समाचार

    Showing 5,561-5,570 of 8,608 items.
  • नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन : इलामक्षेत्र नम्बर १ मा लिम्बु र राई, २ मा चौहान र लिम्बु

    इलाम/ नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनबाट इलाममा क्षेत्रीय सभापतिमा चार जना निर्वाचित भएका छन । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक निर्वाचन क्षेत्रमा दुई जना गरी चार जना निर्वाचित भएका हुन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ । प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 442 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली कांग्रेस अधिवेसन: सुनसरी १ (क) र (ख) मा अनिल र मुरारीको प्यानलै विजयी

    धरान । नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (क) र (ख) मा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार सुजेन्द्र तामाङ समुहका उम्मेदवारको प्यानलनै विजयी भएका छन् । सुनसरी क्षेत्र नम्बर १ (क) तर्फका सभापतिका उम्मेदवार अनिल श्रेष्ठ र (ख) तर्फ मुरारी भट्टराई विजयी भएका हुन् । प्रदेशसभा (क) र (ख) दुवैमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । ‘क’ तर्फ अनिल श्रेष्ठले प्रतिद्वन्दी मदन ढकाललाई १ सय ७२ मतले पछाडि पार्दै जित हात पारेका छन् भने ‘ख’ तर्फ मुरारी भट्टराईले प्रतिद्वन्दी अजय राईलाई ३१ मतले हराउँदै सभापतिमा विजयी भएका छन् ।

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुरस्कार लुँड्याउनेहरू.....

    हिजोआज पुरस्कार पाउने पुरस्कृत अस्रष्टा भन्दा पनि पुरस्कार प्रशिद्ध छ । पुरस्कारकै जय जय छ । यसैकारण कतिपय साहित्यकारहरू पुरस्कार लुँड़्याउनु लुँड्Þयाउनुको शाब्दिक अर्थ हुन्छ (लुड़्याउन = लुँडी+या+उनु, क्रि.) लुँड़ी पार्नु, गुजुल्ट्याउनु, बटार्नु; बस्तुले सागपात जथाभावीसँग खानु; सागपात आदि मनपरी टिप्नु वा जथाभावी बेड़ाउनु, भेटिए जति सबै लैजानु; पाए जति सबै खानु; जुवा आदिमा सबैको धन जित्नु, सोहोर्नु; धनीले वा रक्षकले पत्तै नपाई सबै उड़ाउनुे ज्यान दिने गरेको कुरा कतै लुकेको छैन । सबै पुरस्कार लुँड़्याउने दाउमै देखिन्छन् । पुरस्कार पाउने कतिको योग्य छ भन्ने कुरा जान्दा–जान्दै पनि जसरी

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 825 पटक पढिएको
    • "कृष्ण प्रधान, सिलिगुडी (भारत)"
  • १६ लाख भन्दा बढीको भारतिय चिनी बरामद

    सुनसरी । सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद भएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा ल्याइएको भारतिय चिनी सहित सामान धनीलाई पक्राउ गरेको हो । यसै गरी गढी गाऊपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजा

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सुध्रिएन आयुर्वेदिक औषधालय’

    धरान/ केन्द्रिय सरकारको मातहतमा रहेको धरानको आयुर्वेदिक औषधालय स्थानीय सरकार मातहतमा आएपनि औषधालयको सुधार हुन सकेको छैन् । आयुर्वेदिक चिकित्सा प्रणाली मार्फत सर्वसाधारणको उपचारको पहँुच स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले धरान १५ निराजन वस्तीमा औषधालय सञ्चालनमा ल्याएको थियो । औषधालय धरान उपमहानगरपालिकाको मातहतमा आएपछि धरान आयुर्वेदिक औषधालय नामाकरण भएर सञ्चालनमा ल्याए पछि सामान्य परिवर्तन गरिए पनि पूर्ण रुपमा सुधार हुन सकेको छैन् । दुई बर्ष अघि उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा औषधालयको निरीक्षण गर्न पुगेको टोलीले औषधालयमा कुनै प्रकारको औषधि नपाइएको, कविराज समयमा कहिल्यै कार्यालय

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने

    सुनसरी/ इलाममा साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ । आगामी मंसिर १८ र १९ गते दुई दिवशीय सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारहरुको उपस्थिति रहने भएको छ । साहित्यिक पत्रकार संघ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइराला लगायतका स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो । यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्य

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका रिजन दाहालको हत्या आरोपमा चार जना पक्राउ

    विराटनगर/ मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगंगा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोहि ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी दीपक श्रेष्ठले उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नु पर्छ’

    बराहक्षेत्र/ आसन्न १४ औं महाधिवेसनलाई पुस्ता हस्तान्तरणका रुपमा प्रयोग गरिनुपर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले जोड दिएका छन् । बिहिबार सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टिमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब सभापति समेत रहेका घिमिरेले कांग्रेसको नेतृत्बमा रहेका नेताहरुले अब सल्लाहकारको रुपमा बसेर दोस्रो तहका नेताहरुलाई पार्टीको नेतृत्वको हस्तान्तरण गरिदिनु पर्ने वताए । उनले यो महाधिवेशनलाई नेतृत्व परिवर्तनको अधिबेशन बनाउनु पर्नेमा जोड दिए । वर्तमान नेतृत्व परिवर्तन बिना कांग्रेसको तत्लो तहमा उत्साह नआउने भएकाले वर्तमान सभापति एवंम

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धन सरकारले प्रदेश १ को बजेट पुनरावलोकन गर्ने

    विराटनगर/ प्रदेश १ को अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट गठबन्धन सरकारले पुनरावलोकन गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो सरकारले ल्याएको बजेट पुनरावलोकन हुने बताएका हुन । उनले भने, “प्राथमिकताका आधारमा नयाँ योजना समावेस गर्दै बजेट संशोधन गर्छौ । अनुत्पादक क्षेत्रको बजेट कटौती गरिने छ ।” प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकारले हिजो मात्र प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो । राजनीतिक घटनाक्रम लगायत कारण प्रदेशका कतिपय योजना कार्यान्वयन गर्न कठिन भएको र अब सरकारले पर्यटन अन

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 441 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तमोर करिडोर निर्माण दू्रत गतिमा

    काठमाण्डौं/ राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए। उनले भने, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ । सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोला

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 487 पटक पढिएको
    • "रासस"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved