समाचार

    Showing ४११-४२० of १०,४१५ items.
  • धरानमै अन्तर्राष्ट्रिय शिक्षाको अवसर : प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

    धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर निर्माणको अवसर अब धरानमै उपलब्ध गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल कलेज (PVIHM) ले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूका लागि इटहरीस्थित रामाडा बाइ विन्धम होटलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ११, एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (ADHM) तथा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (ADIT) का विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी उत्साहपूर्वक सहभागी भएका थिए। धरानबाट नयाँ शैक्षिक सत्रका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने पहिलो कलेज बनेर प्राइम भिजनले फरक पहिचान स्थ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा आदर्श सामुदायिक सिकाई केन्द्रद्वारा हाजिरी जवाफ प्रतियोगिता

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श सामुदायिक सिकाई केन्द्रले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । शुक्रवार आदर्श माध्यमिक विद्यालयको सभाहलमा उक्त माध्यमिक तह ९कक्षा १० ० स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा बराह राईजिङ्ग स्टार ङइ्लिस स्कुल प्रथम भएको छ । त्यस्तै दोस्रो तेस्रो औलिया माध्यमिक बिद्यालय चतरा र तेस्रो राधाकृष्ण संस्कृत गुरुकुल विद्यालय चतराधाम बन्न सफल भएको थियो । त्यस्तै आदर्श माध्यमिक विद्याल सान्त्वना बन्न सफल भएको थियो । प्रतियोगितामा प्रथम हुने राईजिङ्गले ६ हजार , दोस्रो हुने औलियाले ४ हजार ५ सय, तेस्रो हुने राध

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ७०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व वातावरण दिवसको अवसरमा वराहक्षेत्रको चक्रघट्टीमा सरसफाई कार्यक्रम

    वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत्र सरसफाई कार्यक्रम आयोजना गरेको छ । शुक्रवार विश्व वातावरण दिवसको अवसरमा चक्रघट्टी बजार क्षेत्र सरसफाई गरिएको हो। स्थानीयहरुलाई सरसफाइ सम्बन्धी सचेतना जगाउदै चक्रघट्टीको नगरपालिका कार्यालय अगाडिबाट मुनाल चौकहुदै इलाका अडाडि , वसपार्क क्षेत्रमा क्षेत्रमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । वराहक्षेत्रलाइ सुन्दर , सफा बनाउने नगरपालिको अभियानको रुपमा सप्ताहिक रुपमा सरसफाइ समेत गर्दै आएको र यसलाई थप सफल बनाउन बिश्व वातावरण दिवसको अवसरमा शुक्रवार बिहान वृहत सरसफाइ गरिएको उनले बताए । नगर प्रमुख रमेश कार्की संयोजकत्वमा भएको सरसफाई क

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरीमा विविध कार्यक्रम

    इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरी ले वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी विविध कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसरमा विद्यालयको भ्लखष्चयलmभलत बलम क्बलष्तबतष्यल ऋगिद को आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो। वातावरण संरक्षण, सरसफाइ तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्न सचेतनामूलक नारासहित विद्यार्थी तथा शिक्षकहरूले इटहरी नगर परिक्रमा गरेका थिए। प्रभातफेरीमार्फत वातावरणीय सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष तथा कक्षा १० का विद्यार्थी निर्मेश चौधरी को संयोजनमा आयोजित कार्

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऐन संशोधनका लागि खबरदारी गर्दै यातायात श्रमिकहरु

    काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक विरोधी दफाहरु संशोधनका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरी खबरदारी कार्यक्रम गर्ने भएको छ । सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक मार्फत सरकारले फास्टट्रयाकबाट ल्याउन लागेको ऐनमा भएका त्रुटिहरु सच्याउन संगठनले जेठ १५ गते नै भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइएपनि सरकारले वेवास्ता गर्दै पेलेरै ऐन ल्याउने संकेत पाएपछि संगठनले देशव्यापी आन्लोलनको तयारी स्वरुप देशैभरी खबरदारी कार्यक्रम गर्न लागिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । ब

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १,५७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऐतिहासिक विजयपुरमा विवाद: लिम्बू समुदायका पुराना समाधि भत्काइएको आरोप

    धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा रहेका लिम्बू समुदायका करिब सय वर्ष पुराना समाधि (चिहान) भत्काइएको भन्दै किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले गम्भीर आपत्ति जनाएको छ। संस्थाले दोषी पक्षले समाधि पुनर्निर्माण गरे माफी दिन सकिने, अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले विजयपुर दरबार परिसरको मूल क्षेत्रमा रहेको सेन्ट्री तथा स्मारक आसपासका करिब दुई दर्जन समाधि जेठ २ गतेको स्थलगत अवलोकनका क्रममा भत्किएको अवस्थामा फेला परेको जानकारी दिए। उनका अनुसार बैशाखे पूर्णिमापछि समाधि

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ९८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामूहिक राजीनामाबीच हर्क साम्पाङद्वारा दुई नेता निष्कासित

    धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पार्टीभित्र विवाद उत्कर्षमा पुगेको देखिएको छ। एकातिर पार्टीका प्रदेश सदस्य तथा सम्भावित प्रदेशसभा उम्मेदवार निनाचन्द्र राईसहित १०२ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् भने अर्कोतर्फ अध्यक्ष साम्पाङले दुई जना नेतामाथि कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका छन्। बुधबार जारी प्रेस विज्ञप्तिमा निनाचन्द्र राई नेतृत्वको समूहले हर्क साम्पाङले आफूहरूसँग गरेको राजनीतिक प्रतिबद्धता विपरीत निर्णय गरेको आरोप लगाएको छ। उनीहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा धरान उपमह

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ९०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलद्वारमा लुकाएर ल्याउँदै गरेको १६.४ ग्राम खैरो हिरोइनसहित युवक काँकरभिट्टामा पक्राउ

    झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास गरेका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले बुधबार बिहान करिब ११ः४५ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा शंकास्पद अवस्थामा आएका एक युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरी रहेका छन्। भारतबाट नेपाल प्रवेश गर्दै गरेका चौधरीमाथि शंका लागेपछि प्रहरीले सोधपुछ तथा खानतलासी गरेको थियो। जाँचका क्रममा उनले मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ३१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बास्केटबलको क्रेज बढ्दो

    धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा सञ्चालन भएको १५ दिने बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलबार सम्पन्न भएको छ। धरान उपमहानगरपालिकाको संयोजन तथा प्राविधिक सहयोगमा वैशाख ३ गतेदेखि सञ्चालन गरिएको क्याम्पको समापन समारोह धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजना गरिएको थियो। बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ। विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भए पनि बास्केटबल सिक्न इच्छुक अन्य युवाय

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ८६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संसद आज पनि अवरुद्ध गर्ने विपक्षीको अडान कायमै

    काठमाडौं/  प्रतिनिधि सभा बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद ९डीपी० आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसैगरी, अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ । बैठकमा आव २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने बताइएको छ । तर, नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति रेकर्

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved