३ सय ७ जना नयाँ संक्रमित थपिएका थिए भने अहिले ९ देखि १६ गते सम्मको बिवरण अनुसार ३ सय ७१ जना नयाँ संक्रमित थ
धरान/ सवारी चाप र साँघुरो सडकका कारण प्रदेश नं. १ मा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले विगत दुई बर्षमा भएको सवारी दर्घटनालाई हेर्ने हो भने पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या अधिक भएको पाएको छ । प्रदेश १ ट्राफिक कार्यालय इटहरीका अनुसार गत बर्ष र चालू आर्थिक बर्षको हालसम्म चार हजार बढी सवारी दुर्घटना भएका छन् भने दुर्घटनाबाटै ७ सय ७६ जनाले ज्यान गुमाएका छन् । एक नं. ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले प्रदेश १ का १४ जिल्लाका विभिन्न ठाउमा दुई वर्षको अवधिमा भएका चार हजार चार सय ५३ वटा सवारी दुर्घटनामा स