कार्यपालिकाको बैठक सधै भाडभैलो विवादमै सकिने भयो कार्यकाल धरानको विकासमा अवरुद्ध

  • माघ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते ।

त्यसपछि देशभरि उनीहरुको चर्चा भयो ।

मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,।

धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वार हर्कराज राई साम्पाङलाई भारी मतले जिताए ।

०७४ को निर्वाचनमा नेकपा एमालेकातर्फबाट विजयी बन्नु भएका स्व.तारा सुब्बाबाट धरानेहरुले धेरै अपेक्षा राखेका थिए तर उनको कार्यकाल सम्पन्न नहुदै निधन भएपछि लामो समय उपमेयर मञ्जु भण्डारीले कावा चलाइन् ।

धराने जनताको अपेक्षा अनुरुप विकास नभएको धरानेहरुले महसुस गरे । त्यसपछि २०७६ सालमा उपनिर्वाचन हुदा नेपाली काँग्रेसबाट उमेद्वार दिनुभएका तिलक राई मेयर बने । उनको छोटो कार्यकालमा समेत धरानेहरुले परिवर्तन भएको देखेनन् ।

तर ०७९ सालको स्थानीय निर्वाचनसम्म आइपुग्दा धरानेहरुले दलहरुप्रतिको अपेक्षा मरिसकेको भान हुन्थ्यो, खानेपानी, एयरपोर्ट, बसपार्क जस्ता एजेण्डा बोकेर निर्वाचनमा होमिएका दलका उमेद्वारले केही गर्न नसकेपछि धरानको खानेपानीको दीर्घकालीन समस्या समाधानको मुख्य एजेण्डा बोकेर निर्वाचनमा होमिनु भएका साम्पाङले अन्तत ः निर्वाचत जिते ।

तर निर्वाचित भएर आएसँगै बसेको पहिलो बैठकमै स्वतन्त्रबाट मेयर जितेका साम्पाङ र दलहरुबाट जितेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको बेमेलले पहिलो गाँसमै ढुंगा लागेको आभाष धराने जनताले गरे ।

जुन एजेण्डा बोकेर साम्पाङ निर्वाचित हुनुभयो त्यो एजेण्डामा केन्द्रित भएर धरानको जलाधार क्षेत्र र धरान आसपासमा भएका सर्दु र सेउती खोलाको पानी जम्मामा केन्दित भए । तर सप्तकोशीबाट पानी ल्याउने योजना अहिले पनि थाँति नै छ ।

धरान १७ मा रहेको सप्तरङ्घगी पार्कलाई वहुजातिय पार्क बनाउने मेयरको एजेन्डामाथि छलफल हुँदा मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवनालाई ‘निस्केर जानुस्’ भनेपछि विवाद चुलिएको थियो । विवादपछि सहमति जुट्न नसक्दा कार्यपालिका बैठक बस्न सकेको थिएन ।

बीचबीचमा सहमति सहमति भएजस्तो भएपनि पनि बैठक बस्न नपाउदै स्थगित हुने गथ्र्यो ।

पछिल्लो समय कार्यपालिकाको बैठक हल र मेयर साम्पाङको कार्यकक्षमा झुण्ड्याएको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मेयर आफैले हटाएपछि विवाद भएपछि धरान उत्सव मनाउने मिति तय भइसकेको अवस्थामा सो विषयमा निर्णय गर्न बसेको कार्यपालिका बैठक फोटो निकालेको विषयमा केन्द्रित बैठक स्थगित भयो ।

फोटो झुण्ड्याउन पक्षधर कार्यपालिका सदस्य एकातर्फ र मेयर एक्लै एकातर्फ आ आप्नो अडानमा बसेपछि बैठक स्थगित भएको थियो ।

पछिल्लो पटक पुन बसेको बैठकमा समेत मेयर हर्क साम्पाङले उपमेयर आइन्द्र विक्रम बेघाले असहयोग गरेको विषय आफ्नो फेसबुक ‘हर्क साम्पाङ ए रेभुलेसन’मा स्टाटस लेखेपछि मेयर र उपमेयरबीचको टक्करले विवाद चर्किएको थियो ।

मेयर साम्पाङ र उपमेयर बेघाबीच चर्काचर्की परेको थियो । साम्पाङले फेसबुकमार्फत दिएको अभिव्यक्तिप्रति चित्त दुखाएका उपेमेयर बेघाले कार्यपालिका बैठकमै असहयोग गरेको पुष्टि गर्न चुनौति दिए ।

वैठकपछि बाहिरिएपछि उपमेयर बेघाले अन्य वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विगतमा विरोध जनाउँदा पनि १८ महिनासम्म मेयर साम्पाङलाई काधमा बोकेर हिडे पनि अहिले आएर असहयोग गरेको कुरालाई सामाजिक सञ्जालमा पोष्ट गरेको कुराप्रति उनले आपत्ति जनाएका थिए ।

यी यस्ता धेरै वृतान्तहरु छन् । कार्यपालिका बैठक सायदै सहज रुपमा भएको धरानेहरुले हेर्न र सुन्न पाएका छैनन् ।

कार्यकक्षबाट फोटो हटाएको प्रति सबैको टिप्पणी

धरान । लामो समयपछि धरान उपहानगरपालिकाको कार्यपालिका बैठक बस्यो ।

केही एजेण्डामाथि छलफल पनि भयो तर एजेण्डामाथि छलफलभन्दा पनि कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले मेयर साम्पाङलाई आरोप प्रत्यारोप लगाउँदै आक्रमण शैलीमा प्रस्तुत भएका थिए ।

बैठकको शुरुवातमा नै धरान १७ का वडाध्यक्ष एवम् कार्यपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले मेयर साम्पाङ आफ्ना भरौटे, अरौटे कर्मचारी राखेको, धार्मिक सद्भाव भड्किने अवस्था आउँदा समेत त्यसप्रति नगरप्रमुखले गम्भीरत नदेखाएको लगायतका आरोप मेयर साम्पाङलाई लगाएका थिए ।

आक्रमण शैलीमा उत्रिएका प्रवक्ता भट्टराईले धरानबाट जातीय तथा धार्मिक सद्भाव भड्किने अवस्था आयो भनेर सिंगो मुलुकको ध्यान धरानतर्फ केन्द्रित हँुदा स्वयम् नगरप्रमुखको ध्यान कतातिर केन्द्रित थियो भन्दै मेयर साम्पाङ समक्ष प्रश्न तेस्र्याए ।

घण्टाघरका दुई जना कर्मचारी उमेर हद्का कारण निष्कासन गर्दा एक बचन कार्यपालिका सदस्यलाई नसोध्ने मेयर साम्पाङले हटाएको विषयमा व्यापक विरोध भएपछि कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने भन्दै प्रवक्ता भट्टराईले हामी तपाईको घरमा राखेको भाडा भाज्न मान्छे हौ हटाउनुभन्दा अगाडि छलफल नगर्ने अनि अहिले पुन नियुक्ति दिँदाचाहिँ कार्यपालिकाको निर्णय चाहिने भन्दै मेयर साम्पाङप्रति आक्रोस व्यक्त गरे ।

उनाले हिजो दलकातर्फबाट मेयर बनेकाहरुले नगरपालिका कार्यकर्ता भर्ति गरेको आरोप लगाउदै प्रतिबादमा उत्रने अहिलेका मेयर अहिले धमाधम आफैले आफ्ना भरौटेहरुलाई नगरपालिकामा कर्मचारीको रुपमा नियुक्ति गरेको आरोप समेत लगाए ।

आर्थिक जर्जरताका कारण नगरपालिका टाँट पल्टिन लागेको बताउदै बजेट अभावकै कारण वडामा बजेट नभएको, पोहोरको दायित्व तिर्न नसकिरहेको अवस्थामा मेयर साम्पाङले भने आफ्ना झोले कार्यकर्ताहरुलाई कर्मचारीकोरुपमा भर्ना गरिरहेको प्रवक्ता भट्टराईले आरोप लगाए ।

उनले आगामी निर्वाचनमा मेयर उठ्ने र मेयर साम्पाङलाई जितेर देखाउन चुनौति समेत दिए ।
प्रवक्ता भट्टराईको सम्पूर्ण आरोप सुनिसकेपछि मेयर साम्पाङले उनको कुरालाई खण्डन गरेका थिए । उनले प्रवक्ता भट्टराईले लगाएको आरोप सबै मित्थ्या भएको बताउदै सामाजिक तथा जातीय सद्भाव खल्बिलिने कुरा कहिले आफूले नगरेको बताए पनि आफ्ना भरौटे, अरौटेहरुलाई नगरपालिकका विभिन्न ठाउँमा जागिर दिएको कुरालाई भने उनले केही प्रष्टीकरण दिएनन् ।
धरानका सर्वसाधारणलाई समेत कार्यपालिक बैठक कक्ष र मेयर साम्पाङको कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषय निनिको लागेको छ ।

जुन सविधानलाई टेकेर मेयर भए त्यसलाई लत्याएको सर्वसाधारणको बुझाई छ । व्यक्ति को प्रधानमन्त्री को राष्ट्रपति भन्दा पनि संस्थागत कुरा मुख्य भएकोले अभिभावकको सम्मानस्वरुप राखिएको फोटो हटाउनु जायज नभएको धरानका अर्थविद् कृष्णकुमार आग्रवाल बताउछ्न् ।

उनी भन्छन्–‘राज्यको विधि शासन अनुरुप काम गर्नुपर्छ, अभिभावकको फोटो हटाएर के गर्न खोजिएको हो, त्यसमा कसैको समर्थन रहँदैन ।’ यस्ता विवादका कारण नगर विकासमा ठूलो प्रभाव परेको उनीहरुको ठम्याई छ ।

धरानको विकासमा अवरुद्ध

निरन्तरको बेमेलले धरानको समग्र विकासमा प्रभावित भएको धरानका आर्थिक मामलामा जानकार राख्नेहरुले बताएका छन् । एकताबद्ध ढंगले विकासका मुद्धाहरुलाई अगाडि बढाउन संघ र प्रदेशको समेत सहयोगको खाँचो हुन्छ ।

तर वेमेलको अवस्थाका कारण संघ र प्रदेशले समेत धरान उपमहानगरपालिकालाई येथेष्ट बजेट दिन सकेको छैन । दिनप्रतिदिनको कलहले धरानको विकासमा अवरुद्ध भएको सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार समेत रहनु भएका अर्थ सम्बन्धी जानकार कृष्णकुमार अग्रवाल बताउछन् ।

राजनीतिक दलहरुबाट अपेक्षिकृत विकास नभएपछि वितृष्णा पैदा भएपछि स्वतन्त्र उमेद्वार साम्पाङलाई मेयरमा जिताए पनि जनताको अपेक्षा अपेक्षामै सीमित भएको धरानकी महिला उद्यमी मनिता घिमिरे बताउछिन् ।

उनले केन्द्र र बजेटबाट आउने बजेट समेत सधैको वेमेलका कारण आउन नसकेकोले धरानको समग्र विकास समेत प्रभावित भएको बताइन् ।

कोही भन्दा कोही कम नहुने र कोही पनि हार्न नमान्ने जिद्धीले गर्दा पनि धरानको अहिलेको यो अवस्था आएको उनको भनाई छ ।

धरानको समग्र विकास प्रभावित हुदा धरानेहरु ने मारमा पर्ने भएकोले आफ्ना स्वार्थहरुलाई त्यागे अगाडि बढ्न सर्वसाधारणले सुझाव दिएका छन् । यस्ता विवादले धरानको विकास अवरुद्ध हुने र सर्वसाधारण मारमा पर्ने स्थानीय केशवप्रसाद दाहाल बताउँछन् ।

छिल्लो समय मेयरको कार्यकक्षबाट हटाइएको फोटोको विषय होस् या उपमेयरलाई कटाक्ष गरेर मेयरले सामाजिक सञ्जालमा लेखेको विषय होस् यी सबै सामान्य विषय भएकोले अभिभावक भएको हिसाबले सबैलाई समेटेर समृद्धिको बाटोमा लानु नै अबको निकास भएको उपमेयर आइन्द्रविक्रम बेघा बताउछन् ।

कानुनको परिधिभित्र रहेर सबैलाई समेटेर लानुबाहेक निकासको विकल्प अर्को नभएको उनको तर्क छ ।

जे होस् धरान पछिल्लो समय देश विदेशमा चर्चाको सहर बनेको छ ।

बालमन्दिर अगाडि बनेको चर्चको विषय होस् कि गोरु काटेर खाएको विषय होस् या कार्यपालिकामा सधै झै हुने किचलो वा झगडाले धरानलाई चिनाएको छ ।

समृद्धि र विकासको सहर भनेर विगतमा चिनिने धरान विवादको सहरको रुपमा चिनिन थालेको छ । अब यसलाई चिर्न आफ्नो स्वार्थलाई थाँति राखेर सबै जनप्रतिनिधि समृद्धिको यात्रामा हिड्न आवश्यक छ ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved