धरान । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेष्ठ ५ गतेभित्र सम्पूर्ण मतदान सम्पन्न गर्न निर्देशन दिएका छन् । आयुक्त थपलियाले धरानमा रहेको निर्वाचन अधिकृत कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन । उनले मत गणनाका लागि चाहिने जनशक्ति लगायतका कुरा आयोगले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै निर्वाचन आयुक्तद्वारा मतगणनाको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन दिएका छन् । उनले भने–‘जेष्ठ ५ गतेसम्म मत गणना सम्पन्न गर्नुपर्छ नत्र सैवधानिक सकट हुन सक्छ ।’ उनजले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बताउदै धरानका निर्वाचन
मोरङ । शनिवारदेखी रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको मतगणना पुनः शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार दलहरुसँगको सर्वदलीय बैठक पश्चात मतगणना शुरु गरिएको हो । उनका अनुसार रोकिएको ३ नं. वडाको गणनालाई निरन्तरता दिइँदैछ । सोमबरा नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया रंगेली पुगेर गणना प्रक्रिया चाँडो शुरु गर्न निर्देशन दिएका थिए । शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गर
धरान/ धरानको वडा नं ८ को पहिलो चरणको २ सय मतगणना गर्दा मेयरमा हर्क साम्पाङले अग्रता लिएका छन् भने वडाध्यक्षमा एमालेका धन बहादुर राईले अग्रता कायम गरेका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मेयरमा साम्पाङले ७४ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६८ मत पाएकी छिन् । गबठन्धनका उम्मेद्वार किशोर राईले २७ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयर एमाले उम्मेद्वार पदम इस्वोले ८३ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्र बेघाले ४९ मत पाएका छन् । यसैगरि, २ सय मतगणना हुँदा वडाअध्यक्ष एमालेका उम्मेद्वार धनबहादुर राई १सय २ मत पाएर अगाडि छन् । कांग्रेसका उम्मेद्वार उत
धरान / धरान ६ नम्बर वडाको २ हजार मतगणना गर्दा मेयरमा एमालेकी मञ्जु भण्डारीले अग्रता लिएकी छिन् भने वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार मेयरमा मञ्जु भण्डारीले ६ सय १८ मत प्राप्त गर्दा गठबन्धनका किशोर राईले २ सय ८३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४ सय ८३ मत पाएका हुन् । यस्तै उपमेयरमा एमालेका पदम लिम्बुले ६ सय ६७ मत प्राप्त गर्दा गठबन्धनका अइन्द्र बिक्रम बेघाले २ सय ८८ मत प्राप्त गरेका छन् । यता वडाध्यक्ष तर्फ भने स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । उ
मोरङ/ शनिवारदेखी स्थगित रंगेलीको मतगणना सूचारु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको जनाकारी प्राप्त भएको छ । रंगेलीका प्रमुख निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार अहिले सर्वदलयी बैठक बसिरहेको हो । उनका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले छलफल मार्फत समस्या समाधन गरि त्तकाल मतगणना शुरु गर्न निर्देशन दिएसँगै सर्वदलीय बैठक बसेको हो । काफ्लेले भने,“ प्रमुख आयुक्त ज्यु बाट स्पष्ट निर्देशन आएको छ पुनः निर्वाचन हुँदैन मतगणना तुरुन्त सुरु गर्ने भन्ने सोही अनुसार हामी मतगणना सुरु गर्न बैठक बसिरहेका छौं, अब गणना सुरु हुन्छ ।”
मोरङ/ शनिवार रातिदेखि स्थगित भएको रंगेली मतगणना अझै सम्म सुचार हुन सकेको छैन् । मतगणनामा धाँधली गर्न मतपेटिका फोरिएको आरोप लगाउँदै गठबन्धनका दलहरुले विरोध जनाएसँगै शनिवार रातिदेखी मतगणना रोकिएको हो । एमालेबाट मेयरको उम्मेद्वार बनेका दिलिप बगडियाले स्वतन्त्र उमेदवारको नाममा मतगणना प्रक्रियामा धेरै प्रतिनिधि राख्ने कार्य गरिएको भन्दै विरोध जनाएका थिए । नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बगडियाले आफूहरुको एकमात्र माग मतगणना सूचारु गर्नु भन्ने रहेको बताउँदै भने,“गठबन्धनका उमेदवारले हार्ने प्रस्ट भएपछि राति नै होहल्ला गरी मतगणना बन्द गराइएको छ । छलफल गरे पनि पुनः निर्वाचन गराउनुपर्ने माग
मोरङ/ विवादक कारण शनिवारदेखी मतगणना स्थगित भएको मोरङमा पुनः निर्वाचन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । सोमबार मतगणना स्थलको अनुगमनमो क्रममा विराटनगरस्थित आर्दश मा वि आएका थपलियाले पुनःल् निर्वाचन नहुने मतगणना हुने बताएका हुन् । ‘मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिने छन्। रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ। मतगणना सुरू हुन्छ पुनः निर्वाचन होइन,’ उनले भने। थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि
धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार बनेको जितेन्द्र रुम्दाली विजयी बनेका छन् । निकटतम प्रतिद्वन्दी एमालेका कुमार जंग याख्खालाई १ हजार ५ सय ७१ मतान्तरले पराजित गर्दै गठबन्धनका रुम्दाली विजयी भएका हुन् । जितेन्द्रले ६ हजार ३ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका कुमारजंग याख्खाले ४ हजार ८२८ मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राईले जित हासिल गरेकी छिन् । राईले गठबन्धनका उपाध्यक्ष उम्मेदवार जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई ५ सय १४ मतले हराउँदै जित हासिल गरेकी छन् । लावतीले ४ हजार १३
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजय भएको छन् । एमालेका तर्फबाट उम्मदेव्वार बनेका शुशिल बुढाथोकी १ हजार ८ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५ सय ६० मतको अन्तरले पछि पार्दै वियजी भएका हुन् । त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १ हजार ७ सय ६२, दलित महिला सदस्य किना ऋषिदेव १ हजार ७ सय ७४, खुल्ला पहिलो सदस्य केशव दाहल १ हजार ६ सय ९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १ हजार ६ सय ३९ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् । त्यसैगरी एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले
धरान । धरान उपमहानगरपालिकाको विहानसम्म १० हजार १ सय ४८ मत गणना हुदाँ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार किशोर राईसँग एमाले उम्मद्वार मञ्जु भण्डारी मतान्तर घटाएकी छिन् । सुरुवाती गणनामा काँग्रेसका उम्मद्वार अग्र स्थानमा रहँदा स्वतन्त्र उम्मद्वार हर्क साम्पाङ दोस्रो स्थानमा रहेका थिए भने मञ्जु भण्डारी तेस्रो स्थानबाट पच्छ्याइरहेकी थिइन् । वडा नं. ४ देखी मतान्तर घटाउँदै मञ्जुले दोस्रो स्थानमा आइपुगेकी हुन् । मेयरमा कांग्रेसका किशोर राईले ३हजार ३ सय २२ ल्याउँदा नेकपा एमालेकी मञ्जु भण्डारीले २ हजार ५ सय ३ मत प्राप्त गरेकि छिन् भने स्वतन्त उम्मेद्वार हर्क साम्पाङले २ हजार २ सय ९५ मत प्राप्त