खेमराज दाहाल उदयपुर/ उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो । नगरको महत्वपूर्ण
सुनसरी/ इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरेर रूपान्तरण गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिन
इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज
धरान/ रगत संकलनमा सहयोग पुर्याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन । “एक घर,
धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । पदाधिकारीहरुले स्वास्थ्य
भोजपुर/ भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताइन्। सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।
धरान/ धरान उपमहानगरपालिका १६ नं. वडा समितिले केएजडिसी संस्थासँग समन्यि गरेर आयोजना गरेको स्वास्थय शिविर प्रभावकारी बनेको छ । ‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ एकडिसी नेपालले १६ नं..वडा समितिको आग्रहमा वडाका विभिन्न स्थानमा आयोजना गरेको शिविरले गरिब, असहाय तथा वृद्धवृद्धाहरु बढी लाभान्वित भएका छन् । एचडिएसी नेपालले वडाबासीको स्वास्थ्यलाई लक्षित गरी उच्च रक्तचाप, मुटु तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि सबैभन्दा बढी खुशी ज्येष्ठ नागरिकहरु भएका छन् । केएचडिसी तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् विशेषज्ञ चिकित
काठमाडौं/ वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ । माघ २ गतेदिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्
धनकुटा । धनकुटाको पाख्रिबास स्थित जालपादेवी क्याम्पस समेत संचालन भइरहेको जालपादेवी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको हाताभित्रै लाजमर्दो दृश्य देखिएको छ । क्याम्पसको प्रमुख प्रबेशद्वारको नजिकै यत्रतत्र कण्डमहरु फ्यालिएको छ । परिसरभित्रै रहेको सरस्वती मन्दिर वरपर पनि उक्त दृश्य देख्न सकिन्छ । केही प्रयोग गरिसकेका र केही त्यतिकै फ्यांकिएको अवस्थामा फेला पारिएको हो । शिक्षालय जस्तो पवित्र स्थल छेउछाउ यस्तो दृश्य भेटिनुले बिद्यार्थीहरुलाई नै लाज मान्दै हिंड्नु पर्ने अवस्था सिर्जना भएको छ । क्याम्पस हाता सरसफाइको क्रममा उक्त दृश्य देखिएको हो । यस बिषयमा बुझ्दा जालपादेवी प्राविधिक शिक्
खोटाङ । ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पा चिउरीडाँडाले उपाधि हात पारेको हो । उपाधिसँगै दोर्पा चिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्टस क्लबले ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरे। यस्तै नेर्पा स्पोर्टस् क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन ख