धरान । एक परिवारले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा शनिबार कुशे औँशीको दिन वृद्धवृद्धालाई भोजन गराएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं. १, बगुवाको परिवारले चतराको संस्कृत वेद विद्यालयमा बस्ने ५५ जना वृद्धवृद्धालाई बिहानको भोजन गराएको हो । स्वर्गीय धर्मबहादुर र पद्माकुमारी अधिकारीका नाममा छोराहरू मानबहादुर र गुणराज तथा छोरीहरू जमुना बुढाथोकी र गङ्गा कार्कीले भोजन गराएका हुन् ।
वृद्धवृद्धाको सेवा गर्नु नै वास्तविक धर्म भएको हुँदा आप्mना मातापिताप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न वृद्धवृद्धालाई भोजन गराएको उनीहरूले सुनाए ।