समाचार

    Showing 3,791-3,800 of 8,520 items.
  • गाउँ गाउँ पुग्यो कालोपत्रे सडक

    धनकुटा /धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर कालोपत्रेको काम तिब्र रुपले हुँदै आएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तिब्रता दिएको छ । निर्माण कार्यले तिब्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरु हर्षित भएका छन् । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेका लागि तयारी भएको हो । हिउदमा धुलाम्बे र बर्षाद्मा हिलाम्मे सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा बर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबार ओख्रे कालोपत्

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 483 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगबनी किमाथांका ६ लेन सडक बाइपास गर्न स्थानीयको माग

    धरान / त्रिदेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडक बीच बीचमा विवादका कारण समयमै सम्पन्न हुन सकेको छैन । पछिल्लो समय यो विवाद धरानमा समेत देखिन थालिएको छ । धरानको बजार एरियामा ४ लेनको बनाउने हो या वाइपास गर्ने भन्ने बीच धरान उपमहानगरपालिकामा सडक छेउका घरवाला, स्थानीय बुद्धिजीवी र धरान उपमहानगरपालिकाबीच छलफल भएको छ ।छलफलका क्रममा धेरैले जोगबनी किमांथाका जोगबनी सडकलाई वाइपास गरेर लानुपर्ने तर्क राखेका थिए भने केहीले बजार एरियामा ६ लेनको बनाउँदा सर्वसाधारणले धेरै क्षति व्यहोर्नुपर्ने तर्क राख्दै सडक विस्तार गर्दा ४ लेनको बनाउनुपर्ने तर्क राखेका थिए । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 596 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थित तार हटाउँदै महानगर

    मोरङ / सहरका बीच भागमा अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुलाई विराटनगर महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । महानगरले पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो । सोमबार विराटनगरमा केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्ने उपमहानगरपालिकाले जनाएको छ । विराटनगरको सौन्दयर्तामा ह्रास आएको भन्दै महानगरले यस्तो निर्णय गरेको हो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइए

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य

    काठमाडौं / दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो । हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिनुभयो । खुकुरी रमले खेलहरुको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरुमा सहका

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 436 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गल्फ प्रतियोगिता निरन्तरताका लागि सम्झौता

    धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए ।  यो सम्झौत

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय क्षेत्रमा फोहोरको डङ्गुर

    धरान /  धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् । पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् । विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री कार्कीले लिए सपथ मन्त्रीमण्डल समेत विस्तार

    मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सपथ लिएका छन् । उनीसँगै तीन जना विना विभागीय मन्त्रीले सपथ लिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि तीन जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरेका हुन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । मुख्यमन्त्रीमा नियुक्तिसँगै सपथ लिइसकेपछि कार्मीले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनलाई सच्चाएर लाने बताएका छन । उनले प्रदेशप

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 576 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय स्थलमै खानेपानीको अभाव

    धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकालाई स्थानीय, प्रदेश र संघले समेत पर्यटकीय स्थलको रुपमा लिने गरेको छ । अँग्रेजी महिनालाई लक्षित गरी भर्खरै सम्पन्न भएको भेडेटार खाना महोत्सव बढी भन्दा बढी पर्यटक भित्र्याउने र साँगुरीगढीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ सम्पन्न भएको छ । तर यस्ता उद्देश्यलाई सामान्य भन्दा सामान्य कुराले समेत प्रभाव पार्ने गर्छ । सुनसरीको धरानजस्तै साँगुरीगढीलाई पनि पर्यटन प्रवद्र्धनको विकासमा खानेपानी समस्याले बाधा पु¥याउने निश्चित देखिएको छ ।पानी अभावकै कारण साँगुरीगढी गाउँपालिकाको गोलखाडी, आस्कोटमा खानेपानीको चरम समस्या छ । खानेपानी समस्याकै कारण उनीहरुको दिनच

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चतरा सहकारीको २ करोड बढी नाफा

    बराहक्षेत्र /  बराहक्षेत्र नगरपालिका २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड २८ लाख भन्दा बढी मुनाफा भएको जनाएको छ ।संस्थाले शुक्रबार २४ औ बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवशका अवसरमा सो बराबरको नाफा भएको जनाएको हो । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २४ औं बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न गरेको थियोे । संस्थामा ४ हजार ९ सय ८७ जना सदस्यहरु रहेका छन । संस्थाकोथा भरौल सेवा केन्द्र , महेन्द्रनगर सेवा केन्द संचालनमा रहेका छन् भने आगामी बर्षमा प्रकाशपुरमा समेत सेवा केन्

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 533 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरकप क्रिकेटको उपाधि दुहबी ६ को पोल्टामा

    दुहबी / स्टर्न स्टार क्लवले आयोजना गरेको दोश्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि दुहबी नगरपालिका वडा नम्बर ६ ले जितेको छ । गत सातादेखि सुरु भएको टी ट्वान्टी सिरिज प्रतियोगिताको शनिबार फाइनल राउण्डमा दुहबी ५ र ६ बीच कडा प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको दुहबी ५ ले २० ओभरमा ७ विकेटको क्षति सहित १ सय ६९ रन जोडेको थियो । १७० रनको लक्ष्य सहित मैदानमा उत्रेको दुहबी ६ ले ५ विकेटको क्षेति बेहोर्दै २ बल बाँकी हुँदा १७० रन बनाउदै उपाधि जित्न सफल भएको थियो । प्रतियोगिताको बेस्ट ब्याट्समेन दुहबी ६ का अमन साह बनेका थिए भने बेस्ट बलर दुहबी ५ का सुर्य रौनियार बनेका थिए ।

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 579 पटक पढिएको
    • "चन्दन रौनियार"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved