समाचार

    Showing 511-520 of 10,119 items.
  • वराहक्षेत्र चतरामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा छलफल

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी एकदिवसीय कार्यशाला सम्पन्न भएको छ। स्थानीय तहमा नवीन सोच र रचनात्मक योजना प्रयोग गरी छिटो विकासका सम्भावनाहरू, नयाँ व्यवसाय र परियोजनाबारे सहभागीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यशालाको आयोजना राष्ट्रिय विपद् व्यवस्थापन सञ्जाल नेपाल र महिला सरोकार समाज वराहक्षेत्रले संयुक्त रूपमा गरेका थिए। कार्यक्रम विशेष गरी तमोर करिडोरभित्र पर्ने र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका वडा नं. १ र २ का समुदायलाई केन्द्रमा राखेर सञ्चालन गरिएको महिला सरोकार समाज वराहक्ष

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलुङ भाषा संस्कृति उत्थान संघको नयाँ केन्द्रीय समिति गठन

    धरान/  नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको छैठौं राष्ट्रिय महाधिवेशन यही पुष २६ र २७ गते धरानमा सम्पन्न भएसँगै संघले नयाँ केन्द्रीय नेतृत्व पाएको छ। महाधिवेशनले दौलथ पीदीसै कुलुङको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ। महाधिवेशनपछि बोल्दै नवनिर्वाचित अध्यक्ष कुलुङले कुलुङ समुदाय केवल भाषा वा संस्कार मात्र नभई नेपालभित्र एक मौलिक जातिको रूपमा पहिचान स्थापित गरिसकेको दाबी गरे। “कुलुङ समुदाय नेपालको आदिवासी जनजाति किराँती समुदायअन्तर्गत पर्दछ। हामीले आफ्नो भाषा, संस्कार, संस्कृति, ऐतिहासिक भूगोल र सामाजिक मनोविज्ञानको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय र

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल मोवाइल व्यवसायीको कोशी नेतृत्व तामाङलाई

    धरान/ नेपाल मोवाइल व्यवसायी महासंघ कोशी प्रदेशको नेतृत्व लोकमान तामाङले सम्हाल्ने भएका छन्। आइतबार धरानमा सम्पन्न महासंघको साधारणसभा तथा प्रथम अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज निरौला चयन भएका छन् भने उपाध्यक्षमा मनोज ढकाल जिम्मेवारीमा आएका छन्। महासचिवमा आशिषराज यादव, कोषाध्यक्षमा विमला खतिवडा र सचिवमा गुणराज श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा निकेश कटुवाल, सन्तोष शर्मा, सहदेव खड्का, कृष्णगोपाल निरौला, मनोज खड्का, रामचन्द्र खड्का, अर्जुन बर्देवा, सम्राट शाक्य, दीपक दुलाल, रमेश कटुवाल, रुजन श्रेष्ठ, गणेश

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वितरक संघको अध्यक्षमा विजय मानन्धर निर्वाचित

    धरान/  धरान वितरक संघको २०८२ देखि २०८५ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। संघको हालै सम्पन्न अधिवेशनबाट विजय मानन्धर अध्यक्षमा निर्वाचित भएका हुन्। नयाँ कार्यसमितिमा रामबहादुर श्रेष्ठ र विक्रम शर्मा उपाध्यक्षमा चयन भएका छन् भने प्रकाश विमली सचिव, नगेन्द्र खवास कोषाध्यक्ष र अजयकुमार जयसवाल सह–कोषाध्यक्ष बनेका छन्। त्यसैगरी कविता लिम्बु सह–सचिवको जिम्मेवारीमा चयन भएकी छन्। कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, नसरुद्दिन मियाँ, दिनेश ९दुर्वासा० अधिकारी, चन्दनकुमार गुप्ता र रचना जैन चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष मानन्धरले वितरकहरूको हकहित संरक्षण, व्यवसायि

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 486 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एल.के. विहानीको जन्मोत्सवमा बालकेन्द्रलाई सहयोग

    धरान/ जन्मदिन कसैले भव्य पार्टीमा मनाउँछन् भने कसैले सामाजिक सेवामार्फत समाजमा सकारात्मक सन्देश छर्छन्। धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी(एल के.) ले यस वर्ष आफ्नो जन्मोत्सवलाई मानवीय कार्यमा समर्पित गर्दै उदाहरणीय कार्य गरेका छन्। विहानीले आफ्नो जन्मदिन धरान–१५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरूसँग मनाउँदै केन्द्रलाई झण्डै ३० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका छन्। उनले बालबालिकाका लागि खाद्यान्न, काठका चारवटा कुर्सी, पुस्तक राख्ने ¥याक, किचन टेबल, फिल्टर लगायत आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्। विहानीले विगत वर्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रामाडोलसहित दुई युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित एडिभी खानेपानी ट्याङ्की छेउबाट लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकल जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो। मिति २०८२ साल ०९ महिना २७ गते बिहान करिब ६ः३० बजे गरिएको चेकजाँचका क्रममा मोटरसाइकलमा बोरा भित्र लुकाएर ल्याइँदै गरेको ट्रामाडोल ९ हजार ९ सय १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका–१ निवासी २३ वर्षीय रोशन झा र पछाडि सवार सोही स्थानका १८ वर्षी

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 2,012 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘निर्झर’ कविता सङ्ग्रहको भव्य लोकार्पण

    धरान/ धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कविता सङ्ग्रह ‘निर्झर’ धरानमा भव्य रूपमा लोकार्पण गरिएको छ । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानका अध्यक्ष राजेश विद्रोहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १३ नं. वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले, प्रा.डा. गोपालप्रसाद भण्डारी, डा. जीवनकुमार राई, प्राध्यापक भीम खतिवडा र कवि सुदिप पाख्रिनले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । ३६ वटा कविता समेटिएको ‘निर्झर’ मा प्रेम, देशप्रेम र स्थानप्रेमलाई मुख्य विषय बनाइएको छ । कृतिमाथि परिचर्चा गर्दै प्रा.ड

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारबाट भागेका कैदी कनकाई पुलमा बम राखेपछी पक्राउ

    झापा/  झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा त्रास फैलाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल उर्फ सञ्जय रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार गत पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको थियो। उक्त बमलाई सोही दिन नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो। घटनाको अनुसन्धानका क्रममा खरे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 347 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा निर्वाचनका लागि ३ हजार ५ सय ७८ म्यादी प्रहरीमा खुल्यो भर्ना

    धरान/ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा ३ हजार ५ सय ७८ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन हुने भएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार १ सय ४९ जना र सशस्त्र प्रहरी बलका ४ सय २९ जना गरी कुल ३ हजार ५ सय ७८ म्यादी प्रहरी परिचालन गरिनेछ। म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको हो। सोही अनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी घिमिरेले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेका छन्। सूचनाअनुस

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटरी स्कुलमा ‘ग्राण्ड पेरेंट्स डे’ हुने

    सुनसरी/  सुनसरीकाे इटहरी -६ मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयले यही पुस २९ गते (मंगलबार) विद्यालय प्राङ्गणमा हजुरबुवा–हजुरआमाको आशीर्वाद महोत्सव आयोजना गर्ने भएको छ।  विद्यालयले हजुरबुवा–हजुरआमा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई अनुशासन, नैतिकता र उत्कृष्टता जस्ता जीवनमूल्यलाई पुस्ता–पुस्ताबीच हस्तान्तरण गर्ने शैक्षिक तथा सामाजिक चेतनाको अभियान का रूपमा लिएको जनाएको छ। विद्यालयको शैक्षिक दर्शन अनुशासन, नैतिकता र उत्कृष्टता मा आधारित रहेको छ। विद्यालयका अनुसार जेष्ठ नागरिकको आशिर्वाद, अनुभव र मार्गदर्शन बिना साँचो शिक्षा पूर्ण हुन

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved