धरानमा नाबालककै कोठाबाट २५५० लागूऔषध बरामद, एक वयस्कसहित नियन्त्रणमा

  • वैशाख २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उप–महानगरपालिका–५ सुन्दर बस्तीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठुलो परिमाणमा लागूऔषध बरामद भएको छ।

मंगलबार राति करिब ९:२० बजे अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको संयुक्त टोलीले एक १४ वर्षीय नाबालकको कोठामा खानतलासी गर्दा TRAMADOL १२०० क्याप्सुल र  SPASPAN १३५० ट्याब्लेट फेला पारेको हो।

बरामद लागूऔषधको कुल संख्या २५५० पिस रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उक्त नाबालकसहित सोही कोठामा रहेका ३५ वर्षीय हरि बहादुर बि।कलाई नियन्त्रणमा लिएको छ।

दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।

नाबालक नै लागूऔषध कारोबारमा संलग्न भेटिनुले समाजमा बढ्दो जोखिमतर्फ गम्भीर संकेत गरेको देखिन्छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved