धरान । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । शनिबार बसेको १० औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आयस्रोत कमजोर हुँदा विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट आर्थिक वर्ष ०७८÷७९ कोभन्दा १५ प्रतिशतले कम बजेट सार्वजनिक गरेको थियो । शनिबार बसेको बैठकमा मेयर नागेश कोइरालाको अनुमतिले उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोज
धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन । आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन । पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अम
धरान । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एक स्थानीयको खाटमुनि अजिंगर भेटिएको छ । करिब ५ मिटर लम्बाई भएको सो अजिंगर डिकुवाको छोम्पाङस्थित एक स्थानीयको घरमा खाटमुनि बेरिएको अवस्थामा फेला परेको हो । स्थानीय स्थानीय रमेश राईका अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टामा बेरिइरहेको अवस्थामा अजिंगरर भेटिएको थियो । मानिसले देखेपछि केही समयसम्म पनि अजिगर कतै नगएपछि स्थानीयले पूजा गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छोडिदिएको राईले बताए । उनले भने–‘अजिगर प्राय ः गरेर जगल वा नदी तथा पोखरीका घासे मैदानमा भेटिने गरिएको छ, तर यो चाहिँ घरको खाटकाो खुट्टामा बेरिएको
धरान । यहाँ आयोजित विचार गोष्ठीका वक्ताहरूले बढ्दो राजनीतिक हस्तक्षेपका कारण त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्तर दिनदिनै खस्कँदै गएको धारणा व्यक्त गरेका छन् । त्रिवि प्राध्यापक सङ्घको महेन्द्र बहुमुखी एकाइ समितिले ६४ औँ त्रिवि दिवसको अवसरमा शुक्रबार आयोजना गरेको विचार गोष्ठीका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । प्राज्ञिक स्तर जोगाउन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा सबै वक्ताहरूको जोड थियो । प्राध्यापकहरूको नियुक्ति र बढुवाको आधार अध्ययन–अनुसन्धानलाई बनाइनुपर्ने धारणा राख्दै वक्ताहरूले राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालयको प्राज्ञिक उन्नयन हुन नसकेको
धरान । संखुवासभाको चैनपुर नगरपालिका(१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् । शुक्रबार दिउँसो १ बजे मलामी बोकी पिलुवा खोलामा गई दाहा सस्कार गरी फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्रयाक्टर सडक साईडमा पल्टी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर १० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर ९ का ४६ बर्षीय केशब कार्कीको मृत्यू भएको हो । ट्रयाक्टर चालक मोहन कुमार तामाङलाई प्रहरीले निय
धरान । झापाको कन्काई नगरपालिका ३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ९ बजे मे १त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार रहेकि कन्काई नगरपालिका ३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको बताएको छ ।
धरान । भारतबाट भन्सार छली ल्याएएको लत्ता कपडा मोरङ प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपाल भारत सीमा नाकामा कडाइ गरेकोा जनाएपनि मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारी, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन । मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेको छ । बिना कागजात ल्याइएको १८ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बुधबार बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस पार्क नजिकैबाट विहान ३ बजे बरामद गरेको
धरान । र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.इ इ.स्पिकरका उत्कृष्ट १० जना सहभागिलाई बुधबार नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण दिइएको छ । युनिभर्सल पिस फेडरेसनका १ नम्बर प्रदेसका संयोजक एवम समाजसेवी राम बहादुर लिम्बुले विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धि सहजीकरण गरेका थिए । असल शिक्षाबाट निर्देसित भएर काम गर्न लिम्बुले विद्यार्थीहरुलाई सुझाए । देशमा विद्यमान बढ्दो विकृति र विसङ्गतिलाई त्यागेर सामाजिक कार्यमा अग्रसर गर्ने उत्प्रेरणा मिल्ने खालका तालिम दिइएका सहजकर्ता लिम्बुले जानकारी दिए । मङ्गलबार भएको दोश्रो चरणको प्रतियोगीताबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेस गरेका थिए । विद्या
धरान । धरानका युवतिहरुको वृति विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको मिस धरान २०२२ को अडिसन शुरु भएको छ । धरानमा बसोबास गर्ने युवतीहरु लक्षित गरी आयोजना गर्न लागेको “मिस धरान २०२२ “ को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ । एसइइ उत्तीर्ण देखि स्नातकक तहसम्मका युवतीहरुलाई समावेश गरेर आयोजना गर्न लागिएको मिस धरान पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो । प्रतिष्पर्धामा आएका युवतीहरुलाई बोल्ने शैली , आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन् । फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता &ldqu
धरान । मोरङको बेलबारमा सर्वदंश उपचार केन्द्र स्थापना नहुदा आसपासका सर्वसाधारणहरुले धेरै समस्या भोग्नुपरेको थियो । सर्पले डसिहाले त्यहाका सर्वसाधारणर्ला उपचारको झापाको दमक, सुनसरीको इटहरीमा रहेको सर्पदंश सेवा केन्द्रमा पुर्याउनुपर्ने बाध्यता थियो । नजिकै उपचार केन्द्र नहुँदा धेरैले मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर अहिलो भने त्यो समस्याबाट बेलबारी तथा आसपासका सर्वसाधारण मुक्त भएका छन् । केराबारी ९ घंघरुका मिनकुमार पौडेललाई ५ बर्ष अगाडि गाउँमै खेतमा गोमन सर्पले डस्यो । खेतमा पानी लाउन राति टर्चलाइट बालेर गएका उनको खेतमा पुग्न नपाई आफ्नै खुट्टाले गोमन सर्पलाई टेकेपछि उनलाई खुट्टामा डस्य