समाचार

    Showing 5,171-5,180 of 8,597 items.
  • खेलाडी उत्पादनमा उपमहानगरपालिकाको जोड

    धरान । धरान उपमहानगरपालिकाले खेलाडी उत्पादनमा जोड दिदै आएको छ । ग्रास रुटबाट नै खेलाडी उत्पादन गर्ने अभिप्रायले बालबालिकालाई फुटखेलको प्रशिक्षण शनिवारबाट शुरु गरेको छ । गत बर्षबाट नै शुरु गरेको यो अभियानमा यो बर्ष समेत शनिवारबाट प्रशिक्षण शुरु गरिएको हो । कोरोना संक्रमणका कारण समयमै हुन नसकेको प्रशिक्षण असारसम्म गरिने जनाइएको छ । खेलकुद विकास समिति सदस्य तथा प्रशिक्षण कार्यक्रम संयोजक सतिस केसीले जानकारी दिए । उनका अनुसार गत जेष्ठ महिनामै आयोजना गर्नुपर्ने कार्यक्रम फागुनबाट मात्र शुरु गरिएको बताए । उनले भने–‘कोरोना संक्रमणका कारण जेष्ठ हुनुपर्ने कार्यक्रम फागुनमा सरेको हो, अबदे

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्मार्ट बसपार्कले गति लियो

    धरान । करिब दुई दशक देखि विवादित बनेको धरानको स्मार्ट बसपार्कको निर्माणले गति लिएको छ । विवाद साम्य भएपछि बसपार्कको निर्माण कार्यको पहिलो चरण तिब्र गतिमा अघि बढेको हो । डिपिआर अनुसार बसपार्कलाई स्मार्ट बसपार्क बनाउने योजना अनुसार काम अघि बढेको छ । बसपार्कका लागि भुइ सतहमा ढलाइ हुदैछ भने चारकोशे जंगल हुँदै जाने मदन भण्डारी राजमार्ग जोड्नका लागि सडक तथा ड्रेनको काम समेत भइरहेको छ । समयमै बसपार्क निर्माण सम्पन्न गर्न दैनिक ४० देखि ५० जना मजदुरहरु खटिएका छन् । तिन वर्ष भित्रमा स्मार्ट बसपार्क निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ । धरानको भानुचोकमा रहेको बसपार्क साघुँरो हँुदै गए पछि

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,615 पटक पढिएको
    • "सन्देश तिमिल्सीना"
  • शनिबार धरान र बराहमा दिनभर बिजुली अवरुद्ध हुने

    धरान/ शनिवार (भोली) धरान उपमहानगरपालिका र बराहक्षेत्रको वडा नं १ र २ मा दिनभर बिजुली अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले भोली बिहान करिब ९ घण्टा लाइन अवरुद्ध हुनेछ । निर्धारित समय अगावै काम सम्पन्न भएमा साँझ५ बजे अगावै विद्युत सुचारु हुुने केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दकपुरको २० वर्षे पर्यटन गुरुयोजना

    धरान  । तेस्रो मुलकका २ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने इलामको गाउँपालिकाले २० वर्षे गुरुयोजना निर्माणको काम शुरु गरेको छ । पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको हो । तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको हो । सन्दकपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र पर्यटन विज्ञको प्रत्यक्ष सहभागितामा गुरुयोजना निर्माण थालिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । गुरुयोजनामा गाउँपालिका भित्रका पर्यटकी

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दोषी भए सजाय भोग्न तयार छु’

    धरान । बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँको दमौली प्रहरी कार्यालयमा उजुरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मी व्यक्तिहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ । उनले लेखेका छन्, ‘अडियो क्लिपमा समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।’ पलले अडियो रेकर्डसहित दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 615 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को नाममा शेर्पा जोड्न माग

    धरान । प्रदेश एक सरकारले नामाकरणका लागि सर्वदलिय सहजिकरण गरिरहेका बेला नेपाल शेर्पा संघले शेर्पालुङ–किरात–मधेश–लिम्बुवान नामकारण गर्न माग गरेको छ । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित पुगेको टोलीले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षम

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संचार विधेयक ल्याउने तयारी: ‘पत्रकारको हितमा छैन्’

    मोरङ/ प्रदेश एक सरकारले आउँदो फागुन १५ गते देखि शुरु हुने अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउने तयारी गरेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल समेत भएको छ । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बन्धन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको प्रदेश सरकारले दाबी गरेको छ । छलफलका क्रममा सरक

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भुमि आयोगको काम झन्झटिलो: ‘नो लालपूर्जा नो भोट’

    धरान/ फास्ट ट्रयाकबाट धनीपूर्जा वितरणको माग राख्दै सुकुम्बासीहरुले अहिले ‘नो लालपूर्जा नो भोट’ अभियान देशै भरी संचालन गरेका छन् । उनीहरुले स्थानीय चुनाव अगावै सुकुम्बासीहरुलाई ‘फास्ट ट्रयाक’ बाट धनी पूर्जा वितरण नगरिए स्थानीय निर्वाचनमा भाग नलिने भन्दै देशका विभिन्न स्थानीय तहहरुमा ज्ञापनपत्र नै बुझाएका छन् ।सुकुम्बासीको हक हितमा काम गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले फास्टट्रयाकबाट लालपूर्जा वितरणको माग राख्दै स्थानीय चुनावभन्दा अगाडि भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण नगरे निर्वाचनमा भाग नै नलिने चेतावनी समेत दिएका छन । बुधबार समाजले सुन्दर हरैचा नग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,063 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मधेस प्रदेशमा दलितको अवस्था: बढ्दो हत्या र बलात्कार

    धरान/ देशकै सबै भन्दा धेरै दलित समुदायको जनसंख्या रहेको मधेश प्रदेशमा वर्षेनी दलित समुदाय माथि हुने विभेदका घटना बढ्दै गएको छ । मधेश प्रदेशमा जातीय भेदभाव तथा छुवाछुतका घटना बढी हुने गरेको एक अध्ययनले देखाएको छ । केही दिन अघि इन्सेक नेपालले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष २०२२ का अनुसार वर्षेनी अधिकार हनन्का घटनाहरुमा कुनै कमि आउन सकेको छैन् । पुस्तकका अनुसार पछिल्लो चार वर्षमा दलित समुदायका ६२ जनाको हत्या भएको छ भने २ सय ४९ जना माथि बलात्कार भएको छ । तथ्यांक अनुसार सन २०१८ मा मधेश प्रदेशमा ११ जनाको हत्या भएको थियो भने सन २०२१ मा ११ जनाकै हत्या भएको छ । सबै भन्दा बढी सन २०२० र २०१

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,650 पटक पढिएको
    • "दिनेश गजमेर"
  • पानीमा डुबेर बालकको मृत्यु

    धरान । मोरङको जहदा गाऊपालिका ७ सिरसिया बस्ने महेश हस्दाको ३० महिनाका छोरा रबिन हस्दाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । बुधबार दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस भएको अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेकोमा घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved