६० जना मजदुर मजदुर संगठनमा थपिए

  • माघ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविर मार्फत बुधबार र बिहिबार गरि ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुनुभएकोछ । 

कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नविकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियान अन्तर्गत बुधबार २४ जना र बिहिबार ३६ जना गरि ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएकाहुन् । 419240606_368098365833372_5647812761574656197_n

बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नविकरण गरि जम्मा २४ जना र बिहिबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेकाहुन् भने १५ जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएकाहुन् । 

शिविरमा आएका अधिकांश यातायात मजदुरहरुले सडकमा समस्याहरु संगठनका नेतृत्वलाई सुनाउँदै समाधानका लागि प्रयत्न गरिदिन अनुरोध गरेकाछन् । 

अभियानमा मजदुरहरुको समस्या सुन्न पहिलो दिन बुधबार भानुचोक बसपार्क भएको वडा नम्बर २ का वडा अध्यक्ष रमेश राई र दोस्रो दिन बिहिबार धरान उपमहानगरपालिकाका पूर्व उपमेयर तथा नेकपा (एमाले) केन्द्रीय सदस्य मन्जु भण्डारी,

यातायात व्यवसायी राजमणी निरौला र समाजसेवी नारायण सुवेदी बसपार्कस्थित शिविरमा मजदुरहरुमाझ उपस्थित हुनुभएको थियो ।

 नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सबै श्रमिकहरुको गुनासाहरुलाई सुत्रबद्ध गरिने र समाधानका लागि सरोकारवालाहरुसंग छलफल गरिने बताउनुभयो ।  

संगठन र मजदुरहरुबीचको सम्बन्धलाई बलियो बनाउन र मजदुरहरुको समस्या कार्यथलोमै बुझ्नका लागि यो अभियान सञ्चालन गरिएको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।

यो अभियान माघको ८ गतेसम्म सञ्चालन हुने र माघको १३ गते संगठनको १५ औं अधिवेशन सम्पन्न गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।Messenger_creation_bc7c30e3-11dd-4759-b4b5-d521acbaad61 Messenger_creation_df929e54-7590-4e39-9585-4a32ab7cd16b Messenger_creation_2600b285-72b2-4c7e-9fbe-dc2462abae6c Messenger_creation_a255501b-5d89-453d-9ee7-a3d02bf77ac0 Messenger_creation_0b0d3b12-40d9-4bb6-9f19-6ef784fb2bac Messenger_creation_1aab09ad-2721-4573-968a-ea04c6163221 Messenger_creation_0f19da8d-5b87-4e6f-8df5-720ae630873a Messenger_creation_82221f2b-5d08-4326-8031-361edcf70703 Messenger_creation_d673a659-315a-440a-b51f-160c9b695dff

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved