आचारसंहिता विपरितका गतिविधि गर्दै गठबन्धन उम्मेदवार

  • कार्तिक २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ अहिले दलहरुद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका घट्नामा वृद्धि हुदै गएको छ । पछिल्लो पटक विराटनगरमा पनि निर्वाचन आचारसंहिता उल्लघनका घट्ना बढिरहेका छन् तर निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली कांग्रेसका भीम पराजुलीले निर्वाचन कार्यालयलाई ढाँटेर सम्मान कार्यक्रम गर्दै निर्वाचन आचारसंहिताको घोर उल्लंन गरेका छन् ।

मतदातालाई प्रभावित पार्ने उद्देश्यले शनिवार निर्वाचन क्षेत्र नं. ४ अन्र्तगत विराटनगर १० को विराट सेवा सदनमा करिव ए सय जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । श्रोतका अनुसार सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई नगद पनि वितरण गरिएको थियो ।

निर्वाचन कार्यालयलाई सम्मान हैन भन्दै प्रतिनिधिसभा उम्मेदवार मोदी र प्रदेशसभा उम्मेदवार पराजुलीले ढाँटेर जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको पाईएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सम्मान कार्यक्रमबारे जानकारी आएपछि सोधपुछ गरिएको बताए । उनले भने,‘ सम्मान कार्यक्रमबारे बुझ्दा मतदाता भेटघाट भएको बताइयो ।’ निर्वाचनलाई प्रभावित पार्ने गरिसम्मान कार्यक्रम गर्न नपाईने उनले बताए । उनले यसमा आचारसंहिता आकर्षित हुने बताए ।

नेपाल कांग्रेस विराटनगर १० को आयोजनामा सम्मान कार्यक्रम भएपनि वुथ सभापति अर्जुन कार्कीले सम्मान कार्यक्रमबारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले भने,‘ सम्मानबारे थाहा भएन, भेटघाट मात्रै हो ।’ जेष्ठ नागरिकहरुलाई वितरण गरिएको सम्मान पत्रमा कार्की, प्रतिनिधिससभा सदस्यका उम्मेदवार अमनलाल मोदी र प्रदेशसभाका उम्मेदवार भीम पराजुलीले हस्ताक्षर गरिएको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सम्मानित भएकी विराटनगर १० शान्तिचौककी जलश्री साहले कार्यक्रममा एकसय बढी जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved