जनता भेट्दै, सुझाव लिँदै ढकाल

  • असोज ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिडेका छन् । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थालेका हुन् ।

आइतबार ४ नम्बर क्षेत्र अन्तर्गत पर्ने बेलबारी नगरपालिकाको ६ नम्बर वडाका यलम्बर चोक, बोराबाँध, सीमाबाँध, बनौल, दुर्गा टोल, जरुवा टोल, सोमबारे बजार क्षेत्रका जनताका बिचमा पुगेर सुझाव लिएका छन् ।

नेताहरुले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेता ढकालले गुनासो सुन्ने र सुझाव लिने काम अघि बढाएको बताए । त्यस क्षेत्रका जनताले सुनसरी मोरङ सिंचाई आयोजना अन्तगर्तको नेता चोक– केरौन नहरको सडकको कालोपत्रे, सिंचाई सुविधा उपलब्धता, उत्पादित कृषि उपजको सहज बजार, कोल्ड स्टोरजस्ता विषयलाई सम्बोधन गरिदिन सुझाव दिएका छन् । सुझाव सुनेपछि नेता ढकालले स्थानीय जनतामा कुनै स्वार्थ नरहेको भन्दै अपरिहार्य विषय नै उठाएको बताए । उनले भने,‘यी मागहरु पूरा गर्ने जनप्रतिनिधिको दायित्व हो, म पूरा गर्छु ।’

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved