कोशी अस्पतालमा नयाँ भवन

  • पुस ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकामा रहेको सरकारी अस्पताल कोशी अस्पताल सेवाग्राहीको चापका कारण अस्तव्यस्त हुने गरेको छ । यसैलाई मध्यनगर गरी कोशीमा ५ सय शै्याको भवन बन्ने भएको हो ।
आठतले मेडिकल भवनको बन्ने सो भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन् । विहीबार २ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक्सन काठमाडौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रूपैयाँमा ठेक्का लिएको हो ।

३ वर्षमा काम सक्ने गरी ठेकेदार कम्पनीले निर्माण थाल्ने संघीय आयोजना कार्यान्वयन एकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर सञ्चालनमा आएपछि कोशी अस्पतालमा शै्याको संख्या १ हजार पुग्नेछ ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved