समाचार

    Showing 5,331-5,340 of 10,030 items.
  • नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

    मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने,, नेतृत्व क्षमता विकास, सकारात्मक सोचको विकास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रम

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह सुरू

    मोरङ / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ््िलश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा विभिन्न एक दर्जन खेलहरू समावेश गरिएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले सुरू गरिएको सप्ताहमा स्पुन एण्ड मार्वल, निडल एण्ड थ्रेड, हट पोटाटो, म्युजिकल चेयर, डोरी तान, कबडी लगायतका विभिन्न खेलहरू समावेश भएको खेलकुद संयोजक अनुसा राउतले जानकारी दिइन् । स्कुलमा अध्ययरत विद्यार्थीहरूको मानसिक र शारिरीक विकासको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 890 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिक व्यवस्थापनमा सहयोग गर्न रोटरी क्लबबाट रोड डिभाइडर हस्तान्तरण

    मोरङ / रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइराला मार्फत ५० थान रोड डिभाइडर उपलब्ध गराएको छ । सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले रोटरी क्लब अफ विराटनगर सेन्ट्रल सामाजिक कार्यमा अग्रसर रहँदै आएकोमा विराटनगरमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै त्यस कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले रोड डिभाइडर उपलब्ध गराइएको बताइन् । सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी आवागमनमा सहजता, दुर्घटना न्यूनिकरण र सडक जामकोे जोखिम कम हुने भन्दै हस्तान्तरण गरकेो हो । डिभाइडर रिजालको पोलिट्याङ्कले सेन्

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उत्सव सुरु

    धरान /  महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । समारोह स्थलमा धरानका पहिचान बोकेका सीप, कृषि उत्पादन र सास्कृतिक परिकारका स्टल लगाइएको छ । धरान १२ पब्लिक माविमा सञ्चालन भएको धरान उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अशोक राईले गरेका थिए । र्यालीमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको &rsqu

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयका विद्यार्थीलाई जाडोको कपडा वितरण

    दुहबी / सुनसरीको दुहवी नगरपालिकाले आफ्नो नगरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । दुहबी नगर प्रमुख बेद गछादारले सोमबार एक कार्यक्रम आयोजना गरि ३३ बिद्यालयका विद्यार्थीहरुलाई १ हजार ७२ थान स्विटर हस्तान्तरण गरेका थिए । चिसो साथै तराइमा सितलहर बढेसगै बाल शिक्षामा अध्ययनरत बालबालिकाहरु प्रभावित बनेपछि नगरपालिकाले बालबालिकाको अभिभावकत्व भुमिका निर्वाह गरेर स्वीटर वितरण गरेको हो । जाडोको समयमा चिसोका कारण धेरै विद्यार्थीहरुलाई न्यानो कपढा नहुदा रुघा खोकि, ज्वरो जस्ता सम्मस्याले पठनपाठनमा समस्या नआओस् भनेर दुहवी नगरपालिका भित्र रहेका

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरले निर्माण सामग्री हटाउन सुरु

    मोरङ / विराटनगर महानगरपालिकाले फुटपाथमा रहेका निर्माण सामाग्रीलाई हटाउन शुरु गरिएको छ । नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको हो । नगर प्रहरी र सफाईका कर्मचारीले निर्माण सामग्री हटाउन सुरु गरेका हुन् । सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ  प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा, टाली हटाइएको छ। महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महान

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैक्षिक गुणस्तर सुधारमा उपकुलपतिको जोड

    मोरङ /पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षाक्षेत्र थिलथिलो भएको बताउदै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक भएको बताएका छन् । विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिएका हुन् । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिए ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघा कलेजले मेयर कप च्याम्पियन विद्यार्थीलाई सम्मान

     विजपुर /धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताका विजेता खेलाडि तथा प्रशिक्षकलाई मंगलवार सम्मान गरेको छ।विजेता खेलाडि तथा प्रशिक्षक हरुलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरु माझ खदा र अविर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रधान गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ देखि १८ गते सम्म सम्पन्न मावि स्तरिय मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कव्जा जमाएको थियो । धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याचभएका थिए । त्यसैगरि राजिव खड्का उत्कृ

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 1,571 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विपन्नहरूको जीवनस्तरमा सुधार गर

    देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 783 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • युएनकलेजबाट प्रदेश उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

    धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved