समाचार

    Showing 5,611-5,620 of 8,609 items.
  • प्रदेश १ का प्रदेश प्रमुख प्यासीको बिदाई

    मोरङ/  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई औपचारिक कार्यक्रम आयोजना गरी बिदा गरेका हुन् । मुख्यमन्त्री राईलाई प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले मुख्यमन्त्री राईलाई राजनीति समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न समेत सुझाब दिए । युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न मुख्यमन्त्रीलाई उनले आग्रह गरे । मुख्यमन्त्री राईले आफ्नो अविभावक भएको भन्दै राजनीतिक परिवर्तनमा धेरै संस्थाहरू विवादित भए पनि प्रदेश प्रमुख प्यासी भने विवादित नबनेको बताए । २२ कात्गतिकको मन्त्रीपरिषद्को बैठ

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्वासको मत लिएपछि मात्र प्रदेश १ सरकार विस्तार गर्ने

    विराटनगर । प्रदेश १ सरकारको विस्तार विश्वासको मत लिएपछि मात्र गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका हुन । कात्तिक १५ गते राईले शपथ लिई चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति गरेका थिए । पाँच दलीय गठबन्धनको सरकारलाई मन्त्रीमण्डल विस्तार गर्ने र भागबण्डा छिटो गर्नुपर्ने बाध्यता छ । राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए । तर, मंगलबारको लागि तय भएको प्रदेश सभा बैठक ३० गते सारिएको छ । नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिटै विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार हु

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच मिनेटमा आउछु भनेर मुख्यमन्त्री कार्यक्रममै गएनन

    इटहरी / इटहरी र सुन्दरहरैचा नगरपालीकालाइ जोडने बुढीगंगा जमुना मुक्तिघाट परिसरमा लगाइएको छैठ पर्वको समुदघाटन समारोहलाइ प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न एक नं प्रदेशका मुख्यमन्त्रीले आउछु भनेर कार्यक्रम स्थल नपुगी बाटैबाट फर्किएका छन । कार्यक्रम समुदघाटन र सम्बोधन गर्नकै लागि मुख्यमन्त्री राइ इटहरीसम्म आएका थिए तर कार्यक्रम स्थल नपुगी उनी एकाएक फर्किएपछि आयोजक पक्ष र अन्य अतिथिहरू पनि रूस्ट बनेका थिए । ५ मिनेट अघि सम्म त बाटैमा छु भन्नुभएको थियो तर फेरी अचानक बिशेष कामले आउन पाइन सरी भन्नुभयो आयोजक मध्येका एकले आफ्नो नाम नबताउने सर्तमा कोशीपत्रलाइ बताए । कोरोना सन्त्रासका कारण बिगत २ वर्

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 1,174 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

    झापा/ पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यात भन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयकोतथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारत लगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए ।सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 684 पटक पढिएको
    • "रासस"
  • बक्राहा खोलामा डुबेर एकको मृत्यु , एक बेपत्ता

    मोरङ/ मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएका छन् । आज दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 638 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा जनगणनाको तयारी पुरा

    सुनसरी/ आउँदो विहिबार देखि शुरु हुने १२ औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पुरा भएको सुनसरी जिल्ला जनगणना कार्यालयलेजनाएको छ । जिल्लाको १२ वटै स्थानीय तहको १ सय २४ वटै वडाका विभिन्न समुदाय तथा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी पुरा भएको कार्यालयले जनाएको छ । मंगलबार जिल्ला जनगणना कार्यालय सुनसरीले राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा पत्रकार भेटघाटमा प्रत्येक वडामा गणकहरुलाई स्थलगत तथ्याङ्क संकलनका लागि सम्बन्धित स्थानमा पठाउने काम भएको जनाएको छ । यसअघि राष्ट्रिय जनगणनामा खटिने एक हजार २४ गणकका लागि चार दिने अभिमुखिकरण तालिम दिइएको थियो भने २ सय ३५ जना सुपरिवेक्षक खटाएर भदौ

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सामाजिक सदभाव पर्वको छठ’

    धरान\ पछिल्लो समय हरेक पर्व नेपालीहरुको राष्ट्रिय पर्व बन्दै गएका छन् । विगतमा मधेशी समुदायलेमात्र धुमधामका साथ मनाउदै आएको छैठ पर्व अहिले पहाडी समुदायभित्र रहेका हरेक जातजातिले छैठ पर्व मनाउन थालेका छन् । धरानमा समेत यो पर्व राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ । विगतमा दुई चार जना मधेशी समुदाय सेउती तथा सर्दु खोलामा गएर छैठ पर्व मनाउने गर्दथे । अहिले यो पर्व सबैको पर्व बन्न थालेपछि छैठपर्वलाई भव्यताका साथ सम्पन्न समिति नै बन्न थालेका छन् । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । समग्रमा भन्दा छैठ पर्वले धार्मिक तथा सामाजिक सद्भावलाई बढाएको छ ।छैठपर्व आउन एक दिन अगाडि धरानमा सेउती र सर्दु

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 1,156 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सुनसरी एमालेको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने

    धरान/ नेकपा एमालेभित्रको विवाद समाधान भएको प्रचार बाहिर आएपनि जेष्ठ २ गते अघिको कमिटीका जिल्ला सदस्यहरुले वैठकमा सहभागी नहुने जनाएपछि अझै पनि विवाद कायमै भएको स्पष्ट भएको छ । बुधबार बिहान होटल ड्रिमल्याण्ड होटलमा भएको असन्तुष्ट पक्षहरुको भेलाले आधिकारिता नै नभएको बैठकमा आफूहरु सहभागि नहुने भन्दै विज्ञप्ती नै प्रकशित गरेपछि एमालेभित्र अन्तरद्वन्द्व झन झन चर्किदै गएको प्रष्ट हुन्छ । जिल्ला कार्य समितिमा रहेका लक्ष्मी बानिया, राजमणि निरौला लगायत ३२ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरित विज्ञप्तीम, पाटीबाट सञ्चालन हुनुपर्नेमा सुनसरीमा भने व्यक्तिगत तजविजले सञ्चालन भएको, एउट

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 487 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालीगढको अभावमा भोजपुरे खुकुरी संकटमा

    भोजपुर / खुकुरीबाट देश, विदेशमा चिनिएको भोजपुरमा खुकुरी बनाउने कालीगढ नहुँदा पेशा लोप हुन थालेको छ।खुकुरीले ख्याती कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीहरूको भनाइ छ। खुकुरी बनाउने पेशालाई इज्जत नदिने गरिएकाले पनि यो पेशा संकटमा परिरहेको उनीहरूको भनाइ छ। यस क्षेत्रमा भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन्। यी खुकुरीको माग बजारमा राम्रो छ। तर कालीगढ र कच्चा पदार्थ अभावसँगै यो पेशा संकटमा पर्दै गएको ४० वर्षदेखि खुकुरी बनाउँदै आएका हर्कबहादुर विश्वकर्मा बताउँछन्। ‘खुकुरी बनाउने पेशा संकटमा छ। पेशा संकटमा पर्नुको मुख्य कारण यस

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 529 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक विरामीलाई सांगोलोले बाधेर राख्न बाध्य

    धरान/ आर्थिक अभावका कारण उपचार हुन नसकेपछ घरमै साङलोले बाध्य बाध्य हुन्छ ।पछिल्लो समय फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको घट्ना सावजनिक भएको छ । घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन् । निको हुने रोग भएपनि उनी सात महिनादेखि घरमै पशु झै सांग्लोले बाधिएर बस्न बाध्य भएका छन् । यस भन्दा अगाडि पनि यस्ता घट्नाहरु धेरै भएपनि सम्बन्धित पक्षले कहिलै आँखा लगाएको पाइएन । पीडितका परिवारले समेत लिम्बुको उपचारमा धेरै पटक प्र

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved