इटहरी / सुनसरीको इटहरीस्थित एसओएस बालग्राममा बालबालिकाको हेरचाहसम्बन्धी प्रदेशस्तरीय अन्तर्कि्रया कार्यक्रम सम्पन्न भएको छ । एसओएस बालग्राम इटहरीको आयोजनामा आपतकालीन अवस्थामा वैकल्पिक हेरचाहमा रहेका बालबालिकालाई पुर्याउनुपर्ने सहयोगसम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको हो । एसओएस बालग्राम इटहरीको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले गर्नुभएको थियो भने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाम, झापा, सुनसरी, मोरङलगायत प्रदेश नं. १ का विभिन्न जिल्लामा बालगृह सञ्चालन गर्दै आएका
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानब
मोरङ / प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन बोलाएका हुन् । प्रदेश १ मन्त्रीपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
धरान / विगतमा कोभिड संक्रमणले पु¥याएको धनजनको क्षतिलाई मध्यनजर गरी भारतबाट प्रवेश गर्ने पूर्वी नाका काँकडभिट्टामा हेल्थ डेस्क राखिएको भएको छ । विगतको कारोना कालमा पनि सञ्चालनमा ल्याएको हेल्ट डेस्किलाई छिमेकी मुलुक चीनमा नयाँ भेरियन्ट कोरोना भाइरसको सक्रमण फैलिन थालेपछि पूर्वी नाका काँकरभिट्टामा पुनः हेल्थ डेक्स सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल–भारतबीच खुल्ला सिमानाका कारण निर्वाध रुपमा आवातजावत हुँदा कोरोना संक्रमण फैलिने भन्दै काँकडभिट्टामा हेल्थडेस्क राख्न लागिएकोे प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर&ndash
धरान / उद्घाटन खेलमै आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि धरान फुटबल क्लबका खेलाडीहरु मंगलबार नै पोखरा प्रस्थान गरेका छन् । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले विदाई गरेका थिए । उनले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । सो अवसरमा मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए । उनले भने–‘धरान उपमहानगरपालिकाले खेलकुदको विकासका लागि धेरै काम गरेको छ, आगामी दिनमा उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने तयारीमा छौ ।’ आहा रारा गोल्डकपबाट विजेता हुनेहरुले १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मे
धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर तथा पहाडी जिल्लाहरुमा जाने क्रम बढेपछि गाउँपालिकाले बसाई सराई नियन्त्रणसँगै बसाई सरेर गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’ अगाडि सारेको छ । गाउँपाकिाले बसाई सराईलाई रोक्ने र अन्य स्थानबाट छथर गाउँपालिकामा आएर बस्नेहरुलाई दुहुना गाई उपहार दिने भएको छ । गाउँबाट बसाई सराई गरेर गाउँ नै रित्तिने अवस्था आएपछि यो योजनालाई अगाडि बढाइएको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताए । उनले भने–‘ गाउँपालिकाले बसाई सराईला
संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो । अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।
विराटनगर / शिक्षासेवी एवं समाजसेवी नारायणप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित सरस्वती माविले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । कोइराला सो विद्यालयको ४० वर्षसम्म अध्यक्ष रहेर सेवा गरेका थिए। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा विराटनगर वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगत, विराटनगर महागरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, विद्यालयका प्रअ योगेन्द्र कार्की, पूर्वप्रअ डिल्ली पोखरेल, विद्यालय व्यवस्थापन समितिकी स
मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई) ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियामा बोल्दिै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताए । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाश
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका शिक्षा शाखाले बराहक्षेत्रमा रहेका विद्यालयले गरेको मंगलबार लिएको नेपाली विषयको परीक्षा रद्ध गरेको जनाएको छ । मंगलबार गरेको नेपाली विषयको परीक्षामा व्यापक त्रुटी भएको विषयमा कोशीपत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेपनि बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको ध्यानाकर्षण भएको थियो । त्रुटी भएको विषयगत परीक्षालाई बुधबार शिक्षा शाखा बराहक्षेत्रले परीक्षालाई रद्ध गरेको सूचना प्रकाशित गरेको छ । शिक्षा शााखा प्रमुख देबेन्द्रबहादुर मल्लद्वारा हस्क्षरित सूचनामा सबै सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयलाई सम्बोधन गर्दै २०७९ को अर्ध बार्षिक परीक्षाको मंगलबार भएको