धरान/ उद्योग सङ्गठन मोरङको आयोजनामा ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि सातौं संस्करणको विराट एक्स्पो गर्न लागिएको जनाएको छ । विराट एक्स्पो एक औद्योगिक एक्स्पो हो । एक्स्पोमा उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको आदान–प्रदान, उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउने लक्ष्य लि
संखुवासभा/ संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भीले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भने, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।&rs
धरान/ धरानलाई खेलकुदको सहर भने पनि हुन्छ । धरानलाई विकास गर्ने दलका मुख्य एजेण्डामा पर्छ, खेलकुद । विश्वका प्राचीन खेलदेखि आधुनिक खेल सबैको अभ्यास गरिन्छ यहाँ । जिम्न्यास्टिक, दौड, बक्सिङ, म्याराथन, आर्चरी, रेसलिङका संस्थागत क्लब छन् । गल्फ, बास्केटबल देशमै पहिलो पटक धरानबाटै सुरुवात भएको इतिहास पाइन्छ । थाइ बक्सिङ, सेफाकटाक्रो लगायतका खेल विकासका लागि संस्थागत क्लब छन् । त्यसो त धरान मिनी ब्राजिल हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन् । जसले नियमित फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्र्मी, जेसिज, व्यापारिक प्रतिष्ठा
विजयपुर/ शिक्षासँगै विद्यार्थीको अन्य प्रतिभालाई समेत प्रस्फुटन माध्यम बनाएको छ प्रदेश १ स्तरीय एसइई सिंगिङ्ग तथा डान्सिङ आइडलले । प्रतियोगिताको स्लोगन नै रहेको छ, ‘शिक्षाका लागि संगीत ।’ ०७५ सालदेखि नियमित आयोजना गर्दै आएको फक्तालुङ मिडिया हाउसले यस बर्ष पनि निरन्तता दिने भएको हो । आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रदेशलाई समेट्ने गरी आयोजना गरिएको यो प्रतियोगिताको अडिसन विगतदेखि नै पहाडी तथा हिमाली क्षेत्रबाट गर्दै आएको छ । यो बर्षको अडिसन चैत्रको दोस्रो साताबाट हुदैछ । पहिलो अडिसन ओखलढुंगाबाट शुरु गरिने आयोजक समितिका संयोजक डम्बरकुमार तुम्बाफोले बताए ।
धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय
सुनसरी/ धरान धरान–१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।घट्नाकी मुख्य आरोपी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार साझ उनीहरुलाई पक्राउ गरे हो । पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भन्दै पीडित परिवारले ७ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । यही विषयलाई लिएर शुक्रबार आफन्त तथा छिमेकीहरुले विरोध गरेका थिए । हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै
मोरङ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्
खोटाङ/ खोटाङमा काम बीचैमा छोडेर अलपत्र पार्ने एक निर्माण कम्पनीले प्रयोग गदैै आएको एक्स्काभेटर र ट्याक्टर खोटाङकै एक नगरपालिकाले नियन्त्रणमा लिएको छ ।ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको हो । दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर बीचैमा छोडेर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिइएको हो ।करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्नेगरी सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको थियो । पटक पटक
मोरङ/ स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उदेश्यले विराटनगरमा रोजगार मेलाको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र कटहरी गाउं पालिका, मोरङ्गको आयोजनामा एकदिने रोजगार मेलाको आयोजना भएको हो । विराटनगरस्थित फलफूल तथा कृषि थोक बजार कटहरीमा आयोजित मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् । मेलाका अवसरमा रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित
धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो । अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थु