वीपी आन्दोलन : बैठक बस्न सकेन रजिष्टार्ड र रेक्टरलाई आवसगृहमै घेराबन्दी

  • माघ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बढुवा र सेवासुविधा लगायतका विभिन्न माग राखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दीमा गरे पछि शनिबार बस्ने भनिएको कार्यसमिती बैठक बस्न सकेन ।

शनिबार कास बैठक काठमाण्डौंमा बस्ने भने पछि आन्दोलनकारीहरुले शुक्रबार देखिनै रजिष्टार्ड प्रा. डा. सुर्य प्रसाद संग्रौला र रेक्टर प्रा.डा. संजीव कुमार शर्माको आवासगृहमै घेराबन्दी गरेका थिए ।

शनिबार पनि बिहानै देखि आन्दोलनरत पक्षले बिहानै देखि दुवैको आवासगृहमा घेराबन्दी गरे पछि रजिष्टार्ड र रेक्टर काठमाण्डौं जान नपाए पछि कास बैठक बस्न नसकेको हो ।

गत शुक्रबार कास बैठक शनिबार काठमाण्डौंमा बस्ने सदस्यहरुलाई प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले पत्र पठाएका थिए । त्यस पछि आन्दोलनरत पक्ष भड्कीएका थिए । उनीहरुले कासको बैठक धरानमै बस्न माग गर्दै आएका छन् ।

आन्दोलनमा रहेका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको संयुक्त संघर्ष समितीले शुक्रबार नै विज्ञप्ती जारी गरि प्रतिष्ठानको कास बैठक धरानमै बस्नु पर्ने माग राखेको थियो ।

संयुक्त संघर्ष समितीका सदस्य समेत रहेका महेश राईले धरान बाहिर बसेर गरेको बैठकले निकास दिन नसक्ने बताए ।

उनले भने, ‘आफ्नो कार्यलयमा कासको बैठक नबसेर काठमाण्डौं, पोखरामा बसेर यहाँको समस्या समाधान हुन्छ ?, यही बस्नु पर्यो, हाम्रो माग सुनुवाई गर्नु पर्यो, बैठकले गरेको निर्णय हामीलाई सुनाउनु पर्यो, हामीले समर्थन गरेर तालि पिट्छौं, त्यसरी पो जाने हो त ।’ भागेर, छलेर नहुने उनको भनाई छ ।

जब सम्म कास बैठक धरानमा बस्ने अवश्था बन्दैन तब सम्म रजिष्टार्ड र रेक्टरलाई आवासमै घेराबन्दी गरिरहने उनले बताए ।

आन्दोलनरत पक्षले गरेका मागहरु कास बाटै टुङ्ग्याउन सकिने उनी बताउँछन् । कासले निर्णय गरेर छनौट समिती गठन हुनुपर्ने उनले बताए । समितीले परिक्षा शुरु गरेर आन्दोलनरत पक्षको माग सम्बोधन हुने उनको भनाई छ ।

आन्दोलनरत पक्षले उठाएको माग एकातिर छ भने कास पनि पुर्ण हुन सकेको छैन् ।

सात सदस्यीय कार्यसमितीमा अहिले ४ जना पदाधिकारी र मन्त्रालयले तोकेको एक जना मात्रै छन् ।

थप गर्नु पर्ने दुई सदस्य अझै पनि नियुक्त गर्न सकेको छैन् । दुई जना पद नियुक्ति नभए पनि वर्तमान अवश्थामै पनि कास बैठक बस्न सकिने उनको भनाई छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved