सन्चार मन्त्रीको निर्देशनमा सेउती पुलमा फोर्जी सेवा संचालनमा

  • भदौ १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान l धरान सेउती पुलमा रहेको नेपाल टेलिकमको टावर बाट उच्च गतिको इन्टरनेट सेवा फोर् जी सेवा तथा उच्च गुणस्तरको भ्वाईस कल सेवा संचालनमा आएको छ। यस सेवा बाट जंगल क्षेत्र भएर आवत जावत गर्ने यात्रु तथा धरानका जनताहरु लाभान्वित हुनेछन् ।

धरान टेलिकममा कार्यालय प्रमुखको कार्यभार सम्हालेसगै बरिष्ठ इनजीनियर प्रसन्न थापाले धरानमा नेटवर्क सुधार,बिस्तार तथा गुणस्तरमा लागेका छन्।

ब ई थापाका अनुसार उक्त विटीएस् व्यान्ड मा संचालन गरिएको छ। अन्य थप २ क्षेत्र बिश्वकर्मा मन्दिर तथा जंगल क्षेत्र भित्र रहेको खानेपानी अफिसमा थप सेक्टर एक्सपान्सन् चाडै हुनगइरहेको जानकारी थापाले दिएका छन् ।301264791_580722377118860_5938726496217796999_n

के हो भोल्ट सेवा ?
भोल्ट भोइस ओभर एल्टीइ भनेको फोर् जी नेटवर्क मार्फत उच्च गुणस्तरको भ्वाईस कल एच्डी भोइस क्वालीटी कल गर्न सकिने अत्याधुनिक प्रबिधि हो। भोल्ट को प्रयोगबाट हामीले संगै बसेर कुराकानी गरेको जस्तो उच्च गुणस्तरको भ्वाईस कलको अनुभव लिन सक्दछौं।

यस प्रबिधि मार्फत फोनमा कुराकानी गरिरहँदा फोर् जी डाटा पनि साथसाथै चलाउन सकिन्छ।

भोल्ट सेवाका बिशेषताहरु

- भ्वाईस कलको गुणस्तर उच्चस्तरको राम्रो एच्डी क्वालीटी हुने।
- एकसाथ उच्च गुणस्तरको भ्वाईस कल एच्डी भोइस क्वालीटी र फोर् जी डाटा सेवा प्रयोग गर्न सकिने।                                                               - डायल गर्नासाथ तुरुन्त कल कनेक्सन हुने।

स्मरण रहोस् यस क्षेत्रमा नेटवर्क कभरेज नहुदा धरान उद्योग बाणिज्य सघंका प्रतिनिधिको टोलि केहि हप्ता अगाडी संचार मन्त्रिकोमा पुगेको थियो। यसका लागि संचार मन्त्रीको बिशेस चासो तथा निर्देशन रहेको थियो।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved