समाचार

    Showing 5,711-5,720 of 10,031 items.
  • छोरी लिएर आमा बेपत्ता

    धरान । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् । लामो समय विदेशका काम गरेर फुयाल ६ महिना

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषकलाई जनचेतनाको अभाव: अग्र्यानिक भन्दा रसायनिक मलको बढी प्रयोग

    धरान । कृषकहरुले धरै उत्पादन गर्ने अभिप्रायले रसानिक मल प्रयोग गर्ने गर्छन । युरिया, डिडिटी, विएचसी लगायतका रसायनिक मल प्रयोग गर्दा खेतीको उर्वराशक्ति ह्रास हुदै गएको छ भने मल समयमै कृषकले नपाउँदा राम्रो उत्पादन गर्न पाएका छ्रैनन् । रसायनिक मल उत्पादन गर्दा फाइदा भन्दा पनि बेफाइदा बढी छ । रसायनिक मल नियन्त्रण आदेश २०५५ र पहिलो संसोधन आदेश २०५७ समेत प्रभावित हुने  गरी यस्ता मलहरु ज्थाभावि प्रयोग गर्ने गरिएको छ । नेपाल कृषि प्रधान देश हो, नेपालका ८० देखि ९० प्रतिशत सर्वसाधारण कृषिमै आश्रित छन् तर् पछिल्लो समय कृषि क्षेत्र घडेरीमा परिणत हुनु र उत्पादनमा ह्रास आउन थालेपछि कृषकहरुले वैकल्पिक

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेम्बाङसँग चुनाव लड्ने तयारीमा इलामे युवा खनाल

    इलाम । विगतका संघीय निर्वाचनमा सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङसँगै चुनाव लड्ने भएका छन । पटक पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं. २ लाई विकास गर्न नसकेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने भएका हुन । यस क्षेत्रबाट चुनाव जितेर निर्णायक भूमिकामा पुगे पनि आफ्नै क्षेत्रमा विकास गर्न नसकेको भन्दै उनले नेम्बाङसँगै चुनाव लड्ने निर्णय गरेका हुन् उनले अव मुलुकको विकासमाा युवा पुस्ताको आवश्यक रहेको भन्दै नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै चुनाव लड्ने घोषण गरेका हुन । ‘मैले नेम्बाङलाई चिनेदेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 779 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वृद्धवृद्धालाई भोजन गराएर मातापिताप्रति श्रद्धाञ्जलि

    धरान । एक परिवारले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा शनिबार कुशे औँशीको दिन वृद्धवृद्धालाई भोजन गराएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. १, बगुवाको परिवारले चतराको संस्कृत वेद विद्यालयमा बस्ने ५५ जना वृद्धवृद्धालाई बिहानको भोजन गराएको हो । स्वर्गीय धर्मबहादुर र पद्माकुमारी अधिकारीका नाममा छोराहरू मानबहादुर र गुणराज तथा छोरीहरू जमुना बुढाथोकी र गङ्गा कार्कीले भोजन गराएका हुन् । वृद्धवृद्धाको सेवा गर्नु नै वास्तविक धर्म भएको हुँदा आप्mना मातापिताप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न वृद्धवृद्धालाई भोजन गराएको उनीहरूले सुनाए ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल भारत मैत्री भवनको उद्घाटन

    धरान । धरान १३ प्रहरी स्कुलभित्र निर्माण सम्पन्न भएको नेपाल भारत मैत्री भवनको शनिवार उद्घाटन गरिएको छ । नेपालका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूत डा. नविन श्रीवास्तवले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । ४ करोड लागतमा निर्माण भएको तीन तले भवनको निर्माण सम्पन्न भएसँगै उद्घाटन भएको हो । उद्घाटनपश्चात नेपालका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय डा. नविन श्रीवास्तवले सदियौ देखिको नेपाल भारतको आत्मीय अझ दरिलो बनाउदै लानुपर्नेमा जोड दिएका थिए । उनीहरुले सरकार सरकारबीचमात्र हैन जनस्तरबाटै प्रगााढ रहेको दुई देशको सम्बन्धलाई धुमुल्याउने प

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संरक्षणको अभावमा इलाम चिया बगान

    धरान । इलाम चियाको जिल्ला भनेर चिनिन्छ । यहाँ आउने पर्यटक चिया हेर्न र फोटो खिच्नकै लागि आउने गर्छन् । इलामको पूर्वी भागको अधिकांश क्षेत्र चियाले भरिएको छ । इलाम सदरमुकाम नजिकै रहेको चिया बगान र कारखानाले इतिहास रचेको छ । इतिहास बोकेको चिया बगान ५० वर्षका लागि लिजमा जिम्मा दिएको छ । लिजमा लिएर बगान व्यवस्थापन नगर्दा चिया मासिने अवस्थामा पुगेको छ । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकेला चिया बगान त्रिवेणी सघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुने गरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्द

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 743 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मेघा कलेजका विद्यार्थीहरूलाई स्वागत

    धरान/ धरान–१२ स्थित धरान मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई शनिबार स्वागत गरेका छन् ।उनीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई अबिर र खदा लगाएर स्वागत गरेका हुन् । त्यस क्रममा कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले धरानलाई शैक्षिक केन्द्रको रूपमा विकसित बनाउन निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएर अन्तर्राष्ट्रिय रूपमै प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले आपूmहर

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी क्षेत्र नं. १ बाट चुनाव लड्दै मुख्यमन्त्री राई

    जिरोपोइन्ट/ प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले सुनसरी क्षेत्र नं. १ बाट उम्मेद्वारकालागी सिफारीस गरेको छ । शनिवार बसेको जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईको नाम सिफारिस गरेको हो । भोजपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका राईले संघीय निवार्चनका लगाी सुनसरी क्षेत्र नंं १ बाट सिफारिस गरिएको हो । जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्चार मन्त्रीको निर्देशनमा सेउती पुलमा फोर्जी सेवा संचालनमा

    धरान l धरान सेउती पुलमा रहेको नेपाल टेलिकमको टावर बाट उच्च गतिको इन्टरनेट सेवा फोर् जी सेवा तथा उच्च गुणस्तरको भ्वाईस कल सेवा संचालनमा आएको छ। यस सेवा बाट जंगल क्षेत्र भएर आवत जावत गर्ने यात्रु तथा धरानका जनताहरु लाभान्वित हुनेछन् । धरान टेलिकममा कार्यालय प्रमुखको कार्यभार सम्हालेसगै बरिष्ठ इनजीनियर प्रसन्न थापाले धरानमा नेटवर्क सुधार,बिस्तार तथा गुणस्तरमा लागेका छन्। ब ई थापाका अनुसार उक्त विटीएस् व्यान्ड मा संचालन गरिएको छ। अन्य थप २ क्षेत्र बिश्वकर्मा मन्दिर तथा जंगल क्षेत्र भित्र रहेको खानेपानी अफिसमा थप सेक्टर एक्सपान्सन् चाडै हुनगइरहेको जानकारी थापाले दिएका छन् । के हो भोल्ट सेवा ? भो

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी र धरानको फोहोर फाल्ने ठाउँ चारकोशे झाडी : दैनिक करिब ७० टन फोहोर चारकोशे झाडीमा

    धरान । सम्झौता भएर सञ्चालनमा आइसक्दा पनि फोहोर व्यवस्थापनमा भने अझै समस्या नै छ । अहिले पनि धरान उपमहानगर उपमहानगरपालिका र इटहरी उपहानगरपालिकाले फोहोर चारकोशे झाडीमा फाल्दै आएका छन् । के कति फाहोर फालिन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि प्रदेश नं. १ का यी उपमहानगरपालिकाले चारकोशे झाडीलाई अव्यवस्थित रुपमा डस्विनको रुपमा प्रयोग गरेको पाइएको छ । यी दुई उपमहानगरपालिकाले जगलमा करिब ७० टन फोहोर फाल्ने गरेका छन् । यसमध्ये धरानमा दैनिक ३७ टन र इटहरमा ३३ टन उठ्ने गरेको बताइन्छ । यसले धरान र इटहरी आसपासका गाउँका खेतिहरुलाई समस्या बनाउने मात्र हैन मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने गरेको छ । जं

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved