दमक/ पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो । सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ । सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ । लागुऔषधको दुर
धरान/ मोरङको केरावारी गाउँपालिका वडा नम्बर ६ मा सर्पदशं उपचार केन्द्रको उपचार सेवा बुधवार देखि शुरु गरिएको छ । सुनसरीको धरान र केरावारीका वासिन्दाको लागि सर्पदंशका विरामीका लागि उपचार केन्द्र शुरु गरिएको हो । ३६ लाख भन्दा वढीको निर्माण लागतमा उपचार केन्द्र निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले वताए । बुधबार औपचारिक कार्यक्रम गरि केरावारी गाउँपालिकाका अध्यक्ष रोहित वहादुर कार्कीले सर्पदंश उपचार केन्द्रको सेवा शुरु गरेका हुन् । उपचार केन्द्रले अव उतरी मोरङको पहाडी क्षेत्र र धरान सम्मका विरामीलाई लाभ पुग्ने संचालक समितीका अध्यक्ष एवम् केरावारी वडा नम्बर ६ का वडाध्यक
इलाम/ दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले इलाममा सामुदायिक कृषि क्याम्पस स्थापनाको काम अघि बढेको छ । इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायीक कृषि क्याम्पस स्थापनाको काम तिब्र पारिएको हो । यही वर्षदेखि कृषि क्याम्पस सञ्चालनको लागि प्राध्यापक भर्ना प्रक्रिया शुरु भएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस सञ्चालक समितिको अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए । इलाम नगरपालिका ९ शेरा स्थित बसपार्कको भवनलाई मर्मत गरेर कक्षा कोठा बनाइदै गरेको लुङ्गेलीले जानकरी दिए । पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन लिइने र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका अन्तर्गत
सुनसरी/ कारागारमा अनिवार्य चिकित्सकको दरबन्दी रहे पनि भोजपुर जिल्ला कारागारमा दुई वर्ष यता चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ ।कारागारमा गत २०७६ फागुन १० गते देखि चिकित्सकको दरबन्दी खाली रहेको छ । दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी रहेको कारागारमा दुई वर्षदेखि सो पद रिक्त हुँदा आधारभूत स्वास्थ्य अधिकारबाट कैदीबन्दी वञ्चित हुनु परेको छ भने बिरामी कैदीबन्दीलाई जिल्ला अस्पताल लानुपर्ने बाध्यता छ । स्वास्थ्यकर्मी नुहँदा कारागारमा औषधि लिन पनि जिल्ला अस्
विराटनगर/ नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्स
इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिमा पराजित भएकी हुन । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत मात्रै पाइन । यो कोटाबाट चन्द्रमाया लिम्बु (६८३), बबिता लिङङम (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिध चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथ
धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ । बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई द
चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुगेका हुन् । आज बुधबार चितवन आइपुग्नुभएका नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहो¥याउने बताएका छन् । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहो¥याउने बताउएका हनु । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भने, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।” महाधिवेशन तयार
सुनसरी/ दुई वर्षको कोरोना संक्रमणका कारण संचालन हुन नसकेको व्यवसायीक घरानाहरु बिस्तारै संचालनमा आएका छन् । संक्रमण शुरु हुन अगावै बनेको इटहरी चौंकमा रहेको सेन्ट्रल प्लाजाको पहिलो तलामा सेन्ट्रल मार्ट संचालन भएको छ । १० तले बिल्डिङ्ग रहेको सेन्ट्रल प्लाजाकै लगानीमा मार्टको औपचारिक उदघाटन मङ्सिर १३ गते भए पनि अनौपचारिक रुपमा भने संचालनमा आएको प्लाजाका कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले बताए । सेन्ट्रल प्लाजा मलमा एउटा डिपार्टमेन्ट स्टोर खोल्ने योजना भएता पनि अहिले मार्ट मात्रै संचालनमा ल्याएको श्रेष्ठको भनाइ छ । मलमा सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेष्टुरेन्ट सह
धरान/ न्यादी हाइड्रोपावरको सेयर नेपाल नेपाल स्टक एक्चेञ्जमा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधरणका लागि बिक्री गरेको २५ लाख ५० हजार, स्थानीय वासिन्दाको लागि बिक्री गरेको १५ लाख कित्ता र संस्थापाक शेयर१ करोड ९ लाख ५० हजार कित्ता गरि जम्मा १ करोड ५० लाख कित्ता सुचीकृत गरेको हो । कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ ।