नेपाल भारत मैत्री भवनको उद्घाटन

  • भदौ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १३ प्रहरी स्कुलभित्र निर्माण सम्पन्न भएको नेपाल भारत मैत्री भवनको शनिवार उद्घाटन गरिएको छ ।

नेपालका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूत डा. नविन श्रीवास्तवले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

४ करोड लागतमा निर्माण भएको तीन तले भवनको निर्माण सम्पन्न भएसँगै उद्घाटन भएको हो । उद्घाटनपश्चात नेपालका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय डा. नविन श्रीवास्तवले सदियौ देखिको नेपाल भारतको आत्मीय अझ दरिलो बनाउदै लानुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सरकार सरकारबीचमात्र हैन जनस्तरबाटै प्रगााढ रहेको दुई देशको सम्बन्धलाई धुमुल्याउने प्रयास समय समयमा हुने गरेकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा सुनसरीका प्रजिअ इन्द्रदेब यादव ,जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, भारतीय पेन्सन वितरण कार्यालय धरानका मेजर भरत कनौजियार्, १.न. प्रदेशका पूर्व प्रमुख गोबिन्द सुब्बा, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, ने.का.धरान नगर सभापति श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन अघि सुनसरी उद्योग वाणिज्य संघले मन्त्री कार्की र राजदुत श्रीवास्तवलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल र भारतको आर्थिक कारोबारलाई बढाउनुपर्नेमा जोड दिएका थिए ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved