जनता भेट्दै, सुझाव लिँदै ढकाल

  • असोज ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिडेका छन् । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थालेका हुन् ।

आइतबार ४ नम्बर क्षेत्र अन्तर्गत पर्ने बेलबारी नगरपालिकाको ६ नम्बर वडाका यलम्बर चोक, बोराबाँध, सीमाबाँध, बनौल, दुर्गा टोल, जरुवा टोल, सोमबारे बजार क्षेत्रका जनताका बिचमा पुगेर सुझाव लिएका छन् ।

नेताहरुले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेता ढकालले गुनासो सुन्ने र सुझाव लिने काम अघि बढाएको बताए । त्यस क्षेत्रका जनताले सुनसरी मोरङ सिंचाई आयोजना अन्तगर्तको नेता चोक– केरौन नहरको सडकको कालोपत्रे, सिंचाई सुविधा उपलब्धता, उत्पादित कृषि उपजको सहज बजार, कोल्ड स्टोरजस्ता विषयलाई सम्बोधन गरिदिन सुझाव दिएका छन् । सुझाव सुनेपछि नेता ढकालले स्थानीय जनतामा कुनै स्वार्थ नरहेको भन्दै अपरिहार्य विषय नै उठाएको बताए । उनले भने,‘यी मागहरु पूरा गर्ने जनप्रतिनिधिको दायित्व हो, म पूरा गर्छु ।’

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved