धरान । माग पूरा पुरा गराउन विराटनगर विमानस्थल पीडत सघर्ष समितिले दिएको सात दिने अल्टिमेटम पूरा नभएपनि संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । संघर्ष समितिले पहिलो चरणको आन्दोलन अन्र्गत जिल प्रशासन कार्यालय मोरङ र प्रदेश १ मुख्य मन्त्रीको कार्यालयलाई सात दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो । अल्टिमेटम दिएको एक हप्ता वितिसक्दा पनि माग पूरा नभएपछि उनीहरुले सोमबार दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् । संघर्ष समितिका संयोजक वेदराज पौड्यालले सात दिनको अल्टिमेटम दिएको विषयमा सातदिनको अल्टिमेटम दिए पनि पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा सरोकारवालाह
धरान । मोरङको बेलबारी ११ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटनाहुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । सोमबार दिउँसो सवा १२ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी १० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे ६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्र
धरान । तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र ‘अभियान’ चाँडै रिलिज हुने भएको छ। चलचित्रको पोष्ट प्रोडक्सन कोशी भिजन फिल्मस् प्रा.लि. इटहरीले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो । नेपाली कथानक चलचित्र ‘अभियान’का लेखक÷निर्देशक लाखमान तामाङले फिल्मको छायांकन लगायतको सम्पूर्ण काम सकिएको भन्दै पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरेका छन्। उनले अभियान चलचित्रको मुख्य छायांकन धनकुटाको उत्तरपानी बजारमा गरिएको बताए। उत्तरपानीमा ९० प्रतिशत तामाङहरुको मात्र बसोबास रहेकोले त्यहाँ छायांकन गरिएको उनले बताए । त्यसैगरी सो
धरान । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई सान्त्वना भएका थिए । त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात
धरान । हरेक जातजातिको आ आफ्नै संस्कृति परम्परा हुन्छ । तर पछिल्लो समय पुस्तौदेखि परम्परागत रुपमा चल्दै आएको संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप हुदै जाने क्रम बढ्दै गएको छ । ब्राम्हण तथा क्षेत्रीहरुको परम्परागत संस्कृतिको रुपमा रहेको बालन तथा संगीनी नाच पछिल्लो समय करिब करिब विस्थापित हुने क्रममा छ । विगतमा पहाडी क्षेत्रलगायत क्षेत्री, ब्राह्मणको बाक्लो बसोवास रहेका गाउँघरमा धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा विवाह व्रतबन्धमा बालन नाच तथा संगीनी नाच प्रचलन थियो । तर पछिल्लो पुस्ता आधुनिकतातर्फ ढल्किदै गएपछि अहिले यस्ता परम्पारगत संस्कृति लोप हुदै गएको छ । यसैलाई मध्यनजर गरी ब
धरान । प्रदेश १ सरकारले ज्येष्ठ नागरिक, अपांगता र विद्यार्थीलाई सवारी भाडामा छुट दिने व्यवस्था गरेका सवारी साधनको हकमा करमा ६० प्रतिशत छुट दिने निर्णय गरेको छ । बजेटमार्फत सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियतको रुपमा बस, मिनिबस तथा माइक्रोबसका सार्वजनिक सवारी साधनले भाडामा छुट गरिदिएवापत सवारी साधनको करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो । प्रदेश सरकारले यो संगै सवारी साधन सञ्चालनमा अन्य सुविधाहरु समेत दिएको छ । सवारी साधनका धनीले ५ वर्षसम्मको एकमुष्ट अग्रीम सवारी साधन कर बुझाएर नवीकरण गरेको खण्डमा १० प्रतिशत छुट, १० बर्षदेखि कर नतिरेका तर २० बर्ष अवधि नप
धरान । बर्खा लागेसँगै सप्तकोशी नदी छेउछउमा बस्नेहरुलाई निद्रा लाग्न छोडेको छ । २०६५ साल भदौ २ गते कोशी नदीले तटबन्ध भत्काएर ठूलो धजनजनको क्षति भएको थियो । त्यही नियति नहोस् भनेर बर्षाद्को समयमा उनीहरु सतर्क हुने गर्छन्, नदीको बहाव बढ्न थालेसँगै उनीहरुले विभिन्न उपाय अवलम्बन गर्ने गर्छन् । सप्तकोशी किनारामा बस्नेहरु बर्षाद् लागेसँगै कोशीले कटान गरेर क्षति पु¥याउने हो भन्ने त्रासमा हुन्छन् । हिउदमा चयनको निन्द्रा लागेपछि बर्षा शुरु भएपछि उनीहरुको छट्पटाहट शुरु हुन्छ, राती राम्ररी निदाउदैनन् । अझ सामाजिक सञ्चाल,समाचार माध्यमहरुले फैल्याएको अनर्गल हल्लाले उनीहरुको मनोवल गिराउने काम गरेको उनीह
धरान । विराटनगरमा भएको दुई दिने भारतीय शैक्षिक मेला सकिएको छ । दुई हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गर्दै दुई दिने शैक्षिक मेला शनिबार सकिएको हो । शैक्षिक मेलामा भारतको नाम चलेको कलेज र विश्वविद्यालयहरू गरि ४० वटा कलेजहरूको सहभागिता रहेको नलेज टेवर्कका एमडी विकास त्रिवेदीले जानकारी दिए । नाम चलेका कलेजका प्रतिनिधीहरू स्थानिय स्थरमा प्रत्यक्ष रूपमा सहभागि भएर विद्यार्थीहरूले आफ्नो रोजाइ अनुसारको विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जानकारी लिएको उनले बताए । ‘एउटै छानामुनी भारतको नाम चलेका कलेजका विद्यालयमा आफुलाई मनपर्ने विषयमा जानकारी दिन हामीले शैक्षिक मेला आयोजना गरिएको हो,
धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । कोइरालाले महानगरपालिकाको कार्यालयमै बोलाएर निर्माण व्यवसायी र हुलाकी सडक निर्माण कार्यालयका प्रमुखलाई तत्काल कालोपत्रे गर्न निर्देशन दिएका हुन् । “निर्माण ढिलाइ हुँदा जनतालाई धेरै नै दुःख भयो,” मेयर कोइरालाले भने, “मलाई अरु थाहा छैन तपाईंहरुले चाँदनीचोक छेउको गणेशचोकदेखि केशलिया खोलास
धरान । वडाबासीका स्वास्थ्यका लागि धरान उपमहानगरपालिका वडा नं. १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको छ । नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा इटहरी आखा अस्पतालको सहयोगमा निशुल्क आखा शिविर एवम् चश्चा वितरण कार्यक्रमको आयोजना गरेको हो । वडामा रहेका दीर्घरोगी तथा अन्य आखाका समस्या भएकालाई लक्षित गरी धरान १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको जनाइएको छ । विगतदेखि नै विभिन्न संघ संस्थासंग समन्वय गरेर विभिन्न प्रकारका निशुल्कस्वास्थ्य शिविको आयोजना गर्दै आएको वडाले निर्वाचित भएर आएपछि भने आखाका समस्या भएका सर्वसाधारणलाई लक्षित गरी आखाको शिविरको आयोजना गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रस