समाचार

    Showing 5,021-5,030 of 8,594 items.
  • सुनसरीमा एमालेको चुनाव लक्षित आमसभा

    धरान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले सुनसरीले वृहत आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत ३० गते इनरुवामा वृहत आमसभा गर्ने भएको छ । आमसभामा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने भएको विहिबार पत्रकार गरि एमाले जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले बताए । स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाले निर्वाचन लक्षित आम सभाको तयारी गरेको भण्डारीले बताए । भण्डारीका अनुसार स्था

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा फोहोरबाट मोहर

    धरान । इटहरीको फोहोर व्यवस्थापनको चुनौती हटेको छ । फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याए पछि इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ । अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्र मार्फत प्रत्येक दिन ८ सय केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्वर १० मा निर्माण गरिएको केन्द्रको बिहिबार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा आएको हो । केन्द्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छली बढ्दो : धरानका व्यापारीको संलग्नता

    धरान । पछिल्लो समय भारतबाट अनाधिकृत रुपमा भन्सार छली गरी व्यापारीहरुले सामानहरु भित्र्याउने गरेको पाइएको छ । धरानका एक व्यापारीको पसलमा इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले तस्करी गरि ल्याइएको चिनी बरामद गरी गोदाम शिल गरे पछि भन्सार छली गरि सामानहरु भित्र्याउने गरेको पुष्टि भएको छ । भारतसंग सीमाना जोडिएको भन्सार कार्यालयकै आखा छलेर राजस्व छली गरेर ल्याइएको पाइएको छ । गोप्य सूचनाको आधारमा कार्यालयले धरानका व्यापारीहरुबाट ५६ बोरा चिनी बरामद गरेको हो । शुक्रबार अनुसन्धान कार्यालयका कर्मचारीहरुले धरान १२ स्थित गुप्ता किराना पसल, धरान १ छाताचौकस्थित ओम शान्ति, धरान १ सिद्धिचरण मार्गस्थित क्वाल

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 1,537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रीय हुदै राष्ट्रिय सेवा दल

    धरान । कोभिड १९ महामारीले नेपाली सेनाले विद्यार्थीलाई लक्षित गरी प्रत्येक बर्ष गराउदै आएको जुनियर डिभिजन तालिम समेत यस बर्ष प्रभावित बनेको छ । विगतमा देशभरिका विद्यालय समावेश गरी १ सय दिने गरिएको तालिम यस बर्ष घटाएर ५१ दिनमा झारिएको हो । नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरेपछि विद्यार्थी लक्षित तालिमको आयोजना गर्दै आइरहेको छ । तर यस बर्ष विद्यार्थीको संख्यामा कमी नभए पनि १ सय दिनको तालिमलाई ५१ दिनमात्र बनाइएको हो । कालीबक्स गण याङशिलाका सेनानी विमल केसीले कोरोनाले नियमित गर्दै आएको जुनियर डिभिजन तालिम कोरोनाकै कारण प्रभावित भएको बताए । उनले भने, ‘कोरानाले कार्यक्रमलाई ठूलो प्रभाव प

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

    धरान । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन्द्र

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्न माग

    धरान । नेपाल बसोबास बस्ती संरक्षण समाज (नेपाल बसोबास)ले १० बुँदे इटहरी घोषणा पत्र २०७८ जारी गर्दै राज्यबाट उठिबास गरेकाहरुलाई क्षतिपुर्ति सहित पुनर्बास गरिनुपर्ने माग गरेका छन् । हात हातमा लालपुर्जा दिएर सुकुम्बासी मुक्त इटहरी नगर घोषणा गर्न माग गर्दै समाजले बुधबार इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई घोषणा पत्र बुझाएको छ । नाराबाजी गर्दै ¥याली सहित उपमहानगरपालिका परिषरमा पुगेका सुकुम्बासीहरुलाई प्रवेश गर्न रोक लगाएको थियो । उनीहरुले जबरजस्ती गेट खोलेर नगरप्रमुख चौधरीको कार्यकक्षमै पुगेका थिए । घोषणा पत्र बुझाउँदै समाजले सुकुम्बासी क्षेत्रमा हुने प्राकृतिक विनासको नियन्त्रण

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपत्तिको सामाना गर्न विद्यार्थीलाई शिक्षा

    धरान । दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विद्यार्थीहरुलाई जानकारी दिंदै एकदिने विपद जोखिम न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । इटहरी–६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अधययनरत एकसय जना भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो । सशस्त्र प्रहरी बल एक नम्बर, बराह बाहिनी पकलीले सहजीकरण गरेको कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने वि

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,384 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान इटहरी सडक : धुलोले स्वास्थ्यमा गम्भिर समस्या

    धरान । सडक निर्माणका कारण धरानदेखि तरहरासम्मको बाटोमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । मोरङको विराटनगरदेखि संखुवासभाको किमाथांका जोड्ने ६ लेनको बाटो निर्माणको गर्ने क्रममा धरान इटहरी खण्डको चारकोशे झाडीमा निर्माण ढिलाई हुँदा जोखिम पनि बढ्दै गएको हो । कोशी राजमार्ग बिस्तार गर्ने क्रम चलिरहेको छ तर सवारीको चापलाई व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो । राजमार्गमा दैनिक सयौंको संख्यामा ठुला तथा साना सवारी साधन चल्ने गर्दछन् । सुख्खा मौसममा सवारी साधनले उडाएको धुलोका कारण सवारी चालकले बाटो नै देख्दैनन् । बर्षाद्मा हिलोले सावरी साधन डुब्ने र सुख्खा मौसममा धुलोका कारण बाटो ठम्य

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,161 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

    मोरङ/ नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूर्योदय बालमैत्री घोषणा, अपाङ्गमैत्रीमा ध्यानै पुगेन

    धरान । इलामको सूर्योदय नगरपालिकाले दुई वटा वडालाई वालमैत्री वडा घोषणा गरेको छ । सूर्योदय नगरपालिकाको नौ र दश नम्बर वडालाई वाल मैत्री घोषणा गरेको हो । सूर्योदय नगर, पर्यटकीय सहर वालमैत्री बनाउने नगरवासीको रहर भन्ने नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषण गरेको हो । सूर्योदय नगरपालिकाले अव छिट्टै सिङ्गो नगरपालिकालाई वालमैत्री घोषणा गर्ने तयारीमा रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । उनले नगरपालिकाले वालमैत्री वडा घोषणा कार्यक्रममा जनप्रतिनिधि उपस्थित नहुनु दुःखद रहेको भन्दै कार्यक्रममै उपस्थित नहुनु गैर जिम्मेवार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 748 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved