समाचार

    Showing 3,761-3,770 of 8,519 items.
  • विकेभिएमको ४० औं स्थापना दिवस

    मोरङ/ विराटनगर १ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरेर ४० औं स्थापना दिवस मनाएको छ । विद्यालयले स्थापनासँगै अभिभावक दिवससमेत मनाएको छ । स्थापना दिवसमा आयोजित कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटनपछि बोल्र्दै मेयर कोइरालाले विराटनगर पछिल्लो समय शैक्षिक हब बन्दै गएको बताए । उनले अब अध्ययनकै लागि भारत र काठमाडौं पुगिरहनु नपर्ने उल्लेख गरे । विद्यालयका संस्थापक प्रिन्सिपल रविन दाहालले विराटनगरको शैक्षिक क्षेत्रमा चार दशकदेखि विकेभिएम स्कुलले योगदान पु¥याउँदै आएको चर्चा गरे । उनले दुईपटक बोर्ड प्रथम गरेर विराटन

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 598 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवा पत्रकारद्वारा देवघाटका तिर्थालुलाई चियापान

    विजयपुर / नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा माघे स्थान र पूजा गर्न आएका भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला धुमधाम लाग्ने गर्दछ । उक्त धाममा पूजा गर्ने नेपालका विभिन्न जिल्लाबाट साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।चिसोको समयमा रातभर जाग्राम बसेर स्नान गरी पूजाआजा गर्ने भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापानको कार्यक्रम आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक अनुज जोशीले जानकारी दिएका छन । चियापान कार्यक्रमलाई एस एण्ड पि अडिटिङ कम्पनीले सहयोग गरेको हो । कार्यक्रममा एस एन पि अर्डिट फर्मका सञ्चालक, युव

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 635 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • आगलागी पीडितलाई सहयोग

    धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिधुवा बजारमा भएको आगलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।गाउँपालिकाले पीडित सात परिवारलाई तत्कालका लागि खाद्यान, भाँडा, लत्ता कपडा नगद उपलब्ध गराएको छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । अध्यक्ष सुब्बाले जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई घटनाबारे जानकारी गराई सकिएको र प्रदेश सरकारबाट विपत्मा परेका नागरिकलाई घर निर्माण लागि हुने सहयोगका लागि समेत गाउँपालिकाबाट निर्णय भई सकेको बताए । राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ्ग खेवा, गाउँपाल

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 608 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बा गोल्डकप २३ औँ संस्करण फागुन दोस्रो सातादेखि

    धरान /  मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 612 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रिल संघको अध्यक्षमा राई

    धरान / संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनले राईलाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमिति चयन गरिएको सो संघको उपाध्यक्षमा पदम बराईली, हरि विक, सचिवमा कमल शंकर, सह सचिवमा प्रेमकुमार राई, कोषाध्यक्षमा जंगबहादुर थापा चयन भएका छन् । यसैगरी का.का.सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप विक, पार्वती राई, तुलाराम श्रेष्ठ, होमबहादुर भण्डारी र दिपु तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए । सो अवसमा बोल्दै अध्यक्ष श्रेष्ठले सीप तथा ताल

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 598 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भवन निर्माण भइसक्दा पनि मालपोत र नापी सरेन भाडावापत करोडौँ रुपैया तिर्दै

    धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 671 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्सको कार्यक्रममा पूर्व युवराज्ञी हिमानी

    धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि

    • प्रकाशित मितिः माघ १, २०७९
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले सोमबार शोक बिदा दिने

    धरान /  सरकारले सोमबार माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ, उनले भने। घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भयेको बताए।

    • प्रकाशित मितिः माघ १, २०७९
    • 603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली उद्योगीलाई प्रोत्साहन गर्न उद्योगी व्यवसायीको माग

    धरान//मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा संरक्षण गर्ने स्पष्ट नीति ल्याउन नसक्दा उद्योगी तथा व्यवसायीहरु विस्तारै पलायन हुँदै गएको उद्योगीव्यवसायीहरुले बताएका छन् ।लामो समयदेखि मुलुकमा आर्थिक मन्दी हुँदा सरकारले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुको निम्ति स्पष्ट नीति नल्याउँदा दिनप्रतिदिन उद्योग तथा व्यवसाय धरासय बन्दै गएको यसतर्फ सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड सुनसरी उद्योग वाणिज्य संघको ३९ औ साधारणसभामा बोल्ने उद्योगी तथा व्यवसायीहरुले बताएका हुन् । शुक्रबार संघकै सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य

    • प्रकाशित मितिः माघ १, २०७९
    • 509 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि बजारमा विचौलियाको जगजगी

    धरान / धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार पूर्वी पहाडी क्षेत्रका किसानहरुको खरिद बिक्री गर्ने केन्द्रविन्दु बनेको छ । यस बजारमा कोशी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट उत्पादन भएका कृषि जन्य सामग्री तथा खसी बोका बिक्रीका लागि आउने गरेका छन् । तर बिचौलियाका कारण कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् । बिचौलियाहरु घर घरमै पुगेर कृषकले उत्पादन गरेको सागसब्जी तथा खसीबोका खरिद गरेर कृषि बजारमा ल्याउने र मंहगोमा बिक्री गर्ने गर्छन् । जसले गर्दा कृषकहरु मारमा परेका छन् । विचौलियालाई नियन्त्रण गर्न नसक्दा कृषकहरु मार्कामा पर्ने गरेका छन् । यो बजा

    • प्रकाशित मितिः माघ १, २०७९
    • 539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved