इटहरी र धरानको फोहोर फाल्ने ठाउँ चारकोशे झाडी : दैनिक करिब ७० टन फोहोर चारकोशे झाडीमा

  • भदौ १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सम्झौता भएर सञ्चालनमा आइसक्दा पनि फोहोर व्यवस्थापनमा भने अझै समस्या नै छ । अहिले पनि धरान उपमहानगर उपमहानगरपालिका र इटहरी उपहानगरपालिकाले फोहोर चारकोशे झाडीमा फाल्दै आएका छन् ।
के कति फाहोर फालिन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि प्रदेश नं. १ का यी उपमहानगरपालिकाले चारकोशे झाडीलाई अव्यवस्थित रुपमा डस्विनको रुपमा प्रयोग गरेको पाइएको छ । यी दुई उपमहानगरपालिकाले जगलमा करिब ७० टन फोहोर फाल्ने गरेका छन् । यसमध्ये धरानमा दैनिक ३७ टन र इटहरमा ३३ टन उठ्ने गरेको बताइन्छ । यसले धरान र इटहरी आसपासका गाउँका खेतिहरुलाई समस्या बनाउने मात्र हैन मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने गरेको छ । जंगलमा अव्यवस्थित रुपमा जथाभावि फोहोर फाल्दा यस सम्बन्धी बनेका ऐनहरु भवित हुने गरेका छन् । वातावरण संरक्षण ऐन २०५३, वन ऐन २०४९ र फोहोरमैला व्यवस्थापन नियमावली २०७० सँगै वन ऐन २०४९ ले त सामुदायिक वनलाई डम्पिङ साइट बन्न निषेध गरेको छ भने फोहोरमैला व्यवस्थापन नियमावली २०७० को पनि नियम विपरीत रहेको पाइएको छ । फोहोरले समस्या ल्याएकै कारण बाँझगरा सामुदायिक वन उपभोक्ता समितिले उपमहानगरपालिकालाई व्यवस्थित डम्पिङ साइड बनाएर फोहार व्यवस्थापन गर्न, जंगलमा फोहोर नफाल्न सुझाव दिएको हो ।

अस्पतालको फोहोरले समेत जनस्वास्थ्यमा असर पु-याउदै
अस्पताल विरामी निको हुन जाने गर्छन् । एक जना विरामीलाई निको पारे पनि अस्पतालहरुले फोहोर विना ट्रिटमेन वनमा फाल्दा सैयौ सर्वसाधारणको जनस्वास्थ्यमा असर पु¥याएको छ ।
धरान र इटहरीका स्वास्थ्य संस्था र अस्पतालहरुको फोहोर फाल्ने ठाउँ पनि चारकोशे झाडी नै रहेको छ ।

कुहिने र नकुहिले फोहो बेग्लाबेग्लै भेला पार्नुपर्ने, फोहोर ढुवानी गर्दा राम्रोसँग छोपेर लानुपर्ने र अस्पतालजन्य फोहोर ट्रिटमेन्ट पछि मात्रै लानुपर्ने जस्ता कुनै नियमहरु यि दुवै उपमहानगरले पालना गरेका छैनन ।

धरान र इटहरीमा करिब ५ सय हाराहारीमा क्लिनक तथा औषधीपसल रहेको बताइन्छ । उनीहरुले समेत ट्रिटमेन्ट विना चारकोशे झाडीमा फाल्ने गरेका छन् । जसले गर्दा जनस्वाथ्यमा प्रतिकूल असर गरेको छ ।
धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहेक अन्य मेडिकल पसल, क्लिनकहरुको फोहोर ट्रिटमेन्ट प्लान्ट छैन ।

सम्झौता कार्यान्वयन भएन
भौतिक संरचना र जग्गाबाहेक उपकरणमामा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २० प्रतिशत र विश्व बैंकको २० प्रतिशत अनुदान र भेन्चर वेस्टु इनर्जी प्रालिको ६० प्रतिशत लगानी सञ्चालित फोहोर प्रशोधन केन्द्र निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्दा समेत नगरपालिकाले सम्झौता अनुरुप काम गर्न सकेका छैन ।
सम्झौता अनुरुप उपमहानगरपालिकाले सञ्चालन भएको ५ बर्षसम्म फोहोर संकलन गरेर प्रशोधन केन्द्रसम्म पु¥याउने र नकुहिने फोहोरलाई व्यवस्थित डम्पिन साइड बनाएर व्यवस्थापन गर्ने भनिए सम्झौता अनुरुप नगरपालिकाले काम गर्न सकेको छैन । नगरपालिकाले फोहोर संकलन गरेर प्रशोसधन केन्द्रमा पु¥याउने गरे पनि व्यवस्थित डम्पिन साइड अहिलेसम्म निर्माण नहुँदा धरानको चारकोशे झाडी नै व्यवस्थापन गर्ने गरेको छ ।

प्रशोधन केन्द्रका परियोजनाका इन्जिनियर विवेक अग्रवालले भेन्चर वेस्ट टु इनर्जी र धरान उपमहानगरपालिकाबीच भएको सम्झौतामा ५ बर्षसम्म नगरपालिकाले फोहोर प्रशोधन केन्द्रसम्म फोहोर संकलन गरेर पु¥याउने र प्रयोाग हुने फोहोर केन्द्रमा राखेर नकुहिने तथा काम नलाग्ने फोहोर व्यवस्थित डम्पिङ साइड बनाएर व्यवस्थापन गर्ने कुरा सम्झौतापत्रमा उल्लेख भएको बताए । उनले भने–‘सम्झौताापत्र अनुसार अहिले पनि फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड बनेको छैन ।’

धरानको फोहोरबाट वैकल्पिक ऊर्जा उत्पादन गर्ने उद्देश्यले २०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जी प्रालिबीच त्रिपक्षीय सम्झौता भएको थियो । त्यसबेला उपमहानगरपालिकाका तर्फबाट प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र समाज विकास अधिकृता सुनिल नेपालले हस्ताक्षर गरेका थिए भने वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबाट प्रोजेक्ट मेनेजर प्रकाश अर्याल र भेन्जर वेष्ट टु इनर्जीका तर्फबाट डाइरेक्टर जेनिस श्रेष्ठ र विपुल राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । धरानको फोहोर व्यवस्थापनसँगै वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि तत्कालीन मेयर स्व. तारा सुब्बाले योजना अगाडि बढाएका थिए ।

सम्झौता पत्रमा हस्ताक्षर गरेका मध्ये तत्कालीन समाज विकास अधिकृत सुनिल नेपाललले धरान उपमहानगरपालिकालाई हस्तान्तरण नगरुन्जेलसम्म फोहोर पु-याउने, कुहिने फोहोर प्रशोधन केन्द्रमा प्रयोग गरिने र नकुहिनो फोहोरलाई व्यवस्थित रुपमा फाल्ने सम्झौता भएको बताए । उनले भने–‘सम्झौतामा २० बर्षपछि धरान उपमहानरपालिकालाई हस्तान्तर गर्ने उल्लेख छ, सम्झौतापत्र अनुसार भए नभएको मलाई अहिले थाहा छैन, यस विषयमा मैले बुझ्न पाएको छैन ।’

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved