बराहक्षेत्रमा तिर्थालुको थामिनसक्नु भीड

  • माघ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको बराहक्षेत्रमा रहेको बराहक्षेत्र धाममा नेपालकामात्र हैन भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

भारत र नेपालमा रहेका चार धाममध्येको एक बराहक्षेत्र धाममा दर्शनार्थीहरुको भीड थामिनसक्नु हुने गरेको छ ।

भारतका दुइ कुरुक्षेत्र र धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ ।

यी धामहरुमा नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु भगवानप्रतिको आस्था राखेर आउने गरेका छन् । यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु आउने गरेका छन् ।

विगतको भन्दा बाटो घाटोको सुविधा, टाढाबाट आउने दर्शनार्थीहरुलाई खान बस्नको सुविधा लगायतका सुविधा समेत रहेका कारण बराहक्षेत्र धाममा दर्शनार्थी बढेको त्यहाँका पूजारीहरु बताउने गर्छन् ।

धर्तीको पहिलो धाम भनेर चिनिएको बराहक्षेत्र धाममा कतिपयहरु सर्वसाधारणहरु पटक पटक आउने गरेका छन् कतिपय यहाँको महिमा सुनेर पहिलो पटक दर्शनका लागि आएको समेत भेटिएको थियो ।

विगतदेखि नै बराहक्षेत्र सरक्षण मञ्च गठन गरेर बराहक्षेत्रधामको विकास आएकोअ छ ।

बराहक्षेत्रमा नेपालकामात्र नभई भारतका समेत सनातन हिन्दुधर्मालम्बीहरु आउने गरेका छन् ।

विगतमा यहाँसम्म आइपुग्ने असहज बाटोघाटो, पार्किङको असुविधा, सर्वसुलभ ढंगको शौचालय अभाव लगायतका समस्या भए पनि अहिले भने सहज भएको त्यहाँ पुग्नेहरुले बताउने गरेका छन् ।

बारा कलैया उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष हिरालाल चौधरीले पहिलो पटक बराहक्षेत्र धाम आएको बताए ।

विद्यालयको शैक्षिक भ्रमणमा सामेल भएर आएका उनले बराहक्षेत्र धाम धार्मिक ग्रन्मा उल्लेख गरेको पढेकोमात्र भएपनि यहाँ आएपछि साँच्चै नै स्वर्ग जस्तो ठाउँ लागेको बताए ।

यस ठाउँमा अन्य दिन पनि भक्तजनहरु आउने भएपनि मेलाको समयमा भने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

खासगरी कार्तिक पूर्णिमा र मंसिर संक्रान्तिमा बराहक्षेत्रमा भव्य मेला लाग्ने गरेको छ । कार्तिक पूर्णिमामा लाग्न मेलामा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् भने मंसिर संक्रान्तिमा नेपालमा विभिन्न स्थानबाट भक्तजन आउने गरेको पूजारी बताउँछन् ।

रतुवामाई नगरपालिकाबाट बराहक्षेत्र धाम पुग्नु भएका तुलसी सिलवालले पहिलो पटक बराहक्षेत्र धाम आएको बताए । उनले विगतमा बाटो अप्ठेरो छ भनेर आउन नसकिरहेको अवस्थामा अहिले बाटो घाटोको धेरै राम्रो सुविधा पाएको बताए ।

श्रीमद् भागवतमा पनि बराह अवतारको विषयमा उल्लेख भएको छ । सृष्टि हुदा नै बराह भगवानको नाम आउने गरेको पुजारीहरु बताउँछन् 

हिमवत खण्डको नेपाल महात्मयमा कोकाह र कौशिकीकौ सगम स्थल जसलाई कोकाह बराह भनिन्छ यहाँ आएर पितृहरुलाई सम्झिने, स्नान गरेमात्र पुण्य कमाइने किवदन्ती अनुसार भक्तजहरु अत्याधिक आउने गरेको पूजारी उद्धव अधिकारी बताउछन् ।

अहिले प्रत्येक दिन हजारौ दर्शनार्थी आउने गरेपनि शनिवार विदाको दिन त झन धेरै आउने गरेको सुनाए ।

यहाँ आउनेहरुले धर्तिको पहिलो भगवान नै बराह भगवान भएको मान्यता राख्ने गरेका छन् ।

यहाँ आएर पितृहरुलाई सम्झेर पितृहरुको सम्झनामा श्राद्ध गरे पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेकोले बराहक्षेत्र आउने गरेको पाइएको छ ।

भारत र नेपालमा रहेको चार धाम र नेपालमात्र रहेको दुई धाममध्ये बराहक्षेत्र धाम महिमा चुलिदै गएको छ ।

पछिल्लो समय कोशीमा बोट सञ्चालन गरेपछि यो क्षेत्र जल पर्यटनमा समेत फड्को मार्दै गएको छ ।

दर्शनपछि उनीहरुले एकपटक बोटको समेत मजा लिने गरेका छन् । जति महिमा यस मन्दिरको छ त्यति विकास भने तीनै तहको सरकारले गरेको भने पाइदैन ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved