संसद आज पनि अवरुद्ध गर्ने विपक्षीको अडान कायमै

  • जेठ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  प्रतिनिधि सभा बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद ९डीपी० आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यसैगरी, अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

बैठकमा आव २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने बताइएको छ ।

तर, नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध कायमै राख्ने विपक्षी दलहरूको तयारी छ ।

‘हामीले यसअघि नै प्रधानमन्त्रीको विवादित अडान संसदको रेकर्डबाट हटाउन माग गरेका हौँ। तर हाम्रो कुरा सुनुवाई भएको छैन,’ विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने,‘सुनुवाई नभएसम्म संसद अवरोध कायमै रहन्छ ।’

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved