धरान । ओखलढुंगाको मोलुङ गाउँपालिका ४ स्थित भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ ४ घले गाउँका ईन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकि छिन् । शुक्रबार बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कने क्रममा भिरबाट लडी घाईते भएकि सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उनको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ ।
धरान/ कृषि पेशालाई सरकारले अनुदान, प्राविधिक सहयोगका साथै अन्य सहयोग गरेको दाबी गरिरहँदा पहाडी क्षेत्रमा मौरी पालक कृषकहरु भने सरकारी उपेक्षामा परेका छन् ।तेह्रथुमको लाली गुँरास नगरपालिकाका टिका खड्काले केही वर्ष अघि सम्म पालन गर्दै थिए । लामो समयदेखि मौरी पाले पनि प्राविधिक ज्ञान नहुँदा मौरी मर्ने, मौरीले सोचेजस्तो चाका जम्मा गर्न नसक्ने लगायतका समस्या हुन थालेपछि पेशा छाडेर अहिले कपडा व्यापारमा लागेका छन् । उनी भन्छन्, ‘मैले करिब १० बर्ष मौरी पाले, शुरुमा त मौरी पाल्दा धेरै फाइदा भयो, बार्षिक ५० हजारसम्म आम्दानी गर्थे, तर पछिल्लो समयमा मौरी मर्ने, मौरी चर्ने स्थानको कमी लगायतका का
धरान/ दुई वर्ष अघि धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्यौलमा रहेको छ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्य अनुरुप धरानमा पनि २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो । धरान ६ स्थित पानवारीको सेहरा खोला पश्चिम तर्फ औद्योगिक ग्राम बनाउने तयारी थियो । सरकारको निति अनुसार तत्कालिन स्थानीय तहबाट जग्गा उपलब्ध गराएको थियो । सरकारले औद्योगिक ग्राम बनाउन दिएको ९२ लाख रुपैयाको बजेटले जग्गाको संरक्षण गर्न
धरान । बेलबारी घर भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तिन जनालाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जी पुर्पक्षको लागि जेल चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । गत माघ ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा एकजना महिला माथि तीनै जनाले पालैपालो बलात्कार गरेको आरोप छ । मोरङ अ
धरान । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरबाट आतंकित भएका छन् । केही दिन अघि एउटा बहुला कुकुरको टोकाईबाट दुई बालिका शक्त घाइते भएका छन् । रंगेली नगरपालिका ७ बस्ने सन्जय मंण्डलको १२ वर्षिय आचल कुमारी मंण्डललाई गत बिहिवार घरमै बसिरहेको अबस्थामा अचानक बहुला कुकुर घर भित्र छिरेर आक्रमण गर्दे उनको निधार गालामा टोक्दा उनी घाइते भएकी छन् । पुनः सोहि कुकुरले बिनोद मंण्डल की ११ बर्षिय लक्ष्मी मंण्डललाई समेत गालामा कुकुरले टोक्दा घाइते भएकी छन् । अहिले गाउँ घरमा भुसियाको आतंकले गर्दा आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्राहरु लाई जोगाउन हम्मेहम्मे
विराटनगर/ प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।प्रदेश नं. १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारीअनुसार, बिहीबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो । बैठकमा नेपाली
मोरङ । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु-याउनुको साथै जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नम्वर–७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर–१२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाश समेत उत्खनन् गरी घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरी प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै
धरान । सुनसरीको बर्जु गाउँपालिका १ स्थित बुक्डरीको भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय धनिलाल उराव रहेका छन् । बुधवार राती साँढे ९ बजेको समयमा को २८ प ३८०७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उरावको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान । झापाको शिवसताक्षी नगरपालिका ४ मा रहेको माछा पोखरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४९ बर्षीय सन्चरिया ताजपुरिया रहेका छन् । बुधवार बेलुकी आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखे पश्चात् तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।
धरान । सरकारले गत पुष ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै मन्त्रालयबाट कर्मचारी पठाए पछि गिजोलिएको समस्या तत्कालका लागि सर्वोच्चले फुकाईदिएको छ । सर्वोच्च अदालतले बुधबार बहालवाला पदाधिकारीलाई काम गर्न, गराउन आदेश दिएसँगै विगतमा भएको अन्यौलता हटेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनलाई रोक लगाउदै वहालवाला पदाधिकारीलाई काम गर्न÷गराउन आदेश दिएपछि एक महिना देखिको अन्यौलताको अन्त्य भएको छ । पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम गर्न रोक लगा