धरान÷ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स) ले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । एम्सले नेसनल मल्टिपल कलेजसँगको सहकार्यमा तहका शैक्षिक कार्यक्रम सुरु गरेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामै पहिलोपटक चारवर्षे बीएड आईसीटीसहित बीएड र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ । बीएड आईसीटी शिक्षा सङ्कायअन्तर्गत स्नातक तहमा आईसीटीसम्बन्धी चारवर्षे कोर्स हो । यसले विद्यालय स्तरको दक्ष आईसीटी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएक
रंगेली । विगत दुई महिना देखि विभिन्न प्रजातीका लहराले ११ हजार भोल्ट रहेको ट्रान्सफर्मर घेरिदा समेत नेपाल बिद्युत प्राधिकरण रंगेलीले सफाइ नगर्दा दुर्घटनाको जोखिम बढेको छ । रंगेली नगरपालिका ७ स्थित खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमर बिगत दुई महिना देखि लहराहरु झेलिएको छ । ट्रान्सर्फमरनै छोपि सक्दा समेत प्राधिकरण मुखदर्शक बनिरहेको छ । ट्रान्सर्फमर चारैतिरबाट हरियो लहराले घेरिएका कारण जुनसुकै बेलामा पनि ठुलो दुर्घटना हुने अवश्था रहेको छ । प्राधिकरणले मेनलाईनका तारहरुले घर, रुख छुईसक्दा पनि सफाइ नगरेको स्थानीय राजेश आचार्यले बताए । प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाके
धरान । करोडौं मूल्य पर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षक आवास र छात्रवास रहेको जग्गा जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयले मोहीको नामसारीे फैसला गरेपछि क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरुले क्याम्पसको जग्गा संरक्षण गर्नका लागि संयूक्त विद्यार्थी समिति गठन गरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समितीले मंगलबार धरानका राजनितिक दल, जनप्रतिनिधि, क्याम्पस प्रशासन तथा सरोकारवाला व्यक्तिहरु सँग बहस गरेको छ । क्याम्पस प्रशासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको संयूक्त विद्यार्थी समितिको आरोप छ । उनीहरुले क्याम्पसको जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि घोषणा ग
धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न मोहीको नाममा नामसारी गर्न फैसला गरिदिए पछि सुनसरी स्थित भुमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ । एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको जग्गाको मोही नामसारी गरिदिन सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको फैसला बदनियत पुर्ण देखिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । क्याम्पसको जग्गा हडप्न धरानका जग्गादलालीहरुको ठुलो गिरोहनै लागेको उनीहरुको भनाई छ । गिरोहलाई सरकारी निकायनै लागेको प्राध्यापकहरुको भनाई छ । करिब तिन वर्ष अघि मोही कट्टा गरि पाउँ भनेर क्याम्पसले निवेदन दिए पनि बदनियत पुर्ण ढंगले मोहीको नामसार
झापा। झापा मेचीनगर नगरपालिका १२ मा राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् । सोमबार राती पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
झापा/ झापाको मेचीपारिका सर्वसाधारण विजुली बत्ती भए पनि अँध्यारोमा बस्न बाध्य छन् । गाउँमा विजुलीको पोल छ, घरमा बत्ती जडान गरिएको छ तर महिनौदेखि बत्ती भने बलेको छैन । उनीहरु टुकी र मैनबत्तीको सहारामा बस्न बाध्य छन् । बर्षाद्को समयमा आएको बाढीका कारण बत्तीको संरचना सबै भताभुंग बनाए पछि घरमा बत्ती जडान भएपनि अँध्यारोमा बस्नु परेको छ । २०७७ साल चैत्र ७ गते मेची नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखेरलले उद्घाटन गरेपछि पहिलो पटक गाउँमा बत्ती बाल्न पाउदा मेची नगरपालिका वडा नं. १५ ग्वालवस्तीका सर्वसाधारण हर्षित थिए । उद्घाटन गरेसँगै वैसाखदेखि विजुली बत्ती बाल्न शुरु गरेका उनीहरुले
विराटनगर/ नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत प्रदेश नं १ को चुनावमा पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार गुरुराज घिमिरे दुई मतले पराजित भए । उनलाई आफ्नै समूहका केन्द्रीय नेताले मत हालिदिएको भए गुरु दुई मतले विजयी बन्ने थिए । तर, निर्वाचनमा मताधिकारी प्राप्त गरेपनि चार जना केन्द्रीय नेताहरुले मत नहालेपछि घिमिरे पराजित बन्न पुगेको अहिले कांग्रेस समर्थकले सामाजिक संजालमा असन्तुष्टि पोखिरहेका छन् । घिमिरेलाई सभापति बनाउने समूहकै केन्द्रीय नेताले मत नहालेको भन्दै उनका समर्थक असन्तुष्ट बनेका हुन ।कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइराल
धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो । क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला
धरान/ ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल आप्mनी छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सोमबार सम्मान गरेको छ । कलेजले उनलाई कलेज परिसरमै औपचारिक कार्यक्रम आयोजना गरेर खदा र अबिर लगाउँदै सम्मान–पत्र प्रदान गरेको थियो । भुजेल मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत् छिन् । आफ्नो विद्यार्थी मिस स्टेटको उपाधि जित्न सफल हुँदा आपूmलाई खुसी लागेको कलेजका प्राचार्य भाष्कर पौडेलले बताए । उनले उपाधि विजेतालाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीलाई पनि पढाइसँगै आप्mनो प्रतिभा भएको अतिरिक्त क्षेत्रमा समेत सहभागी हुन आग्रह गरे । त्यस क्रममा कलेजका प्रशासनिक प्रमुख कैलाश
खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका इलका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । आइतबार दिउँसो ३ बजे बिशेष सुचनाका आधारमा राईको घरमा गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।