मेघा कलेजका विद्यार्थीहरूलाई स्वागत

  • भदौ ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ स्थित धरान मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई शनिबार स्वागत गरेका छन् ।
उनीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई अबिर र खदा लगाएर स्वागत गरेका हुन् । त्यस क्रममा कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले धरानलाई शैक्षिक केन्द्रको रूपमा विकसित बनाउन निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएर अन्तर्राष्ट्रिय रूपमै प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले आपूmहरूले गुणस्तरीय शिक्षामा जोड दिएको धारणा राखेका थिए । गुणस्तरीय शिक्षा नै बालबालिकाको सुन्दर भविष्यको आधार भएको बताउँदै उनले थपे, ‘यसमा कलेजसँगै विद्यार्थी र अभिभावकहरूले समेत उत्तिकै जिम्मेवार हुनुपर्छ ।’ सबैको प्रयासबाट विद्यार्थीलाई दक्ष र सबल बनाउन सकिएमा देशकै भविष्य उज्ज्वल हुने प्रिन्सिपल पौडेलको भनाइ थियो । उनले सबैको साथ र सहयोगबाट धरान मेघा कलेजले छोटै समयमा शैक्षिक क्षेत्रमा सफलता हासिल गरेको सुनाए ।

301192075_615006650343022_3155427282578854561_n

कार्यक्रममा विद्यार्थीहरू उत्साहपूर्ण रूपमा सहभागी भएको कलेजका व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले बताए । विद्यार्थीहरूभित्र रहेको प्रतिभालाई उजागर गर्न मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जनाए ।

कार्यक्रममा प्रतिभावान् विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य र गायनका माध्यमबाट नवआगन्तुक विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । उनीहरूले नृत्य र गीत प्रस्तुत गरिरहँदा कार्यक्रममा उपस्थित अन्य विद्यार्थीहरूले समेत नाचेर साथ दिएका थिए । बीबीएस दोस्रो वर्षकी छात्रा सपना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम चौथो वर्षकी छात्रा आरती बस्नेतले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा निसुमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।


कार्यक्रममा कलेजका प्रशासकीय निर्देशक कैलाश लिम्बू, होटल म्यानेजमेन्ट विभागका प्रमुख पोषण श्रेष्ठ तथा बोर्ड सदस्यहरू सागर खड्का, प्रभास राजवंशी, सूर्य अधिकारी, दीपक घिमिरे, प्रेम राई, विकास चाम्लिङलगायत उपस्थित थिए ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved