समाचार

    Showing 5,111-5,120 of 8,596 items.
  • धरान १४ का खेलाडीलाई सहयोग

    धरान/ खेलाडीको प्रोत्साहनका लागि धरान १४ का खेलाडीहरुलाई ज्योति विकास बैंक धरान शाखाले नगद ६५ हजार सहयोग गरेको छ ।खेलाडीहरुको वृत्ति विकासका सहयोग पुगोस् भन्ने उद्देश्यले विकास बैंकका शाखा अधिकृत प्रकाश साहले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नगद हस्तान्तर गरेका हुन् । स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बेला अन्य क्षेत्रबाट पनि सहयोग उपलब्ध हुदा खेलाडीको खेल स्तर बढाउन सहयोग पुग्ने वडाध्यक्ष भट्टराईले बताए । उनले भने–‘स्थानीय सरकारले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न लागिरहेको अवस्थामा अन्य क्षेत्रबाट पनि खेलकुदको विकासका लागि सहयोग गर्दा सहज हुन्छ, आगामी दिनमा पनि सहय

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्दिरमा चढाएको परेवा व्यवस्थापन भएन

    धरान  l कोरोना सहज हुदै गएपछि धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा पूजाआजा गर्ने र भाकल गरेको परेवा उडाउनेको संख्या बढ्दै गएको छ । तर त्यहा चढाएको परेवाको व्यवस्थान नहुदा परेका मर्ने, सर्वसाधारणले मारेर् खाने लगायतका समस्या हुने गरेपछि मन्दिरकै लागि चढाएको परेवा घाडो हुने गरेको छ । नेपालकै शक्तिपिठमध्ये एक दन्तकाली मन्दिरमा विशेष गरी धरान लगायत भारतका विभिन्न स्थानबाट भाकल गरेकाहरुले परेका उडाउने गरेका छन् । परेवा उडाउदा आफूले भाकल गरेको कुरा पूरा हुने विश्वास लिइएको छ । दैनिक परेवा उडाउनेको संख्या भएपनि मन्दिरले परेवा व्यवस्थापनमा खोर निर्माणदेखि चारो दिने व्यवस्था नगर्दा कतिपय पर

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किर्ते अभियोगमा वडाध्यक्ष, मालपोत कार्यालयका कर्मचारी पक्राउ

    धरान ।  पछिल्लो समय अगुवाहरु नै जालसाजी र भ्रष्ट मानसिकता भएको पाइएको छ । त्यसमा पनि स्थानीय जनप्रतिनिधि तथा जिम्मेवार सरकारी कार्यालयका कर्मचारी समेत यस्तो किर्ते काममा लागेको पाइएको छ । पछिल्लो समयमा अर्कैको जग्गा जग्गा कीर्ते गरेको आरोपमा संखुवासभामा एमालेबाट निर्वाचित वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रक्राउ पर्नेमा ३५ को वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी–१ घर भई मालपोत कार्यालय खाँदबारीमा कार्यरत् नायब सुब्बा वर्ष ५१ का महेन्द्रकुमार पराजुली, मकालु गाउ“पालिका ४ घर भई लेखापडी व्यवसाय गर्दै आएका वर्ष ३५ को अनिष गुरुङ, वर्ष ३०

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘राज्यले दुर्घटना न्यूनिकरणका विषयमा केही सोचेकै छैन’

    धरान । लामो समयदेखि यातायात क्षेत्रका काम गर्दै आउनु भएका हिरा उदासले ग्रामीण पहाडी क्षेत्रमा दुर्घटना बढ्नुमा अवैज्ञानिक ढंगले निर्माण भएका बाटो मुख्य कारक भएको बताएका छन् । दुई दशक लामो समयसम्म पूर्वाञ्चल यातायात व्यवसायी संघको अध्यक्ष भएर काम गरेका र हाल संरक्षक रहेका उदासले गाउ गाउमा सहरी साधन पु¥याउदा विकासले तिब्रता पाएको मान्ने सघीय, प्रदेश सरकारको मान्यता र राजनीतिक दलहरुले पनि जस लिनकै लागि बाटोको मान्यता पूरा नगरी सञ्चालन गरेकाले दुर्घटना बढेको तर्क राख्छन् । उनी भन्छन्–‘गोरेटो बाटो खोस्रेर जेभिसीले कोट्याएकै भरमा सडकको अवस्था, घुम्तीको अवस्था, यात्रुवाहक बसको क्षमत

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटक स्थल बन्दै इलामको कन्याम

    धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,375 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दुर्घटनाको कारण तिब्र गति’

    धरान । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जनाको घट्नास्थलमै र एकजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने १५ जनाकै सनाखत भइसकेको छ । बस ब्रेकफेल भएर दुर्घटना भएको घाइतेको भनाई उदृत गर्दै घाइतेका आफन्तहरुले बताएका छन् । तर प्रहरीले भने यसलाई पुष्टि गरेको छैन । प्रहरील भने तिब्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रवक्ता सुमन तिम्सिनाले बताए । उनले भने–‘दुर्घटना हुनुमा कच्ची सडक र तीब्र गतिमा चलाइएको ब

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो, हेलिकप्टरबाट धरान ल्याइएकी युकाको मृत्यु

    धरान/ संखुवासभाको मादि ६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने थप उपचारकालागी धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका ५ मध्ये ३० वर्षीय युका पोखरेल प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेक

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,321 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा बस दुर्घटनाः घाइते ५ जनालाई हेलिकप्टरबाट धरान ल्याइयो (तस्वीर सहित)

    धरान/ संखुवासभा ६ स्थित सातघुम्तीमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई धरान ल्याइएको छ । गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । दुर्घटनामा परि १४ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका थिए । मृतक मध्ये १० जनाको सनाखत भइसेको प्रहरीले जनाएको छ ।   संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 2,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई दिनमा पाँच कालोपत्रे सडक उदघाटन

    धरान । वहुवर्षे योजना अन्र्तगतका सडकहरु कालोपत्रे गरि इटहरीमा दुई दिनमा पाँच वटा सडक उदघाटन गरिएको छ । बुधबार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १ सय ४१ वर्ष सम्म वाँचेका नेपालकै जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोडने वीरनारायण माझी मार्ग उदघाटन गरे । बुधबार नै वडा नम्वर १० टावर देखि आमझोकी सम्मको करिव ८ किलोमिटर सडक उदघाटन गरेका हुन् । र्नुभयो । मंगलबार आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २० को तरहरा जोडने सडक ६ दशमलव १ किलोमिटर सडक, वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा स

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,128 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा बस दुर्घटनाः मृतक १४ मध्ये १० को पहिचान खुल्यो

    धरान । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्युभएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षकी उमेश भट्टराइ रहेका छन् । त्यस्तै, मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मादी नगरपालिका–५ का ४५ वर्ष

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,219 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved